वल्लो किरात संघीय राज्य परिषदको प्रथम वार्षिकोत्सव

यलाखोम, २०६७
आज सुनुवार सेवा समाजको भवन, कोटेश्वरमा वल्लो किरात संघीय राज्य परिषदको प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा संघीय राज्यमा वल्लो किरात एक दिवासीय अन्तरक्रिया कार्यक्रम सुसम्पन्न भयो । सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले वल्लो किरात स्वायत्त प्रदेश स्थापनाको लागि सधै साथ दिइरहने र यो वल्लो किरात पहिचान र आर्थिक समाथ्र्यता समेत भएको विचार राख्नु भयो । सभासद दालकुमारी सुनुवार, सभासद शान्ति जिरेल, ले. मानबहादुर सुनुवार, सुसेस अध्यक्ष टंकराम सुुनुवार, किरात खालिङ उत्थान संघका विसन खालिङले संघीयताको नाममा अन्य बिभिन्न संघीयबादी संस्थाहरुले अतीक्रमण गर्न सक्ने हुनाले वल्लो किरात संघीय राज्यको अस्तीत्व नै संकटमा पर्न सक्ने बिचार राख्नु भयो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *