शब्द उही हो वाक्य उही : कविले मात्र कला भर्छन कविता बनाउन

वृहस्पति सुनुवार/चेरेहामसो क्याःब, सुनुवार डट ओआरजि–
आसार १५, ललितपुर । ‘मैले धेरै पहिलादेखि भन्दै आएको छु, उद्घोषक भाईले भने जस्तै खस भाषा मात्र नेपाली भाषा होइन नेपालमा बोलिने सबै भाषा नेपाली भाषा हो । प्राज्ञ तुलसी दिवसले अदेखा फुलका गीतहरु विमोचन गर्दै अगाडि भन्नु भयो– शब्द उही हो, वाक्य त्यही, तर कविले कला भरेर कलात्मक ढंगले अभिव्यक्ति प्रस्तुत गर्छन् ।  यस कवि डा. लाल श्याँकारेलु रापचा यस अर्थमा सफल भएका छन् जापनी साहित्यिक शैलीलाई अबलम्वन गरेका हुन कि भन्ने लाग्छ ।’ आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जाउलाखेलमा डा. लाल श्याँकारेलु रापचाद्वारा लिखित कविता सङ्ग्रह ‘माततिक फुके कुमसोपुकि र अदेखा फुलका गीतहरु’ का कविता सङ्ग्रश विमोचन भयो ।
‘एक सय तीन जाति भएको नेपालमा अहिलेसम्म खस भाषालाई मात्र नेपाली भाषा र अन्यलाई अनेपाली भाषाको रुपमा चित्रण गर्ने यो देशको एक जातीय तथा एक भाषा, धर्मको राज्य बनाउने प्रयास गरीरहेको राज्यमा डा. लाल श्याँकारेलु रापचाको यो कृति आम आदिवासी जनजातिको नियतिलाई राम्ररी चित्रण गर्नु भएको छ । यो कोइँच जातिको लागि खुशीको कुरा हो किनकि पहिलो पटक कोइँच भाषाले आफ्नै लिपिमा साहित्य सङ्ग्रह पाएको छ भन्दै माततिक फुके कुमसोपुकि लोकार्पण गर्दै सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अगाडि थप्नु भयो, २०६२/६३ बाट कोइँच साहित्यको तीव्रतर विकास भएको छ, यो  एक किसिमले भन्दा कोइँच सौन्दर्यलाई आम देशी विदेशी साहित्यप्रेमीहरुको लागि खुशीको कुरा हो । उनको यो यात्रा अविरल रहोस् ।’
कोँइच सँस्कृति अनुसार नाःसोद्वय श्री दलबहादुर सुनुवार र श्री ओमबहादुर सुनुवारज्यूले एक जोर सागुन राखेर पिदार गर्दै कार्यक्रमको शुरुआत गरिएकोमा अति हर्ष प्रकट गर्दै प्रमुख अतिथि प्राज्ञ तुलसी दिवसले लोकवार्ता संस्थाले नेपालका विभिन्न जातजातिको कलासंस्कृतिलाई संकलन गरीरहेका भए पनि कोइँचका संस्कृति आजसम्म नदेखेको स्वीकार गर्नु भयो र कोइँच लोकवार्ताको लागि स्नाकोत्तर गरेका कोइँच युवायुवतिलाई सम्पर्क गर्न पनि अनुरोध गर्नु भयो । कोँइच परम्परा विशिष्ट रहेको बताउँदै नेपाल इन्द्रेनी समाज हो र सवै रंगहरु गाढा र फिका जे भए पनि अस्तित्व बराबर रहेको बताउदै सवै भाषा र सँस्कृतिको उत्थान नभइ समृद्ध नेपालको परिकल्पना गर्न सकिने बताउनु भयो ।
साहित्यकार तथा अधिवक्ता श्री अतीत मुखिया ज्यूले स्वागत मन्तव्यको क्रममा अदेखा पूmलहरु स्वतन्त्र रुपले नभइ एउटा करेसा बारीमा सँकुचित रुपले पूmल्न बाध्य पारिएको व्यथाहरु पोखिएको फुलहरुको कथा भएको जिकीर गर्दै अब कोइँच साहित्यकारहरुले खस भाषामा मात्र नभइ आफ्नो मातृभाषामा योगदान दिनु प्रमुख कुरो भएको बताउनु भयो ।
कवि लेखक लोकप्रिय सुनुवार ज्यूले ‘मततिक फुःके कुमसोपुकि’ को समिक्षा गर्दै आदिवासी उत्पीडित जनजातिको आत्मकथा र जीवन कथा यस पुस्तकले पोखेको कुरा स्पष्ट पार्नु भयो । पुस्तक साहित्यको गहिराइसम्म पुगेको र बहु विषयवस्तु समेटिएको हुनाले आउँदो पिँढीलाई समेत अमुल्य निधि भएको कुरा बताउनु भयो ।
अदेखा फूलहरुको समिक्षा गर्दै प्रा. डा. गोविन्दराज भट्टराई ज्यूले भाषाविज्ञ डा. रापचाका कविताहरु एक पटक पढेर मात्र प्यास नमेटिने, दोहो¥याएर पढिरहुँ लाग्ने र मर्मस्पर्शी भएको कुरा औंल्याउनु भयो । डा. रापचासँग अन्य आदिवासी जनजाति कविले पनि धेरै सिक्नुपर्ने बताउँदै उनले यस सङ्ग्रहबाट एम ए को अनुवाद पाठ्यक्रममा पनि मुखेनी माइलीलाई राखेको जनाउँदै सार्वजानिक रुपमा उक्त कविता पाठ्यक्रममा राख्न कविसँग अनुरोध गर्नु भयो ।
असार १५ को प्रसंग जोड्दै कवि डा. लाल श्याँकारेलु रापचाले कवि प्राज्ञ तुलसी दिवसले झैं अक्षरको वीउहरु छर्ने प्रयास गरेको बताउनु भयो । गमलामा सीमित फूलहरु झैं टाक्सिएर बढ्न नसक्ने फूल हौं हामी, कतैमालिकले चाहेमा असरल्ल मिल्काइन सक्छौं हामी । कवि रापचाले  आफ्नो कृतिबाट गमलाको फुल कोइँच र खस भाषामा वाचन गर्दै आपूmलाई प्रकाशन गर्न सहयोग गर्नेहरुलाई धन्यवाद प्रकट गर्नु भएको थियो  ।
कार्यक्रमका सभाध्यक्ष साहित्यकार विक्रम सुब्बा ज्यूले पुस्तकले दीर्घकालिन प्रभाव पारिरहने बताउने र यस सम्बन्धि धेरै नबोली कोइँच साहित्य जस्ता धेरै साहित्यले अब मौलाउनु पर्छ । यस क्रममा देश संघीयतामा जाँदै छ, यी साहित्यका ठेक्का लिने संस्थाले अब केन्द्रीकरण भएर हुन्छ ? यसको संरचना कसरी निर्माण हुन्छ ? सबै साहित्यपे्रमीले सोच्नु पर्दछ भन्दै कार्यक्रम विसर्जन गर्नु भयो ।

Share

3 Comments to शब्द उही हो वाक्य उही : कविले मात्र कला भर्छन कविता बनाउन

  1. धन्नेबाद छ लाल shankarelu रापचा जिउ लाइ …..येहाको यो पुस्तक पढेर हाम्रो जनजातिहरुको मनस्थितिमा नया चेतना जागोस अनि आफ्नो मौलिक हक हीतमा बोल्न सक्ने प्रेरणा मिलोस …..

  2. ingi bukulu says:

    निमफा दामलेाच अासकलि नमसेवल,
    दामलेाच अास खेलेशेा रेँसि अा पितिमि दा.डा. लाल श्याँकारेलु रापचा अान ‘माततिक फुके कुमसोपुकि अदेखा फुलका गीतहरु’ गुलतदे शेाशेाताअसे शारि रेँब दा. लाल श्याँकारेलु रापचा नु अान रेँशेा शारि ‘माततिक फुके कुमसोपुकि र अदेखा फुलका गीतहरु’ कलि जेमला बरि थुँ, बारसिला । मेकेा ‘माततिक फुके कुमसोपुकि र अदेखा फुलका गीतहरु’ अा ने राँ तचा कलि मुलैनु फाकयेा नु थेाचे का रिमचा मालबअति , अाम रागि लेशशा नेालेन केाचादुम ।
    एकेकेरे लेा का कायि मगुयुमङ दामलेाच अास दामलेा येाअसिमि, गेा केाँइच रिदुमपाखिमङा लेा पायिब मुरू,अाम लेा राशचा मालब, अाम रिदुमपाखिम कुरशा ङेाइत बारचा मालब दमेब मुरू नयन । वारच अास बेलेसले गेा मार रूबुङना नेपालि रूमदेल पुमदेलमि बाअशेा, दाशशेा (अरद सामानति सेाच) लशेा मतायँसे । सुनुवार डट ओआरजि मि लायब दामलेा पुकि देादेबपा गेचा मालबा ? देापा बेलेशेानु अाम लेा रायँसिब ? अामा रिदुमपाखिम बेालेाइँब दे मिमचा मालशेा मेकेा मातायसे ।
    …श्री…ज्यूले खेाँदेब बाअस रेँशा शुरूप केङगर अान कुरशेा (अरद सामानति साँसकिरति) लेप बुशा केरशेा तायसाव । मुलै गिवबेलेशा जिनि, दुकुपा सेवलगवल थारशान बाअचा ? अेाँपा बाअशा ङना गेना जाअबा यिँ मालशेा नक नाँत ? एकेकेरे लेा का बेाशचान मालताव कोइँचबु काःतिच अान June जून 28th, २०११मि बेलेशेा बेलेस ( कस्तो साहित्यलाई चाहि कोइँच साहित्य भन्ने ?) लेाअ लेा दाअति (यर्सथ जुनसुकै वाद र विचार किन नहोस् ! खाँटी कोइँच साहित्य हुनाको लागि कोइँच चिनारीका सर्न्दर्भलाई केन्द्रमा राखेर सबैखाले उत्पीडनबाट मुक्त राख्न सहयोग गर्ने वा नयाँ अभियान वा आन्दोलन वा क्रान्तिको उद्घोष गरिएको हुनर्ुपर्दछ ।) मेापशेानु देा दुमबा ?
    थरि कयाबा
    साउदि अरबङा
    हेापथलि रियादले

  3. ingi bukulu says:

Leave a Reply

Your email address will not be published.