राज्य यथास्थितिवादी सोँचबाट मुक्त हुन सकिरहेको छैन

नविन सुब्बा, इन्डिजिनिअस फिल्म अर्काइभ (आइफा) का अध्यक्ष, नेपाली चलचित्रवृतमा फरक सोंच बोकेका एक योद्ध हुन् जसका विचारले धेरै आदिवासी चलचित्रकर्मीलाई पहिचानको लडाइमा डोराएको छ, भनीरहँदा तागेरा निङमाफुमाको अगाडि सृष्टिको बखान गरे जस्तै हुने छ । मुक्दुमका सलाक (ऋचा) हरु नाअ्सोलाई जस्तै गरी उनलाई नआउन सक्छ । तर रामायाण, महाभारत, बाइबाल, कुरान, त्रिपिटक भन्दा बढी उनी मुक्दुमलाई नै सुम्सुमाउन सक्छन् । हो, यही अनुभूतिले उनलाई सधैं नयाँ काम गर्ने जाँगर दिँदो हो । र त, सधै जोस जाँगर छ उनमा, ‘केही परम्परावादी सोंचले ग्रस्त चलचित्रकर्मीहरुलाई मेरो सम्बन्धमा राजनीतिकर्म बढी र चलचित्रकर्म कम लाग्ला । हिजोकै जस्तो एक भाषा, संस्कृतिलाई प्रवद्र्धन हुने किसिमको चलचित्रहरु बनिनु हुँदैन । चलचित्रकर्मी पनि सामाजिक, राजनीतिक रुपले सचेत हुनुपर्छ । चलचित्रले पनि बहुभाषी, बहुजाति, बहुसंस्कृति भएको नेपाली समतामूलक समाजको चित्रण गर्नु पर्छ भन्नु अस्वभाविक हुन्छ जस्तो लाग्दैन । यस अभियानलाई कसै न कसैले त जिम्मेवारी लिनु नै पर्ने हुन्छ । त्यही जिम्मेवारी मात्र वहन गरेको हुँ । ’
विश्वका आदिवासीहरुको जल्दाबल्दा मुद्दाहरुसँग नेपाली आदिवासीहरुको मुद्दालाई दाँजेर वैचारिक कसी लगाउने उनको योजना सफलताको खुड्किला उक्लिँदै छन् ।
आइफा स्थापनापछि आफुले सोचे जस्तै विचार बोकेका चलचित्रकर्मी बनाउने अभियानको यो क्रममा आइपुग्दा पछिल्लो समय आदिवासीकै भूमि मै गएर चलचित्र निर्माण गर्ने शर्तमा केही चलचित्रकर्मीलाई प्रशिक्षण दियो आइफाले । फलस्वरुप अहिले आप्mनै लगानीमा काठमाडौंका नेवारहरुको परम्परागत कानून, सर्दु जलाधार आयोजना सुनसरीले आदिवासी जनजातिको भूमि अधिकारणले पारेका असर र पुनस्र्थापना, पस्चिमका क्षेत्रका आदिवासी थरुमा अभैm जीवित रहेको परम्परागत संस्था ख्याला र सरकारको नीति वीचको विरोधाभास स्थिति, राप्ती नदीमा आदिवासी जनजाति बोटेको माछा मार्ने परम्परागत पेशा कसरी गुम्यो र कोइँच (सुनुवार) हरुको भूमिको प्राकृतिक स्रोत साधन कसरी उनीहरुलाई जानकारी नदिई विना सहमति लिखु नदीमा जलविद्युत परियोजना बहुराष्टिरिय कम्पनीलाई सरकारले बेच्यो भन्ने विषयमा वृतत्तित्र बनाउँदै छ आइफाले ।
लिखु ४ जलविद्युत परियोजनाले आफु माथि विभेद गरिरहेको आवाज कोइँचहरुले उठाइरहेको बेला लिखु ४ जलविद्युत परियोजनाको वरिपरि रहेर बनिनेको वृत्तचित्रबारे durdaa.comSunuwar.org लागि पामबहादुर सुनुवार (सुरज) र कोइँचबु काःतिच (उत्तम) ले फरक धारका चलचित्रकर्मी सुब्बासँग उहाँकै संस्था आइफामा बसेर गरेको छोटो कुराकानी :

लिखुलाई नै किन वृत्तचित्रको विषयवस्तु छन्नु भयो ?
हुन त आदिवासी र जलविद्युतसँग सम्बन्धित अरु पनि धेरै मुद्दाहरु छन् । तर हामीले खोजेको जस्तो मुद्दा बोकेको जल्दोबल्दो विषयवस्तु लिखुकै लाग्यो । फेरि हामी आपैंmले विषयवस्तु खोजेर फिल्म बनाउने पनि होइन । आइफाले त वाच डगको काम मात्र गर्ने हो । कारण के हो भने आदिवासी जनजातिको कुरालाई फिल्म मार्पmत कसरी राष्टिरिया अन्तराष्टिरिया रुपमा उठाउन सकिन्छ भनेर विभिन्न आदिवासी समुदायबाट छनौट गरी ग्रास रुट फिल्म मेकिङ टेरेनिङ आयोजना गरेका थियौं । रामेछाप र ओखलढुंगाबाट सहभागी अमृत सुनुवार र चन्द्र वाम्बुलेले लिखुको मुद्दालाई विषयवस्तुको रुपमा लिएर आउनु भयो । विषयवस्तुको घटनाक्रमलाई गहिरीएर हेरिउँ । परियोजना सञ्चालकले परियोजनास्थलका आदिवासी कोइँचहरुले आप्mनो हकाधिकारको बारेमा आवाज उठाउँदा उठाउँदै पनि उनीहरुको मागलाई वेवस्त गर्नु, सूचना लुकाउनु, स्वतन्त्र पूर्व जानकारी सहितको मञ्जुरी नलिई काम अगाडि बढाउनु, उनीहरुको सहभागिता विना नै सार्वजानिक सुनुवाइ गरिनु, सरकार ती आदिवासी प्रति उदासीन रहनुले आदिवासी जनजातिको अधिकार गम्भीर रुपमा हनन् भएको छ भन्ने लाग्यो । यस विषयमा वृतचित्र बनिनु उचित ठान्यो र लिखु वृत्तचित्रको लागि छानियो ।

लिखु माथि वृत्तचित्र बनाउनुको उद्देश्य चाहिँ के हो ?
राज्य अभैm यथास्थितिवादी सोँचबाट मुक्त हुन सकिरहेको छैन । कोइँचहरुको अधिकार हनन् भईरहेको छ । लिखु परियोजनाले सिधै कोइँचको सामाजिक, साँस्कृतिक, आर्थिक पक्षलाई असर पार्ने देखियो । र पनि सराकार र कम्पनी मौन देखिएको पाइन्छ । यसैले हाम्रो उद्देश्य यस्ता धेरै मुद्दाहरुलाई फिल्म मार्पmत सबै सामु पस्केर जनताहरुलाई सचेत गराउँदै सिधै राज्यको नीति निर्माणमा परिवर्तन गर्नको लागि दबाव सिर्जना गर्नु हो । आदिवासी जनजातिको मुद्दालाई संविधान सभा मार्पmत संविधानमा सम्बोधान गराउनु हो । यसो भयो भने लिकुका आदिवासी कोइँचले मात्र होइन आम नेपालका आदिवासी जनजातिले न्याय पाउने छन् ।

तपाईहरुको उद्देश्य वृहत् देखिन्छ के तपाईहरुले चाहे जस्तो नतिजाहरु आउला त ?

हामी हचुवामा कुनै स्थान वा परियोजनाको परिचय दिने विवरात्मक वृत्तचित्र बनाउन गइरहेका छैनौं । म आपैंm संलग्न भएर आवश्यक अध्ययन र स्रोत व्यक्तिहरु जुटाइ दिने काम गरिरहेको छु । प्रत्यक्षरुपमा मेरो निगारानीमा लिखु लगायत अन्य चार वृत्तचित्रको लागि अनुसन्धान भइरहेको छ । सबै क्षेत्रका विषयविज्ञहरुसँग भेटघाट गर्ने क्रम जारी छ । यो वृत्तचित्र राज्य र परियोजना सञ्चालक कम्पनीले आदिवासीका अधिकार कसरी हनन् गरिरहेको छ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर बनिने भएको हुँदा आदिवासीका सबै मुद्दाहरुलाई वृत्तचित्रमा समेटिने छ । अमृत जी लागी पर्नु भएको छ । चाहिने जति अध्ययन अनुसन्धान गरेका छौं । यसैले सोचे जस्तो परिणाम आउँछ भन्ने कुरामा ढुक्क छौं ।

तपाईको भनाईमा त यो धेरै लगानी हुने वृत्तचित्र जस्तो लाग्छ, कसरी लगानी जुटाउनु भएको छ ?
निश्चय पनि लगानी त हुन्छ नै । अहिले अलिकति आइ एल ओले सहयोग गरेको छ र बाँकी हामी आपैंm आन्तरिकरुपमा संस्थाले लगानी गर्ने छौं । हाम्रो आप्mनै क्यामरा छ, सम्पादन कक्ष छ । यसैले कसरी लगानीलाई मितव्ययी बनाउने भन्नेतिर सोचीरहेका छौं ।

तपाईहरुले भने जस्तै सोचे जस्तै वृत्तचित्रको लागि सजिलै सूचना पाउन सक्नु होला त ?
पक्कै पनि अरुको अधिनमा रहेको सूचनाहरुलाई सजिलै हात पार्न सकिँदैन । नेपालको सन्दर्भमा सूचना लुकाउने रोग त पुरानै हुँदै हो । जसको हातमा शक्ति र सत्त छ उ सधैं निरंकुश र तानासाही त रहन्छ नै । सकेसम्म केही पनि अरुलाई दिन चाहँदैन । त्यसो भन्दैमा आप्mनो हक अधिकारलाई छाडीदिने कुरा पनि भएन । सूचना प्राप्त गर्ने विभिन्न आधारहरु छन् । हामी ती सबै सूत्रहरु प्रयोग गर्ने छौं । जसरी पनि आप्mनो अधिकार स्थापित गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । हामीलाई चाहिएको सूचना संकलन गर्न सक्नेछौं ।

वृत्तचित्र बनाएपछिको योजनाहरु के के छन् त ?

हामीले यो वृत्तचित्र बनाएपछि एक दिने फिल्म फेस्टिभल गरेर वृत्तचित्र सार्वजानिक गर्ने योजनामा छौं । साथै आदिवासीका नौ चलचित्रकर्मी संस्था मार्पmत गाउँ गाउँ, जिल्ला जिल्लामा पनि वृत्तचित्र देखाउने छौं । त्यसैगरी केवल टि.भीहरुलाई पनि उपयोग गर्ने छौं । अन्तराष्टिरियस्तरमा पनि जाने छौं । जस्ले गर्दा आदिवासीहरु आप्mनो हकाधिकारप्रति जागरुक हुनेछन् । हाम्रो आवाज जताततै उठ्ने छ ।

तपाईले लिकु सम्बन्धि वृत्तचित्र बन्ने कुरा त पहिलादेखि नै भन्दै आउनु भएको हो । अभैm पनि बनेको छैन । बन्ने नै चाहिँ कहिले हो ?

हामी त्यसै बसेका छैनौं । वृत्रचित्र जस्तो कुरा धेरै अध्ययन गर्नु पर्ने हुन्छ । केही फुटेजहरु खिचीसकेका छौं । केही प्रभावित क्षेत्रका जनजीवनको कुरा, विषयविज्ञ, र प्रभावित क्षेत्रका व्यक्तिहरुको भनाइहरु समेट्न बाँकी छन् । यी सबै कुरा अबको दुई महिनाभित्र पूरा गर्नेछौं ।

अन्तमा यसरी कोइँच (सुनुवार) को मुद्दालाई फिल्ममा उतार्दै हुनु हुन्छ ? कोइँचहरुको तर्पmबाट र संस्थाबाट के अपेक्षा राख्नु हुन्छ ?
हामी तपाईहरुको मुद्दालाई चलचित्रकरण गर्दै सबै सामु सार्वजानिक गर्दै छौं । अवश्य पनि हाम्रा साथीहरुलाई माया गरेर साथसहयोग गरिदिनु हुन्छ होला भन्ने आसा छ । किनभने आइफाले गरेको फिल्म फेस्टिभलमा शुरुदेखि सुनुवार सेवा समाजले सहायोग गर्दै आएको छ । अहिले पनि गर्छ भन्ने पुरापुरी विश्वास छ ।[ad][ad]

Share

One Comment to राज्य यथास्थितिवादी सोँचबाट मुक्त हुन सकिरहेको छैन

  1. suke -naash says:

    चलचित्र परिबर्तन को एउटा सम्वाहक पनि हो । यथास्थितिवाद त नेपालि परिवेश को एउटा चिर-परिचित अङ्ग नै भैसक्यो । देशको यो विकराल स्थितिमा सबै ले आफ्नो स्वार्थ लाइ आगडि प्राथमिकता दिइरहेका छन । हेर्नुस, देखिरहनु भएकै छ, यो ८० वटा भन्दा बढि आदिवासी जनजाति को माटो मा को-कस्ले अँश-वन्डा को लडाइ खेलिरहेका छन? हामि आदिवाशि लाइ क-कस्ले “मोहरा” बनाइरहेका छन? अब भन्नुस, राजनिति त आफ्नो सन्तानको स्वार्थ पुरा गर्ने माध्यम हुदैछ भने हाम्रो भुमिको रक्षा कस्ले गरेदेला त? देशलाइ गृहयुद्वको दल-दल मा फसाएर परिवारिक स्वार्थ पुरा गर्ने ले के तपाइ हाम्रो अधिकार यति सजिलै देलान त? सोंच्न ढिला भैसक्यो । यो परिवेशमा सुब्बा सर जस्तो प्रगतिशील Fimlmaker/Producer/Director युवा लाइ साथ दिनु र वहांको योगदान को कदर गर्दै हात मा हात मिलाउदै अगाडि बढ्नु सबै जनजाति को कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published.