वल्लो किरात स्वायत्त प्रदेशको माग गर्दै प्रदर्शनी : गाउँ गाउँबाट आन्दोलनको तयारी

dolakhaकोइँचबु काःतिच
दोलखा सदरमुकाममा परम्परागत हातहतियार, विभिन्न घरेलु सामाग्री, परम्परागत आदिवासी जनजातिय भेषभूषामा सजिएर ढोल झयाम्टा बजाउँदै आदिवासी जनजाति कोइँचहरुले वल्लो किरात स्वायत्त प्रदेशको माग गरेका छन् । के वृद्ध, के बालबालिका, के विकलङ्गा सबै कोइँचहरु दोलखा जिल्ला सदरमुकाममा जम्मा भएर झाँकीसहित पर््रदर्शनीले बजार परिक्रम गर्दा चरिकोट सातदोबाटोमा अरनिको राजमार्गमा चल्ने यातायात, एक घण्टाभन्दा बढी समय बन्दा भएको थियो ।
गत साउनमा सुनुवार सेवा समाज दोलखा जिल्ला तदर्थ समिति गठन भएपछि दोलखा जिल्ला सदरमुकाममा पहिलो पटक कोइँचहरुले यसरी आफ्नो भूमि र हकअधिकारको लागि पर््रदर्शनी गरेको हुन् । इइँ आम लोः पाइ, इइँ आम ओलो, मुलकेम राइताइ, वल्लो किरात स्वायत्त प्रदेश सुनिस्चित गर, वल्लो किरात जिन्दावाद, सुनुवार सेवा समाज जिन्दावाद, आदिवासी जनजाति कोइँचको मानव अधिकार सुनिस्चित गर, जस्ता विभिन्न नारा लेखिएको प्लेकार्ड प्रत्येक कोइँचको हात-हातमा थियो । विगतमा जस्तो लाज, धक र आत्मग्लानी कुनै पनि कोइँचको अनुहारमा देखिँदैन थ्यो । सबै हाँसीखुशी, ढोलझयाम्टाको तालमा गीत गाउँदै रमाइलो गरिरहेका थिए भने सडकपेटी वरपर, घरको छत, झयाल, ढोका, वार्दलीमा मानिसहरु लामवद्ध भएर रमिता हेरिरहेका थिए । प्रहरीले अगाडि पछाडि स्कर्टिङ गरिरहेको थियो । चरिकोट सातदोबाटोबाट जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय जस्ता महत्वपर्ूण्ा कार्यालयतिर झाँकीसहितको र्‍यालीलाई जान दिइएन ।
दोलखा जिल्लाका कोइँचहरुको चिनारी स्थापना गर्नकै लागि पनि सदरमुकाम चरिकोटमा सुनुवार सेवा समाजको जिल्ला सम्मेलन गरेको जानकारी समाजका सचिव टंक सुनुवार (नविन) ले बताउनु भयो । उहाँ अगाडि थप्नुहुन्छ ः यहाँ जिल्लामा आदिवासी जनजाति कोइँचको मानवअधिकारको कुरा गर्दा, कुनै पनि सेवा सुविधाको कुरा गर्दा अन्य जातजातिले हेयाको दृष्टिले हर्ेर्ने र कोइँचहरु कति छन् र ! त्यति थोरै कोइँचको मानवअधिकारको कुरामा अल्भिmएर बस्यौं भने कसरी देशको विकास हुन्छ भनेर पेल्ने, दमन गर्ने जस्ता कार्य गरिएको हुँदा पनि सम्पूर्णा दोलखावासी कोइँचहरुको इज्जात र सम्मानको लागि पनि हामीले जिल्ला सदरमुकाममा समाजको सम्मेलन गरेका हौं ।
अहिले खुम्चिएर खिम्ती, लिखु र मोलुङ वरिपरि सिमित हुन पुगेका कोइँचहरु कुनै समय साँगदेखि दुधकोशीसम्म फैलिएर बसेका थिए । तर पनि उनीहरुको भाषा, संस्कृति, सामाजिक जनजीवन दिनानुदिन फैलिँदै गएको छ । यसरी झाँकीसहित बजार परिक्रमपछि ए वान पार्टर्ीीयालेस, चरिकोट चरिघेङमा सभामा परिणत भई जिल्ला सम्मेलन हुँदा आम सहभागीहरुलाई परम्परागत कोइँच खाजा फापरको प्लुतुक, गोर-मालि, शोप-ले, चुःखाइ शाकाको चिरो बाँडिएको थियो ।
कोइँचहरुको दिनभरिको गतिविधि नजिकबाट नियालीरहेका जिल्ला प्रमुख अधिकारी प्रल्हाद पोखरेलले सह्रानीय प्रशंसा मात्र गरेनन् छन्दात्मक कविता नै प्रस्तुत् गरे-‘सुनखरी जस्तै मनमोहक छ भेषभूषा, सहास, जोश जाँगरले भरिएको कर्मठ छन् कोइँचहरु । पारदर्शी छ संस्कृति, छलकपट छैन, श्रृष्टि जस्तै छ हाँसिलो मुहार, दुःख पीडा छैन ।’
सभामा प्रमुख अतिथि मनप्रसाद सुनुवारले कोइँचहरु एक जुट भयौं भने विश्वको कुनै पनि शक्तिले हाम्रो भूमि खोस्न सक्ने छैनन् भन्नुभयो । ‘हामी कोइँचहरुलाई हिजोको राज्यले विभेदमा पारको हुँदा हाम्रा स्थिति गम्भिर चिन्तनीय अवस्थामा पुगे त पनि अब गाउँ गाउँबाट कोइँचहरु सचेत हुनु आवश्यक छ – हामीलाई के, कसरी, कहाँ फसाइएको रहेछ भन्ने कुरा बुझन जरुरी छ । अब हाम्रो माटो, भेषाभूषा, भाषा, संस्कृति र सामाजिक रहनसहनको संरक्षण मात्र होइन हाम्रो मानव अधिकारको रक्षार्थ लड्नु परेको छ । हामीमाथि राज्यबाट पटक पटक दमन, शोषण भएको छ त्यसको विरुद्धमा अब घर घरबाट कोइँचहरु सडकमा निस्किनु जरुरी भएको छ । यदि हामी चुप लागेर हाम्रै कारणले हामी पछाडि परेका हौं केही गर्न सकेका छैनौ भनेर बस्यौं भने सयौं वर्षपछाडि धकेलिने स्थिति छ यसैले सबैलाई आदिवासी जनजातिको मानव अधिकार हनन् विरुद्ध सधैं सचेत रहन अनुरोध गर्दछु ।’
अन्तमा सुनुवार सेवा समाज प्रथम दोलखा जिल्ला सम्मेलनले भरत मुखिया सुनुवार, भरतबहादुर सुनुवार र अम्बिका सुनुवार सम्मिलित तीन सदस्यीय निर्वाचन मण्डलमार्फ भुवानी सुनुवार, हाँवा ४ को अध्यक्षतामा १३ सदस्यीय सुनुवार सेवा समाज दोलखा जिल्ला कार्यसमितिको गठन गरियो । सो समितिमा उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष र सदस्यहरु क्रमशः भुपेन्द्रराज सुनुवार-ठूलो पाताल ८, टंकबहादुर सुनुवार -नविन)-हाँवा ९, उमा सुनुवार-हाँवा ७, गोपाल सुनुवार-हाँवा ५, खुशबहादुर सुनुवार-हाँवा ७, गिता सुनुवार-ठूलो पातल ५, दिपक सुनुवार-हाँवा ७, बबिता सुनुवार-ठूलो पाताल ८, भिमबहादुर सुनुवार-ठूलो पाताल ७, सविना सुनुवार-हाँवा ९, कमलमाया सुनुवार-ठूलो पाताल ६, वीरबहादुर सुनुवार-हाँवा ४ रहेका छन् । वीच वीचमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुतिको साथसाथै विभिन्न पार्टर्ीी राजनीतिक नेता, छिमेकी जिल्लाका सुनुवार सेवा समाजका अध्यक्ष, प्रतिनिधिहरुले जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य दिनुभएको थियो ।
‘सम्मेलन हुनुभन्दा अगाडिको बेलुकी पानी परेर हिउँ परोस् भन्ने मेरो मनमा थियो । यसरी हिउँ पर्दा निम्तारु पाहुनाहरु हिउँ देखेर रमाइलो मान्ने छन् । खुशी हुने छन् भन्ने लागेको थियो । हुन त मैले सोच जस्तै भयो तर गाउँबाट आउनेहरुलाई भने अप्ठेरो पो हुन गयो । बाटोमा झरीले गर्दा गाडी फसेर हामी लगभग तीन घण्टा ढिला भयौं । पुरै चरिकोट बजार घुम्ने हाम्रो इच्छा भने पुरा भएन । तै पनि राम्रै भयो जस्तो लाग्छ, पहिलो पटक हो ।’ आफुले सोचेकै कुरा पुरा हुँदा हुँदै पनि अलिकति थक्थकी मनमा पाल्दै अध्यक्ष भुवानी सुनुवारले मन्द मुश्कान छाड्दै सम्मेलनको समिक्षा गर्नुभयो ।

Share

2 Comments to वल्लो किरात स्वायत्त प्रदेशको माग गर्दै प्रदर्शनी : गाउँ गाउँबाट आन्दोलनको तयारी

  1. padam kumar sunuwar kirati (belayet) says:

    कोइच पुकिमी लो रुपेने मुनु वो-यिती गाचा बोल्पने/गो देन-देन छु/ गो यी के लो ले वायिस्यो बतेमे यी देश के नेये/गो देन-देन छु नेल-ले मि रुप्तिके कम-पने/यी पुर्खा पुकी मि त्रिसुली सम-मा राज-जे चले स्वो बतेमे/मूल ण्गा काठमान्डू नेल-ले यी-के बस्यो बात/वोल्लो किरात देस्यो द नोले यी के बनेपा-मि राजधानी बनेमेनु लो बात/हो मोदे नेवारज्य बागमती गेचा मदुम-बा देस्यो आ के भनाइ हो/नेवार पुकिद कपिलबस्तु लुम्बिनी पिथ आधि इंडिया मि यो छन् एको पुकी/गो सुनुवार पुकिमी ने ब्लेचा गेचामदुम्बा नेवा नु ताम्सालिंग कलि एको सम्बिधन्मी /गो सुनुवार यी के पितृ देउता पहिला मनेनय/पितृ कलि गेस्या खुसि बनेप-पायिस्य मात्रै गो जति-के तुति-के चलन मुलैनु छ/मोपतके सुनुवार सभासद,सुनुवार समाज,सुनुवार बुद्-दि जीवि,सुनुवार युवा सक्ति,सुनुवार गण-ने मान-ने,मुनु सुनुवार जनसक्ति नेल-ले मि धयान गेस्या सुनुवार इतिहास कलि उत्-थान पचाकाली धयान गेतिके बेला दुम्स्यो छ हजुर पुकी एको आके साल-लह मुनु अनुरोध एको समयेमी सुनुवार लो पया जनजागरण बडेया/पितृ पुकिमी गो यी कलि आसिर-बाद गेमेल चण्डी कलि रिस्योपा मानेया/एको ब्लेस्यो मि मरै त्रुटि बात हन गो प्रेत-ति ङ्ग पदम कलि छेमा है हजुर/

  2. padam kumar sunuwar kirati (belayet) says:

    कोइच पुकिमी लो रुपेने मुनु वो-यिती गाचा बोल्पने/गो देन-देन छु/ गो यी के लो ले वायिस्यो बतेमे यी देश के नेये/गो देन-देन छु नेल-ले मि रुप्तिके कम-पने/यी पुर्खा पुकी मि त्रिसुली सम-मा राज-जे चले स्वो बतेमे/मूल ण्गा काठमान्डू नेल-ले यी-के बस्यो बात/वोल्लो किरात देस्यो द नोले यी के बनेपा-मि राजधानी बनेमेनु लो बात/हो मोदे नेवारज्य बागमती गेचा मदुम-बा देस्यो आ के भनाइ हो/नेवार पुकिद कपिलबस्तु लुम्बिनी पिथ आधि इंडिया मि यो छन् एको पुकी/गो सुनुवार पुकिमी ने ब्लेचा गेचामदुम्बा नेवा नु ताम्सालिंग कलि एको सम्बिधन्मी /गो सुनुवार यी के पितृ देउता पहिला मनेनय/पितृ कलि गेस्या खुसि बनेप-पायिस्य मात्रै गो जति-के तुति-के चलन मुलैनु छ/मोपतके सुनुवार सभासद,सुनुवार समाज,सुनुवार बुद्-दि जीवि,सुनुवार युवा सक्ति,सुनुवार गण-ने मान-ने,मुनु सुनुवार जनसक्ति नेल-ले मि धयान गेस्या सुनुवार इतिहास कलि उत्-थान पचाकाली धयान गेतिके बेला दुम्स्यो छ हजुर पुकी एको आके साल-लह मुनु अनुरोध एको समयेमी सुनुवार लो पया जनजागरण बडेया/पितृ पुकिमी गो यी कलि आसिर-बाद गेमेल चण्डी कलि रिस्योपा मानेया/एको ब्लेस्यो मि मरै त्रुटि बात हन गो प्रेत-ति ङ्ग पदम कलि छेमा है हजुर/

Leave a Reply

Your email address will not be published.