लिखु सम्पदा जोगाउन एक बनौं

–ज्यो. केशवप्रसाद पौडेल

अब अघि बढौं हामी
सदैव अघि बड्नुछ ।।
खिँचिकाःत उठाउन
संघर्ष गर्नु पर्दछ ।।

फूटेर हैन जूटेर
पौरख गर्नु पर्दछ ।।
मातृभूमी बच्छ भने
हामीले मर्नु पर्दछ ।।

तोःशिपाँ, फोत, सेला–पुँ
बचाउन उठौं अब ।।
च्यासली, दिगार्पुँ, दिःशि
अनि मान्दछ गौरव ।।

दारेगौंडा, झोलङ्गेले
हाम्रो नै आशा गर्दछ ।।
युवा जुटेर आमाको
संकट टार्नु पर्दछ ।।

पिपल्डाँडा, सिमलडाँडा
टुस्के डाँडाहरू अब ।।
सचेत चेत बनेर उठ्दा
मान्दछ देश गौरव ।।

कोइराले, धुसिनी, काःत
पेलु, चर्नालु औ सब ।।
बाँस्बोटे जुरुक्क उठून
मान्दछ देश गौरव ।।

खिजीदेम्बा, काःत
जुरुक्क उठ्नु पर्दछ ।।
हामीले आमाको आँसु
अहिल्यै पुछ्नु पर्दछ ।।

खाल्टोमा लिखु हाल्दा
उचाइ बड्दैन अब ।।
भाइ मारेर दाइको
कहिल्यै हुन्न गौरव ।।

रावादोलु यही भन्छ
मानिस बन्नु पर्दछ ।।
मानवीय हिन मान्छे
अकालै मर्नु पर्दछ ।।

गोफा, साब्ला, बुक्तेल
ढुँगे, रावाहरु सब ।।
सिङ्गै गाउँ बनौं एक
अनि पो बठ्छ गौरव ।।

–काःत पित्थीखिँ, खिजीदेम्बा ४, ओखलढुङ्गा

टिप्पणी

  • काःत गाउँ लाई आजकाल पिपल्डाँडा भन्ने गरिन्छ ।
    कलल डाँडा अहिले सिमलडाँडा भएको छ ।
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *