संविधानसभा र राजनीतिक शक्तिको त्रिकोणात्मक लडाईं

Shankar Limbu

पहिलो संविधानसभाले नेपालमा तीन प्रकारको राजनीतिक शक्ति स्थापना ग¥यो । (१) पहिलो शक्ति पहिचानसँग जोडिएको अधिकार बोक्ने आदिवासी जनजाति (२) दोस्रो शक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पहिचान विरोधी वा बर्गीय मुद्दामात्र ठीक भन्ने तर २५० बर्षे एक जातीय साम्प्रदायिक कायम राख्न चाहाने केहि पुराना र दोस्रो जनआन्दोलन पछि राज्य शक्तिमा आएका नया राजनीतिक पार्टी जस्लाई केही संकीर्ण जातीबादी बाहुन र क्षेत्रीले नियन्त्रण गर्छ । (३) तेस्रो शक्ति मधेशी पहिचानको राजनीति गर्ने ।

त्रिकोणात्मक शक्तिको लडाईं
पहिलो संविधानसभाको त्रिकोणात्मक लडाईमा पहिलो शक्ति र तेस्रो शक्ति वीच केहि विषयमा मतभिन्नता भएपनि गठबन्धन गरे किनकि दुवै पहिचानवालाको साझा शत्रु एकलजातीय हैकम चलाउने दोस्रो शक्ति थियो । अब दोस्रो संविधानसभामा पनि मिल्ने पहिलो र तेस्रो नै हुन् । राज्य पुनर्संरचना र जातीय मुक्तिका लागि दोस्रो शक्ति समाप्त हुन अपरिहार्य छ । 

दोस्रो शक्तिले पहिलो (पहिचान वा आदिवासी जनजाति) शक्तिलाई किन आक्रमण गर्दैछ ?
दोस्रो शक्तिको राजनीतिकमात्र होइन उनीहरुको घरबास नै छाडेर भाग्ने अवस्थासम्म मधेश आन्दोलनले पु¥याए पछि उस्को एकमात्र सुरक्षित स्थान पहाड नै हो जहाँ धेरै आदिवासी छन् र उस्ले भोट बैंकको रुपमा प्रयोग गर्दै आएको छ । पहिलो शक्तिले संविधानसभामा धेरै सीट जित्यो वा उस्को मुद्दा अहिले जस्तै राजनीतिमा प्रमुख (CORE ISSUE) भइरहेमा पनि दोस्रो शक्ति धराशयी हुने र २५० बर्षे सत्ता र शक्तिबाट पाखा परिने भयले उ पहिचानलाई समाप्त पार्ने वा बहुपहिचान वा साझा पहिचान भनि विकृत पार्ने रणनीतिमा लागेको छ । 

त्रिकोणात्मक लडाईमा के होला ?
डा. कृष्ण भट्टचनका अनुसार बाहुन क्षेत्री सक्ता र शक्तिको चुचुरोमा पुगेको हुनाले उस्को अब ओरालो झर्ने बाटो मात्र छ । आदिवासी जनजातिले भएका सबैकुरा गुमाएको र गुमाउन केहि बाँकी नभएकोले लिनमात्र बाँकी भएको कारण शक्ति र सक्ता जसरी पनि पाउने अवस्थामा छ ।

www.facebook.com/shankar limbu

Share

Leave a Reply

Your email address will not be published.