व्यापारिक चिकित्सक तथा अस्पतालको कारण अनावश्यक वेचैन : आफ्नै अनुभव

-कोइँचबु काःतिच
हिजोसम्म अरुकै वारेमा लेख्या थेँ, आज आफ्नै कुरा लेख्दै छु । हो, मैले अहिलेसम्म म र मेरो परिवार आमा, बुबा, दाजु, दिदी, भाई भतिजोको बारेमा लेखिन । लेखेँ त म कोइँच हुँ यसैले कोइँचकै हक अधिकारको वारेमा लेखेँ । धेरै साथीहरुको पीडामा अस्पतालको ढोकामा नारा जुलुस गर्न गाइयो । र, उनीहरुको क्षतिपूर्तिको लागि उप्रिmना पुगियो । जेउ, अस्पतालहरुले गर्ने लापरवाहीले कतिले ज्यान गुमाउनु परेका छन् त कतिले जिन्दगीभरि पीडा बोकेर बास्नु परेको छ । यसैले आज आफ्नै वारेमा लेख्न वाध्ये भएको छु । यस्तो घटना अरुको नदोहरिओस भन्नको खातिर ।
सुनुवार सेवा समाजको संस्थापक कोषाध्यक्ष टिकाराम मुलिचासँग एक पटक डाक्टरको अनावश्यक झमेलाको कुरा गर्दा उहाँको टाउको वा हातमा आएको समस्याका वारेमा (अहिले बिर्से) स्वास्थ्य परिक्षण गर्दा स्टुल टेस्ट गर्न भनेको हुँदा चिकित्सकसँग झगडा परेको अनुभव सुनाउनु भा थ्यो । अर्का सुनुवार सेवा समाजका अध्यक्ष लोकप्रिय सुनुवारले मेडीक्यर चावहिलमा आफ्नो जीवनसंगिनी तत्कालीन समयमा सुनुवार सेवा समाजकै पर्ूव उपाध्यक्ष सिर्जना सुनुवारको टाउकोको स्वास्थ्य परिक्षण गर्नेक्रममा उहाँको (लोकप्रिय सुनुवार) को एचआइभि परिक्षण गर्न लगाएको अनुभव बाँड्नु भएको थ्यो । मैले पनि त्यस्तै त्यस्तै अनुभव बटुल्नु परेउ ।
कुरा मेरो जीवनसंगिनी गंगा हेतामको स्वास्थ्य परिक्षणको हो । गत मंसिर २० गते मेरी भतिजी कृष्णकुमारी काःतिचको सिन्धुली सिर्थौली निवासी राकेश सोङनासँग काठमाडौंमा विवाह सम्पन्न भयो । सोही विवाहको लागि ओखलढुंगा काःतिचहरुको पुख्र्यौली थलो काःतबाट दिदी, दाजु, भाउजु आउनु भयो । उनी पनि सिरहाबाट काठमाडौं आइन । यसै क्रममा पशुपतिको जात्रा सितराको व्यापार भने जस्तै उनले आफ्नो निरन्तर स्वास्थ्य परिक्षण गर्ने क्रममा टेस्ट ट्युवबेबीका कारण चर्चामा आएका डा. भोला रिजालकोमा जचाउँन ओम हस्पिटलमा गइयो । उनलाई सिरहाबाट भोला रिजाललाई नै देखाउन उनका साथीहरुले सुझाएका रहेछन् । छिमेकी एक जना महिलालाई डा. भोला रिजालले हेरेपछि निको भएकी रहिछन् त्यही विश्वासले ।
२०७० साल फागुनमा वि पी मेमोरियल हस्पिटल धरानमा अल्ट्रासाउण्ड गर्दा तल्लो पेटमा मासु पलाए जस्तो छ, प्रसुति रोग विशेषज्ञलाई देखाउनु भन्ने चिकित्सकको सूझाव रहेछ । त्यसैले उनले पाटन अस्पतालमा देखाएकी रहिछिन् । त्यहाँ देखाउँदा पनि सानो मासुको डल्लो देखिएको छ डराउनु पर्दैन केही असर गर्दैन भन्ने जवाफ पाएकी रहिछिन । अगाडिको दिन डा. भोला रिजालले हेर्दो रहेन छ । उसको सहायकले हर्ेदा रहेछन् । त्यही अनुसार अल्ट्रासाउण्ड गरियो । समय सकियो । अर्को दिन रिपोर्ट देखाउन गइयो । पुनः एच एस जी एक्सरे गरियो त्यो दिन पनि गयो । भोलि पल्ट मंसिर २७ गते । टुँडीखेलमा कोइँच, र्राईको महान चाड शाँदार पिदार, उधौली मनाउने दिन । हस्पिटलमा पनि शनिवार रिपोर्ट नदिने भएको हुँदा गइएन । आइतावार । मेरो अन्तै काम भएको हुँदा उनी बहिनी पुनम हेतामसँग हस्पिटल गइन । नाम चलेको ठूला डाक्टर । कुरा काट्ने कुरा भएन जे जे भनियो सोही सोही गरियो । तर रिजल्ट आफुले सोचेको भन्दा अर्कै निस्क्यो । जसको कारण अनावश्यक पीडाले दुइ रात छट्पटिनु परेउ ।
उता न्यूरो हस्पिटलमा मेरो साथी थलेन्द्र तथा सुनुवार सेवा समाज तथा सेरेम फु साँस्कृतिक समूहका संस्थापक सदस्य प्रेम सुनुवार हाँवालीको भतिजी कन्चन सुनुवारको अस्पातलको लापरवाहीले मृत्यु भएको थियो । त्यहाँ एक साथीको नाताले अर्को सामाजिक कार्यकर्ता साथै समुदायमा आधारित पत्रकार भएको नाताले पनि वार्ता टोलीमा सामेल हुन पुगेको थेँ । यता आफ्नै जीवनसंगिनी तल्लो पेट पाटेघरको शल्याक्रिया गर्नु पर्ने भन्ने डाक्टरको सूझावले के गरौं । कोसँग सल्लाह लिऔं भन्ने मनमा पिरलो खेपीरहेको थेँ ।
आफ्नै समुदायमा एक जना राम्रो डाक्टर नहुँदाको पिडा हो भन्ने मनमा लागीरहेको थ्यो । तर उनी (गंगा) लाई हेर्ने सहायक डा. सुनुवार नै थिइन रे । सुनुवार रहिछिन् त्यसैले राम्रो सल्लाह दिन्छीन् होला कि भनेर छुट्टै भेट्न खोज्दा थप जानकारीको लागि बोल्न पनि चाहिनन् रे । बोल्दा पनि रुखो व्यवहार गरिन् भन्ने पछि था पाएँ । हुन त सबैको स्वभाव र व्यवहार हामीलाई मन पर्ने र सुहाउने किसिमको हुनु पर्छ भन्ने पनि छैन ।
शल्यक्रिया गर्नु पर्छ भन्दैमा यति साह्रो चिन्ता लिनु पर्ने र डराउनु पर्ने कुनै कारण थिएन । र, मैले यहाँ मेरो यो सानो समस्यालाई यहाँ लेखीरहन, वा यो सानो कुरालाई लम्बेतान उल्लेख गरीरहन पनि जरुरी थिएन । मैले यहाँ उल्लेख गर्नको कारण च्याउ सरी उम्रेका नेपालका प्राइभेट हस्पिटल त्यसमा पनि रिर्सच सेन्टर थपेर राज्य र स्वास्थ्य उपाचार गर्न गएका सेवाग्राही ग्राहकबाट दोहरो सुविधा लिनेहरुको नियत र जनताले पाएका सास्तीलाई मैले नै भोगेको कुराबाट हाम्रो समुदायमा जानकारी गराउन खोजेको मात्र हुँ । मेरो बालसखा समीर मुखियाको हातमा भएको खिलको उपचार गर्न वागवजारको एक प्राइभेट हस्पिटलमा जाँदा अप्रेशन गर्नु पर्ने र त्यसको शुल्क २२ हजार लाग्ने भने पछि उपचार नै नगरी फर्किँदा कर्मचारी वीचको, दुइ जनाको तलब त हुन्थ्यो नि अलि घटाएर भन्नु पर्छ नि भन्ने आपसी संवादले पनि प्राइभेट हस्पिटलको नियत अलिअलि था थियो ।
“तपाईलाई बच्चा चाहिन्छ भने अपरेशन गर्नु पर्छ श्रीमानसँग सल्लाह गरेर आउनुहोस्” भनी दिँदा कुन चाहिँ वच्चाको चाहना गर्ने महिलालाई चिन्ता नहोला । पुनः मनन गर्नुहोस् यो वाक्यले कस्तो अड्को थापेको अर्थात् अप्ठेरोमा पारेको छ त – तपाईँलाई बच्चा चाहिन्छ भने अपरेशन गर्नुपर्छ । श्रीमानसँग सल्लाह गरेर आउनुहोस् । सेवाको व्यापार गर्ने चिकित्सकले यस्तो किसिमको वाक्य प्रयोग गर्न मिल्छ कि मिल्दैन ? यो छुट्टै बहसको विषय हो । व्यापारीले व्यापार गर्छन् । व्यापार गर्न उसलाई अधिकार छ तर स्वास्थ्योपचार पाउनु मानवाधिकार पनि हो । मानवाधिकार कानुन पनि हो । यसरी कानुनलाई हातमा लिन खोज्नु अवैधानिक क्रियाकलाप पनि हो । थाहा हुँदा हुँदै पनि कैयौं स्वास्थ पीडितहरु डाक्टरको सल्लाह मानेर मृत्यु वरण गरेको घटना दिनानुदिन बढेकै छ । र, हस्पिटल घेराउ गर्दै क्षतिपर्ूर्ति भराएको समाचार पनि छेस्छेस्ती सुन्नमा देख्नमा आएकै छ ।
बच्चा नचाहिने कुरै भएन मैले पनि उनको अपरेशनको लागि हुँदैन भन्नै सकिन । तर ओम हस्पिटलमा चिकित्सकको लापरवाहीले एक जना विरामीको मृत्यु हुना पुगेको कुरा मलाई पनि थाहा थ्यो । डा. भोला रिजालले स्वास्थ्य परिक्षण गरे पनि घरमा सालीहरु देविका, तारा र भतिजो तुलाराजसँग सल्लाह भयो – ओम हस्पितलको रिपोर्ट अर्को डाक्टरलाई पनि एक पटक देखाएपछि मात्र शल्यक्रिया गर्ने ।
प्रसुति गृह थापाथलीमै पुनः एक पटक स्वास्थ परिक्षण गराउने कि । राज्यको लगानी गरेको र निस्वार्थ भावनाको देशको सबै जनताको सेवाको लागि स्थापित प्रसुति सम्बन्धि अस्पताल त त्यही हो । त्यही हुन्छन् राज्यले लगानी गरेको चिकित्सक, सालीहरुको सल्लाह । क्रस चेकिङ ।
मेरो भाउजु पवित्र श्रेष्ठ सुनुवारको पनि पाठेघरमा मासु पलाएको हुँदा बिरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा अपरेशन गरेको हुँदा पाठेघरको अपरेशनको वारेमा केही जानकारी म र भतिजोसँग थियो नै । भतिजोले नेपाल मेडिकल कलेजकी स्टाप नर्स बहिनी शर्मिला मगरसँग काकीको अपरेशनको कुरा गरे छ । अनि बिहानै भतिजी र्सर्मिलाको सिफारिसमा प्रसुति विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न पुगियो । त्यसपछि झनै मलाई प्रष्ट भो निजी अस्पतालको लापरवाही र व्यपार नीति ।
वास्तवमा अहिले निजी अस्पताल जसरी पनि व्यापार गर्न बनेका हुन् भन्ने कुरा सबैलाई थाहा छ । तर व्यापार गर्ने पनि निस्चित मापदण्ड हुन्छ । जसरी खाद्य तथा अन्य वस्तुको गुणस्तरको मापदण्ड तोकिएको हुन्छ । तर अहिले प्राइभेट अस्पतालले मनखुशी व्यापार गरीरहेका छन् सरकारले यसको छड्के जाँच गरीरहेको छैन न त यस सम्बन्धमा पत्रकारहरुले नै कुरा उठाएका छन् । दुइ तीन वर्षअगाडि साथी राजेश चाम्लिङले हस्पिटलहरुले रिर्सच सेन्टर लेखेर रिर्सच नगर्ने तर राज्यबाट सुविधा मात्र लिएको भन्ने रिपोर्टिङ गोरखापत्र दैनिकमा गरेका थिए । तर अरु पत्रिका समाचारपत्रले त्यसको खासै चासो लिएको देखिँदैन ।र्
भर्खरै वैवाहिक सम्बन्धमा बाँधिएको हुँदा महिलाको समस्याहरु वारे खासै जानकारी थिएन । यसैले एच एस जि परिक्षण भनेको के हो थाहा हुने कुरै भएन । ओमकै नगद भुक्तानी काउन्टरमा नगद बुझाउन जाँदा पनि, “होइन हो आजकाल के भएको जस्लाई पनि यस्तै लेखेर पठाउँछ त” भनेर आपसमा कुराकानी गरेको सुनेको थेँ । एच एस जि महिनावारी भएको तीन चार दिनमा गर्नु पर्ने रहेछ तर ओममा बाइस दिन हुँदा गराइयो । जसको कारण उनलाई रक्तश्राव भयो । यसरी बेसमयमा गर्दा महिनावरीमा गडबढ हुनसक्ने सम्भावना पनि रहेछ । अर्को कुरा पाठेघरमा मासु पलाए पनि बच्चा नहुने भन्ने हुँदो रहेन छ । पाठेघरमा मासु पलायो भने बच्चा खेर जाने, तुहिने सम्भावना बढी हुने भएको हुँदा शल्याक्रिया गर्न जरुरी हुँदो रहेछ । तर उन (गंगा) को मासु पलाएको पाठेघरको बाहिरा रहेछ जसको तत्काल शल्यक्रिया गर्न जरुरी रहेन छ । यस्ता मासु पलाएका महिलाहरु धेरै हुने रहेछन् । तत्काल शल्यक्रिया गरीहाल्नु पर्ने वा डराइ हाल्नु पर्ने रहेन छ ।
तर डा. भोला रिजालको “तपाईँ बच्चा चाहनुहुन्छ भने अपरेशन गर्नुपर्छ” भन्ने भनाईले हाम्रो परिवारमा पनि दुइ दिन दुइ रात वेचैन तुलायो । जब कि हामी सामान्य साक्षार, सामान्य कुरा जानेबुझेका थ्यौं र पनि । डा. हरुको यस्तो अड्को थाप्ने सल्लाहले कति हाम्रा दाजुभाई दिदीवहिनीहरु बेचैनमा परेका होलान त्यो कल्पना गर्न गाह्रो छ । शल्यक्रियासँग राम्रा परिणम मात्र होइन अरु आशंका पनि सँगै जोडिएर आउने गर्छ, गर्दोरहेछ, हामीमा पनि आयो । मेरी जीवनसंगिनी रातभरी बेचैन हुँदा मैले सम्झाउन बाहेक अरु केही गर्न सकिना । उनले “जीवनमा कस्तो सोचेको थेँ कस्तो भयो हकि” भनेर मलाई हेरेर रुँदा म टुलुटुलु हेरेर उनलाई किन चिन्ता लिएको सानो शल्याक्रिया त हो । केही पनि हुँदैन । सामान्य कुरालाई किन ठूलो सम्झेकी, भन्न बाहेक अरु केही गर्न सकिना । सम्भवतः उनलाई “बच्चा चाहिन्छ भने शल्यक्रिया गर्नु नै पर्छ” भन्ने शब्दले पोलेको हुनर्ुपर्छ । शल्यक्रियापछि बच्चा हुन्छ भन्ने ग्यारेण्टी के छ र । न मेरो गर्भाधरण गर्ने क्षमता पनि नष्ट हुने हो कि भन्ने चिन्ताले उनलाई पिरली रहेको हुँदो हो । जब भतिजोले स्टाफ नर्स शर्मिला मगर मार्फत अर्को डाक्टरसँग परामर्श गर्ने वातावरण मिलायो र उनले खुलेर आमनेसामने पारिवारिक वातावरणमा परामर्श लिन पाइन अनि मात्र उनको अनुहार हाँसिलो देखिना पुग्यो ।
जेउ, तपाईँहरु पनि निजी आस्पतालमा जाँदा र नाम चलेको चिकित्सक भनेर स्वास्थ परिक्षण गर्न जाँदा यस्तै वेचैन भोग्नु पो पर्ने हो कि । विचार पुराउनु होला हामीले त भोगी सक्यौं । कतै तपाईँ पनि अनावश्यक झमेलाको शिकार पो हुनु भा छ कि । कोइँच दाजुभाई दिदीबहिनीहरुसँग मेरो निजी अनुभव बाँडे । तपाईँहरु वाहेक अरु को नै छन् र मेरो दुःखसुखको कुरा गर्न । चेरेलिल ।

Share

Leave a Reply

Your email address will not be published.