शिकारीहरुको गाउँमा धुमधाम शाँदार पिदार

सुनुवार डट ओआरजि समाचारदाता । १ पुस, याला (ललितपुपर) । नाम मात्रको राजधानीको जिल्ला । साँस्कृतिक, राजनीतिक, आर्थिकरुपले सम्पन्न काठमाडौं उपत्यका । तर यही सुविधा सम्पन्न जिल्लाको अधिकांश भाग वा गाउँहरु दुर्गम गाउँहरुसँग कुर्नै पनि किसिमले फरक छैन भन्दा पत्यार नलाग्न सक्छ । हो, राजधानीको ललितपुर जिल्लाको ठूलो दुर्लुङ गाउँ विकास समिति पुग्दा जोसुकैले खास भाषाको यो उखानलाई एक पटक होइन पटक पटक याद गर्ने छन्, नजीकको देउता हेला । यही नजीकका देउताहरु मध्येका एक जमनाको कहलिएका जागिरे शिकारी अर्थात् कोइँचहरुको अवश्थालाई अनुभूत गरियो भने साह्रै कहली लाग्छ । कुनै जमनामा ठूलो दुर्लुङको गुमराङबासी कोइँच सुनुवार सरकारलाई जीउँदै शिकार बुझाएर दक्षप्रद शिकारी कहलिएका थिए तर हिजोआज ती दक्ष शिकारीहरु सात घरमा सीमित हुन पुगेका छन् । पुरै गाउँ जैसीहरुको पेवा हुँदै छ ।
सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको विशेष अगुवाईमा ठूलो दुर्लुङ गाउँ विकास समिति सुनुवार सेवा समाजले शाँदार पिदारले आफ्नो भूमिमा पहिलो पटक धुमधामसँग शाँदार पिदार गरेको छ । थोरै भए पनि आफ्नो धर्मसंस्कृति प्रति उनीहरुको लगावले निरसताको कुनै पनि अनुभूति गर्न दिएका थिएनन् ।
डाँडै–डाँडै, घुम्ति, घुम्ति अनेकान घुम्ति छिचोल्दै हामी सुनुवार सेवा समाज ललितपुर जिल्ला समिति र सुनुवार डट ओआरजिका समुह पुग्दा गाउँका धेरै अग्रजहरु खुशीले गदगद् भएका थिए । सेवे हाल सोलुखुम्बु जिल्लाको गोली गाविस, प्लेति, थोलो हाल रामेछापको प्रीति, सैपु गाविसबाट नेपाल सरकारको सरकार शिकारी भएर गुमराङमा पहिलो बसिन्दा भएर बसाई सरेका उनीहरुको धर्म, संस्कृति र भाषाको निशानी सम्भवतः हराउन लागेको बेला शाँदार ग्योरको स्थापनाले केही आशाका आँकुरा अङ्कुरण भएको बयासी वर्षीय बलबहादुर ब्लामिच सुनुवारले बताए ।
केही औपचारिक केही अनौपचारिक कार्यक्रम गर्दै सम्पन्न उक्त शाँदार स्थापना कार्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय उपाध्यक्ष देविन्द्रकुमार मुखिया, सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको अध्यक्ष यामबहादुर सुनुवारले कोइँचको पहिचानको लागि शाँदार पिदार अति आवश्यक भएको जानकारी गराउनु भयो ।
कोइँच भाषा बोल्ने त्रिरासी वर्षीय टेकबहादुर थोलोच सुनुवार, बयासी वर्र्षीय बलबहादुर ब्लमिच सुनुवारलाई ललितपुर जिल्ला समितिले ओढाएर सम्मान गरेको थियो भने सुनुवार सेवा समिति, ठूलो दुर्लुङ गाविसले फेटा बाँधेर पिया पोअशो थियो ।
पोइँब तथा नाअसो चित्रबहादुर सुनुवार विशेष विधि विधान सहित शाँदार ग्योर स्थापना गर्दै मिलन सुनुवारलाई नाअसो शेलशो थिए ।
अग्रज सम्मान गर्ने क्रममा सभाध्यक्षको आसनबाट गाउँ विकास समितिका अध्यक्ष प्रेमबहादुर सुनुवारले स्थापनाकालदेखि आपूm अध्यक्ष भएको र जन्मजात अध्यक्ष रही रहनु पर्ने हो कि भन्दै सरकारले सुनुवारको लागि चाड स्वीकृत गरिदिए पनि विभिन्न कार्यक्रम ल्याई दिए पनि सुनुवारहरुलाई भने नचाहिए जस्तो देख्दा दुःख लागेको बटाउनु भयो ।
लगभग दुई दशक कोइँच लोः बोल्न नपाएका टेकबहादुर सुनुवारले भने धेरै पछि मैले मेरो पूर्खाको भाषा बोल्न पाएँ, मैले मेरो पूर्खाको भाषा बोलेको देखेर मेरो पूर्खा, पित्रीहरु खुशी भएका छन्, हाँसेका छन् र हामी खुशी भएको छौं । यसरी आफ्नो भाषा बोल्न पाएकोमा म धन्य भएको छु । मेरो पुर्खाका लागि केही काम गरेँ भन्ने लागेको छ । उत बलबहादुर सुनुवार भन्छन्, ‘हामी दुई बुढाहरु भेट हुँदा अक्कलझुक्कल कुरा गथ्र्यौं कोइँच लोः तर आज धेरै कोइँच भाषा बोल्नेहरुसँग भेट हुन पाउँदा खुशी लाग्यो । हामी दुई जना मात्र यो भाषा बोल्ने छौं । हाम्रो भाषा बोल्ने हामी मात्र हौं जस्तो लाग्थ्यो यस सन्सारमा आज अरु पनि हाम्रो भाषा बोल्ने रहेछन् भन्ने थाहा भयो । जिन्दगीमा यत्तिको खुशी कहिल्यै भएको थिइँन ।’
पूर्वमा वनेपाभन्दा पर र पश्चिममा चित्तवानभन्दा उता नगएका यी दुई अग्रजले सगुन, फुसो, छेँगु, कास, गिल पिदार गरेको, देखेको बताए पनि शाँदार पिदार नदेखेको नसुनेको बताए ।
सो कार्यक्रममा सहभागी हुन सुसेस लपुका सीपि सुनुवार, प्रेमा सुनुवार, फत्तमाया सुनुवार, गणेश सुनुवार, भवनी सुनुवार साथमा खजेन्द्रा सुनुवार, पाम सुनुवार, कोइँचबु काःतिच, झन सुनुवार पनि जानु भएको थियो ।

Share

4 Comments to शिकारीहरुको गाउँमा धुमधाम शाँदार पिदार

  1. thari kayaba says:

    चेरेदुम sunuwar.ओर्ग, दामलेा केाशा गेाइयेा गेरसाङ ।

  2. Hom sunuwar(dasuch) says:

    नमसेवल
    यो कार्यक्रम सार्है राम्रो र एउटा यैतिहाँसिक कार्यक्रम को रुप लियको महसुस गरे/ सबै जना लाई बधाई अनि ठुलो दुर्लुंग गा. बि.स. ललितपुर जिल्ला मा येतीलामो समय सम्म अर्कै संसार अर्कै ग्रहमा बसाइ भय झैं गरि बस्दैरहंदै आउंनु भयका हाम्रा अग्रज एक जमाना मा जल्दा बल्दा तत्कालिन सरकारको होनहार खप्पिस सिकारीमा छनोट भयर आफ्नो गाउँ ठाउँ आफन्त देखि अलग भयका द्वय बल बहादुर ब्रम्लीच र टेक बहादुर थोलोच बल्ल फेरि केहि कोइंच आफन्त संग भेटेर जिन्दगीमा सबै भन्दा खुशीको महसुस गर्ने मौका पाउनु भय छ /यस खबर ले त मेरो आत्माको पहरा पनि कता कता चर्कियर रसायो /आउंदा दिनहरुमा उहाँहरुलाई कोइंच का कार्यक्रम मा सहभागी गराउनु पर्छ / जेहोस उहाँहरुको पुखौली गाउँ ठाउँ पनि मलाई प्रस्ट थाहा भयो अन्तमा त्यस गाउँका( ठुलो दुर्लुंग का ) सम्पूर्ण कोइंच परिवार हरुमा शु स्वस्थ र उत्तरोत्तर प्रगति को कामना ब्यक्त गर्दछु /

  3. kormoch says:

    नयाँ ठाउँमा यसरि संस्कृति जगेर्नाको अभियान थालिनु हाम्रो लागि निकै उत्साहपूर्ण कुरो हो ! तर हाम्रो मूल वस्तीहरु जस्तै खिजी चन्ड़ेश्वरि जस्तो महत्वपुर्ण ठाउँको विशेष महत्वपुर्ण अर्थ वोकेको शांदार रोकिनु भनेको आम कोइंचहरुकै लागि ठुलो चुनौती भैरहेको छ !

  4. Hom sunuwar(dasuch) says:

    नमसेवल हजुर, गोइ इन्लो सहि छ समाधान आ लाँ मालचा मल्ताऊ श्याँ

Leave a Reply

Your email address will not be published.