लुम्दे लगायत सन्सारभरी शाँदार पिदार सम्पन्न ।

– सुनुवार डट ओआरजि समाचारदाता
२० मंसिर । विश्व मानव समुदायको कल्याणार्थ धुमधामसँग परम्परागतरुपमा पोइँब, नाअसोहरुले प्रकृति र पित्री पूजा गर्दै रापवा शाँदार पिदार सम्पन्न भएको छ । एक जमनामा कोइँचभूमिभित्र मात्र शाँदार पिदार सिमित थियो । अहिले नेपालमा मात्र होइन विश्वभरि शाँदार पिदार विचरणमा छ । आज लुम्देमा सुनुवार सेवा समाज इलम-पाँचथर सर्म्पर्क समितिका अध्यक्ष बुद्ध सुनुवारको आयोजनामा भव्यरुपमा रापवा शाँदार पिदार सम्पन्न भयो । त्यस्तै गरी काठमाडौं, कतार, हङकङ, बेलायतमा शाँदार पिदार सम्पन्न भएको छ ।
जब २०५८ सालमा किरात चाड शाँदार पिदार, चासोक तङनम, चोसुवा, उँधौलीले राष्ट्रिय चाडको मान्यता पायो, सँग सँगै किरात चाड मनाउने परम्परा विश्वव्यापी हुँदै गयो । आदिवासी जनजाति कोइँच, र्राई, लिम्बु, याक्खाहरुले आफ्नो परम्परा, भाषा, धर्म, कला, संस्कृति संरक्षण सर्म्बर्द्धन गर्न निरन्तर लागि परेको छन् । किराती भाषा, धर्म, कला, संस्कृति जोगाउनकै लागि विभिन्न किरातजन्य संघसंस्था पनि थपिएका छन् । तर पुख्र्यौली थाँतथलोमा किरात चाड मनाउने खाँटी परम्परा भने लोप हुँदै गइरहेको छ । समयको परिवर्तनसँगै आधुनिकीकरण हुँदै गएको छ ।
यसको मूल कारण भने गोर्खा साम्राज्यको विस्तारसँगै १८६२ देखि कोइँचको किपट हरण गरी भूमि माथिको सामुहिक अधिकार खोसिए पछि कोइँच गाउँको परम्परागत संस्कार-संस्कृति खुम्चिँदै जानेक्रममा झन् १८८२ सालमा जबर्जस्ती हिन्दू धर्म लादिएको हुँदा आदिवासी जनजाति कोइँचहरुले लोपोन्मुख अवस्थामा गुज्रनु परेको हो । भूमि सुधार ऐन २०१३, परिच्छेद २२ धारा ३ क मा किपट सम्बन्धी व्यवस्थामा १) किपट जग्गामा रैकर सरह फार्छर्ेेाजिनामा गर्न सकिनेछ, २) किपट जग्गामा रैकर सरह मालपोत ठेकिनेछ भन्ने व्यवस्था गरेपछि हिन्दू धर्मको पर््रवर्द्धन कोइँच भूमि भयो र आफ्नै धर्म, कला-संस्कृति प्रति व्यवास्ता बढ्यो ।
ता पनि वर्षा दर्ुइ पटक शाँदार पिदार मानिदै आएको छ । अहिले शाँदार पिदारले विश्वव्यापी यात्रा गरिरहेको अवस्थामा धेरै संस्कृत्रि्रेमीहरुका लागि भने शाँदार पिदार भनेको के हो – किन मान्ने – कसरी मान्ने – कति दिन मान्ने – अनेक कौतुहल भने जागीरहेको छ तर मर्ूतरुप लिन सकेको छैन ।
पर्ूर्वी नेपाल, कोइँच भूमि ओखलढुंगा, सोलु, रामेछाप, सिन्धुली, दोलखा, उदयपुर जिल्ला वरीपरि छरिएर रहेका कोइँचहरुले हर्र्सोल्लास र उल्लासमय रुपमा मान्ने शाँदार पिदारको ऐतिहासिक थाँतथलो हो वल्लो किरात भूमि ।
आफ्नै बलबुताले परम्परागत् आदिवासी जनजाति धर्म-संस्कृति जेनतेन जोगाइ राखेका कोइँचहरु पनि र्राई लिम्बु, याक्खा जस्तै किरात चाड मान्न महिना दिन अगाडिदेखि शाँदार पिदारको विशेष तयारीमा जुट्छन् ।
शाँदार पिदारको अघिल्लो दिन दुमो गुइँ गुइँ, गुदुल्मा-बुप्थेलको सिँगारपटारको साथसाथै सेसेञ्जरि फु, होल्फा-गिल्फा, फोअÞका संकलन गरिन्छ । शाँदार पिदारको अघिल्लो रात ; सागुन, कास पिदार गरी दुसुर अर्थात् महामारी रोगव्याधि फाल्न र शाँदार देयि जगाउन कोइँचहरु नाअÞसोको घरमा जम्मा भएका हुन्छन् ।
सबै कोइँच गाउँमा बेलुकी नाअÞसो घरमा सागुन, कास गरेर फर्के पछि चफोनिफोहरु सबैको घर घरमा पोँद खामे, चिरो तयार गरिन्छ । ङोल बनाइन्छ । बली दिने पशुपंक्षीलाई पानीपाति गरिन्छ । धुपदुवार गरिन्छ । र, खाना खाएर ङोल, सोली बोकेर ढोलझयाम्टा बजाउँदै नाच्दै शाँदार ग्योरको बाटो लागिन्छ ।
शाँदार पिदार आदिवासी जनजाति कोइँचहरुको धेरै चाडहरु मध्ये अति व्यवस्थित चाड हो । यसैले आ-आप\mनो मर्यादाक्रममा सबैभन्दा अगाडि ङोल, त्यसपछाडि तोःलो अनि दुमोदुमोचहरुसहित हातमा दुनशेर लिइ ठाउँ ठाउँमा देयिलोकिहरुलाई चढाउँदै शाँदार ग्योर जाने गरिन्छ । ग्योर जाँदा लगिने ङोल कोइँच गाउँ अनुसार फरक फरक भए पनि खिँचीको ङोलमा भने रातोसेतो ख्येदार मात्र होइन ख्याँगु पिदारमा जस्तै बोकिपातको क्याःता पनि झुण्डाइन्छ ।
मुइँलि दुमो सबैभन्दा अगाडि शाँदार ग्योर पुग्नु पर्दछ । त्यसपछि सुरी दुमो, सुरोम दुमो, बादेम दुमो, राब दुमो, वाअÞशि दुमो, लाल लाँको मेसेल-मि, शेन-मा दुमो शाँदार ग्योरमा प्रवेश गर्छ । अन्तिममा शाँदार ग्योर परिसरमा महिलाको प्रतिनिधि दुमा मुइलि दुमोको प्रवेश हुन्छ । दुमा दुमोचलाई देखेपछि जत-ना दुमोचहरुको तडकभडक, चुरीफुरी, अर्थात् फूर्ति बढो रोचक लाग्दछ । दुमा दुमोचहरु नखरा देखाउँदै फर्किन खोज्छन् । अन्ततः जत्ना दुमोले दुमा दुमोलाई पकाएर शाँदार ग्योरमा भित्र्‍याउनु पर्दछ । यसरी जात्ना र दुमा दुमो भेट हुँदा सबै श्रद्धालु भक्तजनले फुल अक्षेता चर्ढाई पूजा-आराधना, मान सम्मान गर्दछन् । दुमोचहरुले पनि एकार्काको दुमोमा फूल अक्षेत चढाइ ढोकाढोक गर्ने गर्दछन् । जात्ना र दुमा दुमो एकापसमा भेट हुँदा भक्तजनहरुले चढाएको फूल अक्षेताले जात्ना र दुमा दुमो दुबैलाई लागे चिताएको कुरा अर्थात् भक्तजनको मनोइच्छा पुरा हुने जनविश्वास रहि आएको छ । आदिवासी जनजाति कोइँचहरुको महान् चाड शाँदार पिदारको आत्म नै दुमो हो । यसैले कोइँचहरु शाँदार सिलमा शारीरिक चाल, गीतको सूर लय भन्दा पनि दुमोको ताललाई महत्व दिने गर्दाछन् । कोइँच अग्रजहरु दुमोको ताल सुन्ने विक्तिकै दुमोचहरु कहाँ के गर्दै छन् – भन्ने कुरा नहेरी नदेखी भन्न सक्दछन् ।
सबै दुमो शाँदार ग्योरमा प्रवेश गरेपछि पार्मो पिदार, शेन्मा पिदार, वाअशि पिदार, हामतिम पिदारसँगै विभिन्न पशुपंक्षीको बली दिने क्रम जारी हुन्छ । अन्य गाउँको शाँदार पिदारमा अघिल्लो राति नै बुल्फे पिदार गरी गुथि पशु राम्बा दोतेक काम शुरु गरे पनि खिँचीमा भने बली दिने गुथि पशु शाँदार ग्योरमै दोथाइन्छ ।
विभिन्न देवदेवी तथा पर्ूखाको पूजा आराधना गर्दै विश्व मानव कल्याणको कामना मुख्या लक्ष्य रहेको कोइँचहरुको महान चाड शाँदार पिदारमा बाली -सुरोम) पिदार, हुग्रो थुनेर मृत मानिसको आत्मलाई कुविचार, भूत, पिशाचबाट छुटाउने बुल्नु पिदार, एकोपेको पिदार, भेडा बली दिई गरिने आमारसाही डामारसाही शेन्मा पिदार खिँचि शाँदार ग्योरमा मात्र गरिन्छ ।
शाँदार पिदार मात्र साँस्कृतिक क्रियाकलाप मात्र होइन यसले समाजमा भाइचारा र अपासी सद्भावको केन्द्रविन्दू पनि हो । यो चाड कोइँचले आयोजना गरे पनि आम मानव समुदायकोको साझा चाड हो । अन्य जातजातिको साँस्कृतिक चाड पर्वमा जस्तो भेदभाव शाँदार ग्योरमा गरेको पाइँदैन । सुख, शान्ति, समृद्धि, सदभावको लागि सबै चाफोनिफो मिलेर पिदार गरिसकेपछि शाँदार ग्योरमा नाअÞसोको हातबाट साहा लिने टिका थाप्ने चलन रहेको छ ।
शाँदार ग्योरमा पिदार गरि सकेपछि घर घर पुगेर सुरो पुर्‍याउने जिम्मा नाअÞसोको हुन्छ । तर हिजोआज नाअÞसो, पोइँबो, ग्याँमिको उपस्थितिको कमी महशूस गर्न सकिन्छ । नयाँ नाअÞसो बन्न कोइँच युवाहरु अनिच्छुक देखिन्छन् भने पुराना नाअÞसोहरु बुढा भएर गाउँ घुम्ना सकीरहेका छैनन् । साथै राजनीतिक तथा धार्मिक विचलनको कारण आदिवासी जनजाति कोइँचमा नाअÞसोहरुको सामाजिक आर्थिक संरक्षण अझसम्म हुना सकेको छैन ।
एकापसमा राग, द्वैश, वैमनस्यता, कलह नहोस् भनी अझै पनि कोइँचहरु घर घरमा उपद्रो गर्दै शाँदार नाच्दै घुमे पनि केही भन्दैनन् । सबैले रमाइलो नै अनुभूत गर्छन् । यसैले ख्यालख्यालमै चार इन्च उखान चरितार्थ भएको हुन सक्छ । तर यस्तो रमाइलो, परम्परा, चलन र संस्कृतिलाई गोर्खा राज्यले अन्य राज्यहरुलाई आफ्नो उपनिवेश बनाउँदा वल्लो किरातलाई पनि राज्य मात्र होइन सामाजिक, सांस्कृतिक तथा भाषिक सम्मिलन गर्‍यो ।
बहुल जाति, भाषा, धर्मको जति सुकै ठूलो ढोङ फुके पनि व्यवहारिक रुपमा एकल भाषिक, धार्मिक, साँस्कृतिक तथा एकल जातीय राष्ट्र नेपालमा आदिवासी जनजाति कोइँचहरुले दर्ुइ शताव्दि पर्ूवदेखि आप\mनो विशुद्ध आदिवासी संस्कार संस्कृति मान्नबाट विमुख हुनुपरेका थिए र छन् । किरात धर्मको लागि कुनै साथ सहयोग नभए पनि हिन्दु धर्मको लागि भने वाषिर्करुपमा राज्यको कोषबाट करोडौं बजेट विनियोजन हुँदै आएको छ । दिन दिनै किरात धर्म-संस्कृतिका संरक्षक नाअÞसो, पोइँबो, ग्याँमि लोपोन्मुख अबस्थामा छन् । यसरी किरात कोइँचहरुको परम्परागत धर्म-संस्कृति विस्तारै लोपोन्मुख हुनुमा को कति दोषी हुन् त –
समय बद्लीरहेको छ । तर हाम्रो सोचाइ जाहीँको ताहीँ छ । अझै पनि हाम्रो दास मन मस्तिष्कबाट मुक्ति पाउन सकीरहेको छैनौं । हामी आधुनिक हुने क्रममा हाम्रो संस्कार-संस्कृतिलाई संशोधन गरीरहेका छौं । आफूलाई आदिवासी जनजाति भन्दै छौं तर हाम्रो संस्कार संस्कृति अन्य धर्म-संस्कृतिसँग सम्मिलन गर्न खोजी रहेको छौं । नौ वर्षपछाडि पुनःजीवन प्राप्त खिँची शाँदार पिदारले पनि हामी यस्तै यस्तै संकेतको सू-सुचित गरीरहेको आभास मिल्दछ । के हामीले आउँदो पुस्तालाई कुमारी संस्कार-संस्कृति अर्थात् खाँटी आदिवासी जनजाति कोइँच संस्कार संस्कृति हस्तान्तरण गरीरहेका छौं त –

Share

Leave a Reply

Your email address will not be published.