ललितपुरमा शाँदार बुल्फे सम्पन्न

DSC0 2222चुप्लु दमलोच । सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले आज साँझ सुनुवारहरुको परम्परागत शाँदारपिदारको बुल्फे कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा ललितपुर, भक्तपुर तथा काठमाडौंमा बसोबास गर्ने सुनुवारहरुको उपस्थिति रहेको थियो । साँझ ६ः१५ बजे नाःसो कान्छाराम सिकारीले शाङ पिदार गरी शुरु गरिएको पिदारमा पुख्र्यौली थलोको प्लेत्ति (प्रिती) मा गर्ने गरिएको बुल्फे विगत केही वर्षदेखि सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले पनि सुरु गरेको थियो । भोलि ८ः३० बजे हात्तिवन शाँदारग्योरमा पुगेर पूजाआजा गरी ११ः३० बजे नखिपोट खेल मैदानमा नाच्ने कार्यक्रम रहेको नखिपोटमा सम्पन्न भएपश्चात आउने शनिबार टुँडिखेलमा नाचिने कुरा जिल्ला समितिका सचिवले बताउनुभयो ।
यस वर्षको शाँदार पिदार देशका विभिन्न ठाउँ इलाम, झापा, पाँचथर, सुनसरी, सर्लाही, सिन्धुली, काठमाडौं, काठमाडौंकै लप्सीफेदी, ओखलढुंगाको खिँचि चण्डेश्वरी र रामेछापको प्लेत्ति (प्रिती), भुजी र बेतालीमा धेरै वर्षपछि शाँदार गरिने जानकारी प्राप्त भएको छ । यसैगरी विदेशमा युके, कतार र हङकङमा भव्य रुपले मनाउने जानकारी प्राप्त भएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *