वल्लो किरातका किरातीहरुले आन्दोलन गर्ने

समाचारदाता
काठमाडौं, साउन १५ । ‘कुनै पनि पार्टीले जातीय तथा क्षेत्रीय स्वायत्त राज्य दिन चाहदैनन् । न त हाम्रा बाहुनवादी आदिवासी नेता नै त्यस पक्षमा छन् । अहिलेको प्रधानमन्त्री चुनाव त्यसैको प्रतिफल हो । कंग्रेस संघीयतामा जानै चाहँदैन । एमालेले संघीयताका लागि बोल्न दाँतबाट पसिना निकाल्छ । त्यै एउटा माओवादी हो जातिय र क्षेत्रीय स्वायत्तको कुरा उठाउने । उसलाई पनि जातीय र क्षेत्रीय स्वायत्तता दिने मुद्दा छाड्नु पर्ने सर्तमा दुई पार्टीले असहयोग गरिरहेका छन् । बाहिर जेसुकै भने पनि भित्री गाँठी कुरा यही हो ।’ वल्लो किरात संघीय राज्य परिषदको विधानमाथि छलफल गर्दै बाहिङ मुलुखिमका महासचिब धिरेन खाटलीले अगाडि भन्नु भयो ‘अब हामी वल्लो किरातको किरातीहरु सशक्तरुपमा आन्दोलनमा जानु पर्ने भएको छ । ऐतिहासिक पहिचानको आधारमा वल्लो किरात स्वायत्त प्रदेशको प्राप्ति नभएसम्म यो आन्दोलन जारी राख्नु पर्दछ ।’
वल्लो किरातका आदिवासी किरात कोइँच (सुनुवार), सुरेल, जिरेल, हायु, थामी, बाहिङ, खालिङ, जेरो, वाम्बुले, नाछिरीङ, थुलुङहरुले क्षेत्रीय राजनीतिक पार्टी वल्लो किरात संघीय राज्य परिषद स्थापना गर्ने सहमति जनाउँदै सुनुवार सेवा समाजको भवन कोटेश्वरमा वृहत भेलाको आयोजना गरिएको थियो । सो भेलालाई सम्बोधन गर्दै परिषदका अध्यक्ष मनप्रसाद सुनुवारले राजनीतिक आन्दोलनको रुपमा अगाडि बढ्नु पर्ने वाध्येत वारे प्रष्ट पार्नु भयो, ‘शान्ति मन्त्री रकम चेमजोङले आदिवासी जनजातिको शान्तिपूर्ण जातिय तथा क्षेत्रीय स्वायत्त प्रदेशको माग प्रति लक्षित गर्दै राजनीतिक गतिविधि वाहेका अन्य आन्दोलन, गतिविधिलाई कडा कारवाही गर्ने भनेको हुँदा हाम्रो आन्दोलनलाई राजनीतिक रङ्ग दिन वाध्ये हुनु परेको हो । यदि सामाजिक रुपमा मात्र हामीले जातीय क्षेत्रीय स्वायत्तको कुरा उठायौं भने सरकारले पुन राणा तथा पञ्चायतकालीनको निरंकुश तानाशाही शासनले जस्तै दमन गर्ने भएको हुँदा राजनीतिक रुपमा अब संगठित हुनु परेको छ ।’

Click here to download वल्लो किरातको बिधान

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *