संविधानले सबै भाषालाई समान अधिकार दिएको छ तर विभेद जस्ताको तस्तै

सुनुवार डट ओआरजी समाचारदाता ।
साउन २०, यालाखोम । ‘आजको सर्न्दर्भमा मातृभाषामा साहित्य सिर्जनाको महत्व’ नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य -मातृभाषा) विभागद्वारा आयोजित विचार विमर्श गोष्ठी आज नेपाल प्रज्ञा-प्रतिष्ठानको पुस्तकालय हलमा सम्पन्न भयो । भाषाशास्त्री अमृत योञ्जनले नेपालका धेरै मातृभाषामा साहित्य सिर्जना हुन नसकेको बताउँदै बाल-साहित्य र समालोचनामा कुनै पनि मातृभाषामा साहित्य लेखन नभएको तथ्य प्रस्तुत गर्नु भयो । योञ्जनले पहिलो पटक इण्डियन ल्याङ्ग्वाइज र्सर्भे गर्दा सन् १९०८ मा सुनुवार लगायत नेपालका धेरै मातृभाषामा एक देखि दर्ुइ वटासम्म कथा अनुवाद भएको तथ्य फेला परेको पनि बताउनु भयो । डा. रामदायल राकेशले सातौं शताब्दीमै तर्राईमा मैथली भाषाको अस्तित्व रहेको तथ्य फेला परे पनि नेपालमा मैथली भाषामा विभेद गरिएको बताउनु भयो भने अर्को प्रवचनकर्ता शान्ति चौधरीले राज्यले मातृभाषालाई मार्ने काम गरेको आरोप लगाउँदै भन्नु भयो- ‘म काठमाडौंमै जन्मे हर्ुर्केँ मेरो मातृभाषा खस नेपाली भाषा भयो । मलाई मेरो मातृभाषा बोल्न पाउने अधिकार खोख्यो । किनभने त्यतिबेल उल्पीडित जाति खस, बाहुनले गाली गर्दार् न तँ थारु भने पछि कुनै पनि थारुले आफुलाई थारु जाति भनेर पहिचान दिन र थारु भाषा बोल्न आँट गर्ने भएनन् । त्यसैले राज्यले यसको बदलामा क्षतिपर्ूर्ति तिर्नु पर्छ । आम आदिवासी जनजातिहरु आफ्नु खुशीले होइन राज्यले बुनेको जालले जबर्जस्ती मातृभाषा बोल्नबाट बञ्चित हुनु पर्‍यो ।’
गोष्ठीको अन्त्यमा कुलापति बैरागी काइँलाले सिर्जनात्मक लेखनमा ध्यान नपुराए वा सिर्जनात्मक लेखनमा वृद्धि नभए मातृभाषाको समृद्धि हुँदैन । त्यसैले सबै मातृभाषाप्रेमीहरुले साहित्य सिर्जनामा ध्यन दिनर्ुपर्छ । मातृभाषामा शिक्षा भनेर शिक्षालाई मात्र जोड दिएर भाषाको समृद्धि हुँदैन । साहित्य वृद्धि गराउँनु पर्छ । आज ४० भन्दा बढी भाषाका सिर्जनाप्रेमीहरुको विचार संकलन गरेका छौं । र, पाँच जना लेखकहरुको नाम संकलन गरेको छौं । ती सबै विचारलाई हाम्रा विज्ञहरुले प्रशोधन गर्ने काम हुनेछ । र, अर्को कार्यक्रमको तयार गरिने छ ।
अन्तमा सभाध्यक्ष पद्मरत्न तुलाधरले आफु नेपाल भाषाको ख्याला, उपन्यास, कथाहरु लेखे पनि मेरो परिचय साहित्यकारको कित्तामा कहिल्यै उल्लेख गरिँदैन । यो राज्यको विडम्बना हो । यहाँ साहित्यकार, लेखक हुन खस भाषामै लेख्नु पर्छ । यो देशको विडम्बना हो । नेपाल संविधानले सबै भाषालाई समानस्तरमा राखी सक्दा पनि मातृभाषा भनेर विचार गोष्ठी गरीरहेका छौं । यो अर्को विडम्बना हो । अब मातृभाषा भन्ने होइन, तर राज्यका शासक यस विषयमा बोल्दैनन् न त सञ्चार माध्यमले देख्छ । यहाँ हामी ४० भन्दा बढी भाषी छौं यत्रो गोष्ठी भएको छ र पनि एक जना पत्रकारको क्यामरा यहाँ तर्सिँदैन । आफ्नो भाषा बोल्न पाउने, लेख्न पाउने अधिकारका बारेका बोल्दा उल्टै साम्प्रदायिक कुरा गरेउ भनी मागिनु कत्तिको न्यायोचित छ । सबैले विचार गर्नु परेको छ, भन्नुभयो ।
कार्यक्रमको संयोजन नेपाल प्रज्ञा-प्रतिष्ठानका मातृभाषा विभागीय प्रमुख सुलोचना मानन्धरले गर्नुभएको थियो ।

Share

Leave a Reply

Your email address will not be published.