राज्य पुनःसंरचना आयोगमा गैर आदिवासी …

सुओ समाचारदाता
यालाखोम, २१ खुबनाच । विश्व आदिवासी दिवास २०१० को अवसरमा संविधान सभा पुनः संरचना तथा राज्य शक्तिको श्रोत बाँडफाँड समितिद्वारा प्रस्तावित संघीय राज्य र राज्य पुनःसंरचना आयोग गठनको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भयो । सोह्रौं विश्व आदिवासी दिवस भएको हुँदा विभिन्न संघसंगठनमा आवद्ध अतिथिहरुले सोह्रा वटा मैनवत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिब पासाङ शेर्पाले महासंघको संघीय संरचनाको बारे अवधारण प्रस्तुत गर्दै अगाडि भन्नुभयो, संघीय राज्य र राज्य पुनःसंरचना आयोगको औचित्य समाप्त भएको छ । यसले फेरि आदिवासी जनजातिको माग बमोजिम जातिय क्षेत्रीय राज्य पुनःसंरचना गर्न नदिने षडयन्त्र मात्र हो । यदि आयोग बन्यो भने त्यस आयोगमा गैर आदिवासी राखिनु पर्दछ ।
त्यसै गरी प्रमुख अतिथि लोकेन्द्र विष्ट मगरले अहिले संघीय राज्य र राज्य पुनः संरचना आयोगको गठन लगन पछिको पोते भने जस्तो भएको बताउँदै अगाडि भन्नु भयो, आयोगको काम प्रतिवेदन तयार गरी राज्य पुनसंरचना तथा राज्य शक्ति बाँडफाँड समितिलाई सिफारिस गर्नु पर्ने थियो । तर आयोगले गर्ने काम सबै समितिले गरि सकेको छ अब आयोग बनाउनु भनेको हास्यस्पाद कुरा हुन् । पुनः घुमाउरो बाटो प्रयोग गरी राज्य पुनःसंरचना खास बाहुनको पक्षमा गर्ने षडयन्त्र हो ।
आम गुरुङ, परशुराम तामाङ आदिले बोलेको सो कार्यक्रमको आयोजक आदिवासी जनजाति युवा महासंघ थियो । उक्त अन्तरक्रियामा मानिसहरुको उपस्थिति अति न्यून थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *