वल्लो किरात स्वयत्त प्रदेशप्रति आदिवासी जनजाति सभासद (ककस) को समर्थन

चुपलु दामलोच
काठमाडौं । इतिहासमा पृथ्वीनारायण शाहको समयसम्म वल्लो किरात प्रदेश अस्तित्वमा रहेको उल्लेख छ । यही ऐतिहासिक साझा पहिचानलाई लिएर सुनुवार सेवा समाजले २०६३ मा वल्लो किरात स्वायत्त प्रदेशको विषयलाई अगाडि उठान गर्दै आएको हो । पछिल्लो समयमा कोइँच (सुनुवार), बाहि, जेरो, जिरेल, हायु, सुरेल, थामी लगायत अन्य आदिवासी समुदायको संयुक्त पहलमा वल्लो किरात स्वायत्त परिषद साझा संगठनमा रहेर विभिन्न पार्टी, संविधान सभा सभामुख, प्रधानमन्त्री, संविधान सभाको विषयगत समितिका सभापति र विभिन्न सभासदहरुलाई आदिवासी जनजातिको सभासदहरुलाई राज्यपुनसंरचना हुँदा ऐतिहासिकता साझा जातीय पहिचानसहित वल्लो किरात स्वायत्त प्रदेश हुनु पर्ने जिकीरसहित ज्ञापनपत्र तथा घोषणापत्र बुझाउँदै अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै क्रममा राज्यपुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले प्रस्तुत गरेको सुनकोशी प्रदेशको विरोध गर्दै सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश नामाकरण गराउन वल्लो किरात राज्य परिषदले आदिवासी जनजातिको सभासदहरु (ककस) कोलाई समेत लाविं गर्न अनुरोध गरे अनुसार ककसको आप्mनो अवधारणा पत्रमा सुनकोशी प्रदेशको सट्टा वल्लो किरात स्वायत्त प्रदेश संशोधन गर्न प्रस्तावक गरेको छ ।
उक्त अवधारणा पत्र यही भदौ १० गते मल्ल होटेल लैनचौरमा सभामुख सुवाशचन्द्र नेम्वांले लोकार्पण गर्नु भएको थियो ।भएको हुँदा पहल गरी दिन  । मुलाअतिङा मुलि नासोच
नामसोच मिनु एक रालशो नेलली एबोच मइताच समिबुपुकि
चुइँचिरेलु, थेमरेलु आ सेउ, सेवा, सेवारो, फ्याफुल्ला, टासिदेले, जोजोलपा, मिनु मोः  पान सुइसुइकलि नमस्कार ।
आँइ रागिङा ३७.२ % एबोच मइताच (आदिवासी मि ६२.३१% थेमरेलुङा एबोच मइताचमि ४४% एबोच मइताच द जचाफेचा मथिÞब मगाब्बा बाशो बा । जचा, फेचा मगाप्चा द  लोः का दुम्त । एको रागिमि गो आइँके रिमाचेमान रागिमि सामशा गेशो बा । आइँके रामशि येँ एको रिमाचेमानु खित बोइशशा पिःबा । आइँ सेँदा एकेरलान सारा दुमशा बोअÞबा । गो एको रागिङा थमा मुरु दुमतइङानाइयो रागिच दुमशा ब्लोइँने जाप्शो मबाअÞब । बुरख्लिश–शा देँचा माल्दानु गिच–चा काः हिन्दु मुल्लेमान्नेता नु उतपीडक खसबाहुनमि सइरे गो एबोच मइताचकलि मुलकोम्थि दिपशा चिपशा, मोशोला ममे ग्युअÞग्युअÞ नेअÞशो वोइश–शो नमि । गोमि मुलाइ मेको पुकिनुन राम्शि पचा मालशो बा थुँ मानुथु मानुथु यो । एको रागिङा मगारशो नु रिच्चाङा लोन एकेर बा । गो आम राइचिङा लो पाशोनु यो जातिवादि दुमसिब शेङना आँ पुकि गिश एकाल जातिबादि लोः पाम्तेमङानाइयो मुलधारङा विचारक नु नेतृत्वकर्ता दुमनिमि । एको रागि ओँदेशोन बा ।
नेपालङा अन्तरिम संविधान २०६३ मि धर्मनिरिपेक्ष नु संघीय लोकतान्त्रीक गणतन्त्र घोषणा दुम्शायो नेस्सोच जनजाति अनके ओलो मुलकेमके रिम्शोपा थुःचाउप्चा मपथु हेर्शोन ताँइसिब मुलै । आँइ रागिमि आई एल ओ महासन्धिमि ब्लेसरेस्शायो आइ एल ओ महासन्धि १६९ नु युएनड्रिपमि ब्लेसिशो नेस्सोच जनजाति पित्थङा धारा उपधारा अनकल हेँथेन हेर्चामाल्शो ताँइसिब मुलैयो । आइ एल ओ महासन्धि बिब्ब सदस्य रागि दुम्शोङामेरे महासन्धि नु नेस्सोच जनजातिअनके अधिकार सम्वन्धि संयुक्त राष्ट्रसंघआ घोषणपत्रमि ब्लेसिशो लोसि पुकि इँ रागिङा संविधानमि यो का का पा होइच्चा माल्बा देँसबाब गो नेल्लिन नेस्सोच जनजाति आँइके ।
नेस्सोचअनके मुलकेम ओलोमि हिन्दु अतिक्रमण द सैरेन बाब, मुलैयो हिन्दुकेला मदुम्थु अरु हरे रागिआन ओलो पुकिम यो हेँथे अतिक्रमण पचापशो बानिम एकोकल मुलकनन् तेअ्चा माल्शो बा । ममैहना नेस्सोच अनके  जाम्नाजाम्न लशो रिमाचेमा राराःताताःपा जाम्नेचाब्ब । एको बिषयमि यो गो नेल्ल नेस्सोच जनजातिपुकि इच्चिनान् रिम्शोपा मिम्चामाल्शो ताँइनुङ ।
सिमान्तकृत दुम्चशो नेस्सोच जनजाति अन्के लो, ओलो नु मुलकेम उप्चाखुप्चा पतेक गे कलि बिशेष व्यवस्था पचामाल्शो नाइँनु । मेमोदे जनजाति उत्थान प्रतिष्ठानकल चाब्सिबहना मन्त्रालय बनेशा शाखा कार्यालय येलेखोम लङ्गापित्थयो होइच्चामाल्शो नाइनुङ । जिल्ला नु गा.वि.स.पुकिम नेस्सोच जनजाति अनकलदे योशो बजेटइयो निश्पक्ष योसिशो मबाब एको लोमियो नेस्सोच पुकि नेल्ल गार्शा योःचमाल्शो नाइनुङ । नोलेदिमि  सुचिकृत मदुम्शो नेस्सोच जनजाति अनके रिम्शो रिमाचेमा पशा सुचिकृत पचामाल्ब देँचा आँ थुँङा लो देनादेन आँँ लो एकिन थुम्चागोता चेरेलिल बरिलिल ।
निकथुँ मुलिच (मनपारसाद सुनुवार)
बुअÞसु
कोइँच काइल रुमदेलबुमदेल
कोइँचखिँ, कोतेसोर, यालाखोम

मन्तव्य
मनप्रसाद सुनुवार
अध्यक्ष,सुनुवार सेवा समाज

१७ औ आदिवासी समारोह २०६८ का सभानायकज्यू
प्रमुख अथिति सम्माननीय प्रधममन्त्रि ज्यु
विशेष अथिति सम्माननीय सभामुख सुवासचन्द्र नेम्वाङ ज्यु
अथिति आशनमा आसिन अन्य अथिति एकिकृत नेकपा मावोबादीका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्ड ज्यु, नेपाली कांगे्रसका अध्यक्ष शुशिल कोइरालाज्यु, उपस्थित माननीय सभासद ज्युहरु, जातीय सस्थाका अध्यक्षज्युहरु पत्रकार बन्धुहरु एवं उपस्थित दाजुभाई तथा दिदीबहिनीहरु सबैमा सेउ, सेवा, सेवारो, फ्याफुल्ला, टासिदेले, जोजोलप्पा एवं यथा यथा नमस्कार ।

हाम्रो देशको कुल जनसंख्याको ३७.२ प्रतिसत आदिबासि जनजातिहरुमा पनि यहि ३७.२ प्रतिसत कुल संख्याको
६२.३१ प्रतिसत आदिवासीहरु पाहाडी क्षेत्रमा रहेको पाइन्छ । यो पाहाडी क्षेत्रमा रहेका आदिवासीको कुलसंख्याको ४४ प्रतिसत आदिवसी जनजातिहरु निरपेक्ष गरिवीको रेखामुनी गुजरा गरिआएको तथ्याङक पाइन्छ । के हिमाली के पहाडी र के मदेसी सबै आदिवासीहरु यसरी बिपन्न हुनु पछाडी राज्यसत्तामा पलेटी कसेर बसिआएका मनुबादी सोचबाट ग्रस्त गैरआदिवासी सासकहरुकै कारणले हो । आफ्नै पैत्रिक भूमिमा भूमिहीन बनेर सुकुम्वासी जीवन यापनगर्न बाध्य छन आदिबासी भूमिपुत्रहरु ।
नेपालको अन्तरिम संविधान २०६३ ले धर्मनिरिपेक्ष र संधिय लोकतान्त्रिक गणतन्त्रको व्यबस्था गरे पनि आदिवासी जनजातिको धर्म संस्कृतिको राज्यबाट हुनुपर्ने संरक्षण र संवर्धन हुन सकिरहेको देखिँदैन अझै पहिले झैं नै उपेक्षा गरेको पाइन्छ । हाम्रो देशले आइ एल ओ महासन्धिमा हस्ताक्षर गरेता पनि सन्धि मान्ने सदस्य राष्ट्र भएरै पनि युएनड्रिप तथा आइएलओ महासन्धिमा उल्लेखित सम्झौताको पालना गर्न आनाकानी भैरहेको पाइन्छ । आदिवासी जनजातिहरुको अधिकार सम्वन्धि संयुक्त राष्ट्रसङ्घको घोषणा पत्रका धारा उपधाराहरुको समेत अन्देखा गरिरहेको पाइन्छ । अतः माथी उल्लेखित आदिवासी जनजाति सम्वन्धि सन्धि संझौताहरुको सदुपयोग गर्न पाउने गरी अब बन्ने संविधानमा प्रष्ट उल्लेख हुनुपर्छ भन्ने दृढमान्यता हामी पहाडी आदिवासी जनजातिको पनि हो ।
तर, संसारमा कहीँ कतै नभएको कानुन वा विधीको शासन नेपालमा लागु हुन्छ । संसारमा कतै पनि संविधान सभाका सदस्यहरुलाई ह्विप लागु हुँदैन । तर नेपालमा लागु हुन्छ । यसैले यो ६०१ जना सभासद संलग्नता भएको आम नेपालीको संविधान सभा नभई तीन दलका नेताहरुको संविधान सभा भएको छ । अहिलेसम्मको देखीभोगी आएका यथार्थ यिनै हुन् । हामीलाई प्राप्त सूचना बमोजिम पुनः यो देशलाई विगत २४० वर्षदेखि एकल जातिय तथा धार्मिक राज्य बनाएर हलीमुहाली गरेका खसबाहुनहरुले पुनः घुमाईफिराई पुरानै संविधानलाई लालमोहर लगाउने षडयन्त्र भएको यथार्थ हामी वीच छलंङ्ग भएको छ । जनताको म्यानडेट बोकेर गएका नेताहरुले तीन ठूला दलका तीन बाहुन नेताकै सहमति, सम्झौतामा सहीछाप गराउने भए किन यत्रो नाटक गर्नु पर्दथ्यो ? हामी माझ अब प्रष्टरुपमा भावी दिनका बाटो खुला भएको महशुस हुँदै छ । संविधान चाँडो बनाउने र राष्ट्रिय अखण्डताको नाममा पुनः पुरानै संविधानलाई छाँटकाट गरेर नयाँ संविधान आयो भने अर्को आन्दोलनको लागि पनि तयार हुनु पर्ने छ ।
आदिवासी जनजातिहरुको भाषा, धर्म र संस्कृतिमा बर्षौ पहिलेदेखि भइआएको हिन्दु अतिक्रमण एकातिर छदैछ अब त्यो अतिक्रमणमाथी पनि थप बिदेशी धर्म संस्कृतिको पनि अतिक्रमण थपिन थालिएको पाइन्छ । यसरी आदिवासी जनजातिको धर्म संस्कृतिमा हुनेगरेको अतिक्रमण समयमै रोकिएन भने नेपालबाटै आदिवासी धर्म संस्कृतिको पूर्णरुपेण लोपहुने खतरा टट्कारो देखिन्छ ।
वल्लो किरात सुनकोसी देखि दुधकोसी सम्मका विभिन्न किरात समुदायहरु मध्य सुनकोसीपारी लिकु, खिम्ति वारीपारी बसोबास गर्ने कोँइच (सुनुवार) एक किरात जाति हुन । साविक राज्यको एकल भाषा एकल धर्मको लिसोपासोमा परी उपेक्षित बनेका आदिवसी जनजातिहरु झैं नै कोँइच (सुनुवार)हरु पनि राज्यबाट उपेक्षित, जबर्जस्ती हिन्दुकरणमा पारिएको एक आदिवासी जनजाति हो । यस्तो संक्रमणकालिन अवस्थाबाट गुज्रदा पनि आफ्नो किरात धर्म र कोँइच भाषा बचाई आफ्नो पहिचान जोगाई आएका एक आदिवासी जनजाति हो कोँइच (सुनुवार) । बि.सं. १८१० सम्म पूर्व मैंयु (पैंयु) डाडा, पश्चिम काटाकुटी भञ्ज्याङ, उत्तर हिमाल, दक्षिण महाभारत यति चारकिल्ला भित्रको १२ किपट १६ थुमका भूमिपुत्र कोँइचहरु आज राज्यको कोल्टे व्यवहारका कारण आफ्नै किपट भूमिमा भूमिहीन भएर उत्पीडनमा परिरहेका छन् । र, हामी वल्लो किरातका १० किरातीहरुले सामुहिक रुपमा हाम्रो एतिहासिक र जातिय पहिचानको लागि वल्लो किरात स्वायत्त प्रदेश दाबी गरेका छौं । यस सम्बन्धी कतैबाट सुनुवाई र मान्यता दिने काममा कञ्जुसाई भइरहेको छ ।
शिमान्तकृत आदिवासी जनजातिहरुको भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि उचित पहल अवलम्व गरिनु अतिआवश्यक देखिन्छ । अतः आदिबासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई छुट्टै मन्त्रालयको रुपमा स्थापनागरी अरु सकृय बनाई उपत्यका बाहिरपनि शाखा कार्यलयहरुको बिस्तार गरी बिकेन्द्रिकृत गरिन आवश्यक देखिन्छ । जि. बि. स र गा.वि.स.हरुमा छुटाइने आदिवासी जनजाति सम्वन्धि बजेटको पनि राजनितिक भागबण्डा गरी सही सदुपयोग भएको नदेखिदा हामी आदिबासी जनजातिहरु सवै मिलेर यसको उचित सदुपयोग गर्ने गराउने तर्फ पहलहुन आवश्य ठान्दछु । अन्तमा सुचिकृतहुन बाँकि आदिवासी जनजातिहरुको उचित पहिचान गरी सुचिकृत होस भन्दै आफ्नो मनतव्य यही टुंगाउछु ।
धन्यबाद ।

मनप्रसाद सुनुवार
अध्यक्ष
सुनुवार सेवा समाज, केन्द्रिय समिति ।

Share

Leave a Reply

Your email address will not be published.