विगतको सम्झना र आगतको योजना :दोमोका दारश-शो सेरेफुको जन्मको कारण

दोथामे ताथामे मादेनेन
लोः काः देनुङ ओत-थि नेनेन ।
थोलेमि फँु साप-पा यिमे बाअत
इँनकालि मिम-चा पिमे बाअत ।
ब्लुकुम चिल चिल, ब्लुकुम चिल चिल ।

शाँबु रितेक खेमेरे
थापो चुइतेक ते-मेरे ।
होल-फा गिल-फा रिःनि कोँ
सु सु राल-मा कोःनि कोँ ।
नेल-कालि खाप-शा ख्लेनि कोँ
आदार पिदार पानि कोँ ।
दिः ताःमि मार दुम कोःनि कोँ
गिवात खावात चोःनि कोँ ।
सेकि सेकि सेलेले, सेकि सेकि सेलेले
सेक सेक सेलेले …
…………
नामसेवाल, वार-चिपुकि,
यो गीत सुन्ने वित्तिकै म एक दसक अगाडिको रेडियो नेपालको प्रत्यक्ष प्रसारण कार्जेकाराम फुलबारी कार्जेकाराम झल्झली सम्झन्छु । अकास्मत मिरा राना लगायत चुपचाप रमिता हेरेर बासेका दर्शकहरु उप्रिmए कर्कल ध्वनी र तालीसहित ।, काँधमा फेनेरेल्फु र कम्मारमा क्लाःतोलि लगाएर इन्द्रेणीमय भएका लोकप्रिय दाइ तीन फिट माथि उप्रिmएर झनै हातमा माइक सामातेर चिच्चाए ‘सेकि सेकि सेलेले, सेकि सेकि सेलेले ।’ पाण्डब सुनुवार, अतीत मुखिया (इश्वरकिरण सुनुवार) उहाँलाइ साथ दिँदै उप्रिmनु भयो । बाद्यवादनमा आनन्द ङावाच सुनुवार (हाल कोरिया), आसिश सुनुवार (पाँचथर), अर्को एकजना भाइ (को हो विर्से । सम्भवतः मोहनमिलन हुनुपर्छ ।), र म (काःतिच उकुसु) थियौं । मलाइ गानाबजानाको खासै ज्ञान थिएन । तर तीनै जना भाइ गायक भए पनि कोइँच बाद्यवादनको नेतृत्व गर्ने (झेम्टा बजाउने) काम मैले नै गरेको थिएँ ।
विहान १०.३० तिर कला केन्द्र, कुपण्डोलमा लोकप्रिय दाइले लो फुलवारीमा ढोल बजाउन जानु पर्छ भन्नु भयो । टेँ टेँ टेँ टेँ … यसरी पियानो बजाउँछ अनि ढोल यसरी बजाउने । यसरी पियानो बजेपछि यसरी बजाउने भनेर सिकाएका थिए । संगीत कम्पोज कसरी गरेको छ, थियो केही थाहा थिएन । जे सिकाउनु भयो । त्यो मनमा राखियो ।  तर के थाहा हुनु मुखले टेँ टेँ टेँ … गर्दै सिकाएको धुन बसन्तपुर डबली पुग्दा सबै शून्यमा झरेउ । पुरै खाली । कहाँबाट कसरी शुरु गर्ने ? अन्यौल र डर दुवै एकै चोटी धानको व्याँड जस्तै जुर्मुराएको थियो । पियानोवादक र हामी ढोल, झेम्टावादक वीच कुनै कुराकानी भएको थिएन । न संगीत निर्देशकले हामीलाइ यसरी बजाउनु, यसरी बाजाको उठान-वैठान गर्नु नै भनेको थियो । मात्र गायकले भनेको भरमा तयारी थियौं हामी ।
प्रत्यक्ष प्रसारण बसन्तपुर डबली, हनुमान ढोकाबाट । आदिवासी कोइँच (सुनुवार) मातृभाषामा गीत गाउने उद्घोष भयो । र्ढर्रर र्ढर्रर ढोल बजाउँदै स्टेज प्रवेश गरियो सात जनाको समूह । संगीत निर्देशक भूपेन्द्र रायमाझी रा’छन् । हातको चालले शुरु गर्ने निर्देशन दिए । पियानोवादकले गीतको धुन बजाउन थाले । मैले झेमटाले जेरेरे जेङ गरेर ताल शुरु गर्न संकेत गर्न रोकेँ । उता पियानोवादक अल्मलिएछ । टक्क रोकियो । भूपेन्द्र रायमाझीले खाउँला जस्तै गरेर रातो आँखा फुकालेर कुटुँला जस्तै गरी झाम्टेउ । म पनि आतालिए छु । ताल न साल निरान्तर झेम्टा बजाएँ । ढोलले पच्छायो । पियानो पनि हाम्रो पछि पछि लाग्यो । हाम्रै पारामा ताल दिने र गाउने गरियो । कार्जेकाराम भरिको हिट गीत हाम्रै भयो नजान्दा नजान्दै । पाँचथरे जेस्पुच आशिष सुनुवार, निन्याउरो मुख लगाएर बसी रहेको थियो । कार्जेकाराम सकिए पछि त खुशीले हाँस्दै भन्यो, ‘अहा ! हाम्रो गीत पो हिट भयो हगि दाइ, म त लाज परिने भयो । कलेजमा साथीहरुले खिज्याउने होला भनेर डराएको थिएँ ।’
यही धङधङीमा अहिले हामी (सुनुवार डट ओआरजि र चुप्लु समाज) ले कोइँच भाषाको फरक थिम बोकेको तेस्रो गीति एल्बम ‘दोमोका दारश-शो सेरेम फु’ बजारमा ल्याएको छौं । अवश्य यहाँहरुले सुनेर टिप्पणी गरिदिनु हुने छ । शब्द रचनामा म आपै+m संलग्न छु भने पाम सुनुवार (सुरज), बृहस्पति सुनुवारले कार्यकारी उत्पादानको जिम्मा लिइदिनु भएको छ । शिवा मुखियाले संगीत संयोजन, मिक्सिङ, मास्टारिङ गर्नु भएको छ । आशिस सुनुवार (काःतिच) र केशवले रेकर्डिङमा साथ दिनु भएको छ । महेश, रेश्मा, सन्ध्या सुनुवारले स्वर दिनु भएको छ । यस गीति एल्बममा बच्चा फकाउने (लोरी) गीत, बर्थ डे गीत, बाल गीत, पार्टीत गीत, पिदार (भजन) गीत, कोइँच भूमिको जात्रमा गाइने लोकगीतहरु समेटेका छौं । शिर्षगीत शिबा मुखियाले गाउनु भएको छ । सिआरविटि पनि र्सार्वजानिक गरेका छौं । कृपाय सुनेर के कस्तो छ कमेन्ट गरिदिए हामी आभारी हुने थियौं । अब अर्को ठाडो भाकाको दोहरी गीत र कोइँच रिमिक्स तथा लोक गीति सँगालोको तयारीमा छौं । यसको लागि तपाइको गाली सही मार्गदर्शन हुने छ । चेरेलिल ।

Share

2 Comments to विगतको सम्झना र आगतको योजना :दोमोका दारश-शो सेरेफुको जन्मको कारण

  1. Lekh says:

    रमाइलो लाग्छा मलाई पनि कोइंच गीत सुन्दा अझ धेरै अल्बुम निकाल्न आग्रह र सफलताको कामना …!!!

  2. Lekh says:

    रमाइलो लाग्छा मलाई पनि कोइंच गीत सुन्दा अझ धेरै अल्बुम निकाल्न आग्रह र सफलताको कामना …!!!

Leave a Reply

Your email address will not be published.