शाँदार पिदारको आगमनसँगै कोइँच भेषभूषाको बजार बढ्दो : पचास कोइँच युवयुवति र्सार्कमा

-कोइँचबु काःतिच
शाँदार पिदार आउँदै छ यही मंसीर २० गते । धमाधम कोइँच भेषभूषाको विक्री वितरण पनि हुँदै छ । जति कोइँच भेषभूषाले बजार पाएको छ त्यत्तिकै यसको नक्कली व्यापार पनि फस्टाउँदो छ । हामीलाई सम्झना छ २०५८ सालसम्म कोइँच भेषभूषाको चर्चा थिएन । गाउँघरमा सबैले लगाउने यो पोशक बजारमा मात्र होइन गाउँमै पनि लगाउन युव वर्गहरु लजाउँथे । पछिसम्म पनि यो पोशक लगाउन लाज मान्थे । तर हिजोआज यही भेषभूषा लगाउन युवापुस्ता गर्व गर्छन् । नेपाल सरकारले किरात चाड शाँदार, चासोक, चोसुवा र उभौलीलाई सरकारी मान्यता दिँदा यसको बारेमा लेख्नेहरुको अभाव थियो । हुन त कोइँचमा अझै पनि अभाव छ । यसैले किरात चाडको परिचय भन्ने एक पुस्तिका किरात याक्थुङ चुम्लुङले अगुवाई गर्‍यो । तर कोही पनि यस चाड वारे लेख्न तयार भएनन् । मुस्किलले कोइँचबाट म, राइबाट जितपाल किरात, याक्खाबाट लिला रोँगु र लिम्बुबाट अर्जुन लिम्बु मिलेर किरात चाड एक परिचय सम्पादन गरियो । र, त्यसलाई बाँडियो । अझै पनि सुनुवार सेवा समाजमा त्यो पुस्तिका होलान् । भेषभूषाको त्यतिबेला खासै महत्व थिएन । शाँदार नाच्न समेत मान्छे डाक्दा दिनको रु. २०० ज्याला समेत दिनु पर्ने वाध्येता थियो ।
पछि हामीले शाँदार नाचको लागि ढोल बजाउने प्रशिक्षण चलायौं । गीत गाउने प्रशिक्षण दिइयो र केटी मान्छेलाई पनि नचाउनु पर्छ भनेर नचाइयो । अहिले शाँदार पिदार आयोजनाको जिम्मा पछिल्लो पुस्तामा आइपुग्दा समग्र कोइँच पहिचानसहित अगाडि बढेको छ । अति हर्षर खुशीको यो क्षण देख्न पाइन्छ भन्ने कल्पनासम्म पनि हामीले गर्न भ्याएका थिएनौं ।
भेषभूषामा सजिएर शाँदार नाच्ने रहर अहिले सूदुर पर्ूव हङकङदेखि पस्चिम बेलायतसम्म जोडतोडले अगाडि बढेको छ । यही भेषभूषा विकासको पनि आफ्नै कथा छ । पहिलो पटक काठमाडौंमा सुनुवार विद्यार्थी समाजले अनिवार्य भेषभूषा लगाउनु पर्ने निर्ण्र्ाागर्‍यो पदाधिकारी तथा सदस्यहरुको लागि । र, महिला विभागको जिम्मामा भेषभुषा उत्पादन गर्ने कार्यक्रम अगाडि बढ्यो । त्यो जटिल कामलाई तत्कालीन महिला विभागीय प्रमुख कमला सुनुवारले बढो मिहनिेतसाथ अगाडि बढाउनु भयो । र, जम्मा ९० रुपैयाको कच्चा सामाग्रीमा क्लाःतोलि बनाउना लगाउनु भयो । फेरि सक्कली हुनु पर्ने शर्तानुसार दुरुस्त पुरानो क्लाःतोलि जस्तै अर्को उत्पादन गर्न कम झन्झटिलो काम थिएन त्यो पनि त्यस्ता सिपवान आमा दिदीहरु खोजी खोजी कोइँच भेषभूषाको उत्पादन गर्नु भयो र हामी समितिभित्रका सदस्यहरुले अनिवार्य किनेर लगायौं ।
यसरी बढो विषम्र परिस्थितिबाट शुरु भएको कोइँच भेषभूषाको पुनःस्थापना वा पुनःजन्म अहिले गर्वको विषय बनेको छ । यही भेषाभुषा र बाध्यवादनको कारण मुखैमा आएको र्सार्क शिखर सम्मेलनमा र्सार्क राष्ट्र प्रमुखलाइ स्वागत गर्न ५० जना कोइँच युवायुवती कोइँच भेषभूषामा सजिएर आफ्नो बाध्यबादनसहित उपस्थित हुने भएका छन् ।
जतासुकै होस् कोइँच भेषभूषा र वाध्यवादनले सञ्चारमाध्यमको आँखा तानेको छ र विभिन्न राष्ट्रको आँखा लागेको छ । जेनेभा स्वीजरल्याण्ड गएका खिजीकाती गाविसका प्राविधिक जोडी विरकुमार सुनुवारले त्यहाँ कोइँच भेषभूषा मन पराइएकाहरुले कर गरेपछि उतै कोइँच भेषभूषा र ढोल झयाम्टा बेचेर फर्किएका थिए । त्यस्तै गरी ओएचसिआर संयुक्त राष्ट्र संघको फेलोसिपमा तीन महिना पढ्न गएका देवकुमार सुनुवारले पनि साथीहरुले अति गरे पछि कोइँच भेषभूषा उतै जेनभा, स्विजरल्याण्डमा उपहार स्वरुप छाडेर फर्केका थिए । कतारमै पनि कोइँच भेषभूषासहितको साँस्कृतिक झाँकीलाई सरकारी फेसबुक वालको टाइमलाइनमा राखिएको थियो । रेडियो नेपालकै फुलबारी कार्यक्रममा जहिले पनि टप टेनमा परिरहन्थ्यो भेषभूषासहितको गानाबजनामा । विभिन्न साँस्कृतिक झाँकी र प्रतियोगितामा कोइँच शाँदार सिल खाली हात फर्केको इतिहास छैन नेपालमै पनि ।
सुनुवार सेवा समाजका सल्लाहकार टिकाराम मुलिचा भन्नुहुन्छ, हामीले अरु केही गर्न नसके पनि कोइँच भेषभूषालाई भने पुनःजन्म दिन सके छौं । यि गोनु छैन गाँथे । गाउँमि दा नेल्लिनु जोर काः काः वा । आलपुकि दा अनसानान बाअ्बातेमे । यी ए हो नि । आँकालि दा मुलथोचे मेरेके खोदेशो वाः ग्याप्शा गेचा माल्नुङ । नभए दा गो स्कूलन मालाइनुङ । -इ मसँग छैन । गाउँमा त सबैसँग एक एक जोर कोइँच भेषभूषा हुँदो रहेछ । नानीहरु त अनसन नै बस्दा रहेछन् । इ यस्तो हो नि । मलाई त्यसको जस्तो कपडा किनी दिनु पर्‍यो । नभए त म इस्कूल नै जान्न ।)
किन यति गर्व गर्न लायकको हुन्छन् त आदिवासी जनजाति कला – सोचनीय पक्ष यो पनि हो ।
आदिवासी जनजातिको हस्तकला, चित्रकलामा विशेष प्यार्टन हो । सन्सारको आदिवासी जनजातिले प्रयोग गर्ने बुट्टा अर्थात चित्र उस्ता उस्तै लाग्छन् । विशेष गरी प्रकृतिसँग नजिक हुने भएको हुँदा प्रकृति, डाँडाकाँडा, जनवार, रुख पातको आकारलाई ग्राफिकीकरण गर्ने चलन आदिवासी जनजातिमा हुन्छ । कोइँचको फेनेरेल्फु, क्लाःतोलि, किप्शुर फेने, लेजेबास, माचिङ्ग बास, क्योङ, लुजेबास, सेरेम फू नाम्जामा पनि कोइँच सामिबुले पहाड, माछा, मारुको सेप्टीको बुट्टा भरेर बनाका हुन्छन् । ति पौरखी हातहरुलाई सलाम ठोक्नु पर्छ हामीले । ती उत्पादनलाई बजारीकरण गर्न सके कति आनन्द हुन्थ्यो । हामी हामी वीचमा प्रयोग गरेर मात्र आर्थिक उन्नति हुँदैन । यसलाई कोइँचपन दिँदै विश्व बजारको हाते कला व्यापारमा प्रवेश गर्नु जरुरी छ । हाम्रो अनुभव लगभग दश वर्षअगाडि चुप्लु समाजले कोइँच खानाका साथै प्लुप्से, थाक्री, पाला गे, प्लेँकाश, क्योङ र क्लाःतोलि, फेनेरेल्फु, किप्शुर फेने, लुजे बास जस्ता हस्तकलाको पर््रवर्द्धन गर्दा कसैले चासो देखाउँदैनन् थे । तर विश्व बजारमा भने यसको माग भएको थियो । हामीले उत्पादन पुराउन सकेनौ र त्यसै थच्चिनु परेउ । अब पनि नयाँ युवा पुस्ताले यतातिर सोच्नु पर्ने भएको छ । तीतो अनुभव ः शुरुमा फेनेरेल्फू र क्लाःतोलि, किप्शुर फेनेको मूल्य महँगो हुनर्ुपर्छ भनेर जिकिर गर्नेमा कलमी आफै थेँ । किनभने महँगो भए पछि यसको महत्व पनि बढी हुन्छ भन्ने तर्क थियो मेरो । अरुलाई उपहार दिँदा पनि महँगो चिज नै उपहार दिए जस्तो लागोस् भन्ने थियो । त्यसको गुणस्तर चाहिँ हुनु पर्छ भन्थेँ । तर हिजोआज गुणस्तरहिन भेषभूषालाई पनि महँगोमा बेचेको देख्दा र जताततै गुनासो गरेको देख्दा अलि नमिठो लागेकाृे छ । कतिपय ठाउँमा र कतिपय व्यक्तिले टेबुल पोस जस्तो फेनेरेल्फु पनि महँगोमा विक्री गरेको पाइयो । क्लाःतोलि पनि तानमा बुनेको पाइयो । र, लगाउनेहरुले पनि भेषभूषाको अर्थै नबुझी जताभावी लगाइएको पनि पाइयो । आदिवासी जनजातिको भेषभूषा भनेको हातले बुनेको सक्कली हुन्छ । नक्कली काम त फाल्तु बेपारीको हो । यसैले कतिपय कोइँच भेषभूषाको ज्ञान नभएका कोइँचले कोइँच भेषाभूषा कतिको सक्कली र नक्कली हो कसरी लगाउने नजिकको साथीभाईहरुलाई सोधेर मात्र किन्नु, लगाउनु उपयुक्त हुने छ ।
अबश्य पनि कोइँच भेषाभूषा संस्कार संस्कृतिको पर््रवर्द्धन हुनु हामी आम कोइँचको लागि खुशीको कुरा हो । तर दिन दिनै भेषभूषामा विकृति पनि बढ्दै छ । सक्कलीको ठाउँमा नक्कली बढ्दै छ । जताभावी लगाइएको छ । कोइँच भेषभुषाको विशेष अर्थ र महत्व हुन्छ । महत्वै नबुझी देखासेँखीमा बढ्दो सस्तो फेसनको रुपमा हलक्क बढेको ख्यातिले पछि खडेरी पनि ल्याउन सक्छ । यसैले आजै हाम्रो आदिवासी जनजातीय कोइँचपनलाई मर्न नदिन अब विशेष सचेतता पनि अप्नाउँदै जाने पो हो कि ।

Share

Leave a Reply

Your email address will not be published.