शोभ सुनुवारको अध्यक्षतामा सुनुवार महिला समाजको नयाँ कार्यसमिति

समाचारदाता, काठमाडौ्र । सुनुवार महिला समाजको पाँचौ राष्ट्रिय सम्मेलनबाट शोभा सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । २०७३ सालपछिको लामो समयको अन्तरालमा भएको राष्ट्रिय सम्मेलन भएको हो । उपाध्यक्षमा नासोच सिर्जना सुनुवार काःत ओखलढुंगा, सपना सुनुवार कुपिण्डे रामेछाप, कोषाध्यक्ष कमला सुनुवार खिँची ओखलढुंगा, सदस्यहरु गंगाकुमारी सुनुवार गोलबजार सिरहा, रेजिना सुनुवार साब्रा रामेछाप, पारु सुनुवार कोटेश्वर काठमाडौ, सावित्री सुनुवार भक्तपुर, सुप्रिमा सुनुवार चुलेप बुज रामेछाप, सिमा सुनुवार रश्नाइलु रामेछाप देवकुमारी सुनुवार इलाम रहेका छन् । लक्ष्मी सुनुवारको अध्यक्षतामा भएको राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष शारदा सुनुवारले आर्थिक प्रतिवेदन र सचिव शोभा सुनुवार प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सुमस पूर्व अध्यक्ष विमला सुनुवार, सहसचिव रामप्यारी सुनुवार, माननीय दालकुमारी सुनुवार, महिला महासंघ प्रतिनिधि, सुसेस संस्थापक सदस्य प्रेम हाँवाली लगायत सुसेस काठमाडौं भक्तपुर अध्यक्ष, नगर अअध्यक्ष, आङ्गिक संस्था सुविस, सुकचको महासचिवको अतिथ्यता तथा सुसेस संघीय समितिको अध्यक्ष रणवीर सुनुवारको प्रमुख आतिथ्यतामा सम्मेलन भएको थियो ।
निर्वाचन समितिमा संयोजक समीर मुखिया सुनुवार, सदस्यहरुमा मनु सुनुवार तथा कोइँचबु काःतिच रहेका थियो । नव निर्वाचित सुमस कार्यसमितिलाई सुमस निवर्तमान अध्यक्ष लक्ष्मी सुनुवारले वधाइज्ञापनसहित सपथ ग्रहण गराउनु भएको थियो । आदिवासी ज्ञानको संरक्षण कोइँचाम्हरुको साझा अभियान नारासहित सम्पन्न पाँचौ सम्मेलनबाट निर्वाचित समितिको पहिलो कर्तव्य संस्थागत अद्यावधिक गर्ने र कोइँच महिलाले जोगाइ राखेको परम्परागतज्ञानको संरक्षण सम्वद्र्धन हुने अध्यक्ष शोभा सुनुवारले बताइन ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *