राजनैतिक घटना,दुर्घटनाको जिम्मेवार स्वयम हामी नागरिक

-Jesho mi Koinch

सुगम ठाउँमा बस्ने उच्च राजनैतिक गल्लाहरु गाउँ पस्छन र चेतना भएकालाइ एकातिर अर्ध चेतना भएकालाइ अर्कोतिर अनि चेतना नै नभएकालाइ एकातिर पारेर मानसिकता नाप जाच गर्छन।चेतना भएकालाइ आफ्नो हात्तिको देखाउने दात जस्तो वाद र विचार पोत्न थाल्छन।अर्ध चेतना भएकालाइ आधा सपना देखाउछन। चेतना नै नभएकालाइ दैवी शक्तिको पौराणिक मन्त्र सुनाउछन। र लुटतन्त्रको सुनको ढोका खोल्न सफल हुन्छन। हामी र हाम्रो हैसियत किन लथालिङ्ग भयो र विश्व समुदाय माझ विचित्र को देखिन थाल्यो भनेर हामीले कहिल्यै सोच्न सकेका छैनौँ। मिठा मिठा कुरा सुनेर मख्ख पर्नेको जमानामा आधुनिक शिक्षा द्वारा दिक्षित युवा जमात पनि मीठो शब्द ओकल्ने र फड्कार्ने जिव्रो को पछि लाग्न थाले पछि हाम्रो परिवेश एक समयसम्म लोक कथा सुन्नमै व्यतित हुने पक्का छ। विज्ञानको बिषय पढ्दा सिसाकलम र खालि कागजमा प्रयोगशाला निर्माण गरे जस्तो नेपाली राजनीतिको माहोल र यस्को प्रयोग पेन्सिल आर्ट भन्दा फरक छैन।राज्य केही समयसम्म जनयुद्दको मारमा रुमल्लियो। जनुयुद्दकाल मा राज्यको पहुचबाट पर हुन पुगेका स्थानहरु मा हिजोआज खिइएका ग्रीनेड,बम पाइन थालेको छ।आतसतायी जनयुद्द पछि पनि देसमा अमन-चयन कायम हुन सकेन।हाम्रो सबैभन्दा ठूलो समस्या वेरोजगारी समस्याको हल निस्कन सकेन। विश्व समुदायले आजको युगलाइ मेसिनको युग भन्दै गरेको यो अवस्थामा हाम्रो देस लोडसेडिङको अध्यारो तर्फ उन्मुख हुँदै गयो। वजार अव्यवस्थित हुन पुग्यो। आफ्नो नागरिकको हितको लागि भनेर जिम्मेवारी पाएका हरेक व्यक्ती,तहतप्का र राजनैतिक दलहरूले हरेक सामानलाई महङ्गाई को उचाइ मा पुर्‍यै दिए। कष्टकर बन्दै गएको हाम्रो दैनिकीलाई व्यवस्थित गर्न अब अर्को आधा शताब्दी लाग्ने निस्चित प्राय भैसक्यो।यति हुदाहुदै पनि हामीले आफ्नो आत्म निर्णयलाई प्रवल र प्रभावकारी वनाउन सकिरहेका छैनौं।र अर्को कुरा आफ्नो राष्ट्रको लागि भनेर हृदय देखि सोच्न सक्ने समय राज्य र राजनैतिक दलहरूले हनन गरिदिएका छन। यस्को कारक तत्व उनीहरुद्वारा हिप्नोसिस गरिएका केही युवा जमात नै हुन। विश्व अर्थतन्त्रको सामु निरीह हाम्रो अर्थतन्त्र राजनैतिक अदुरदर्सिता कै कारण कम्जोर हुँदै गएको छ। अनुदान मागेर,रिण मागेर अर्थतन्त्र कहिल्यै सबल हुदैन।आफूसंग पर्याप्त स्रोत र साधन हुदाहुदै लाखौं जनशक्ति हुदाहुदै पनि राज्यको नीति दिन प्रतिदिन निस्कर्सहिन र अपारदर्शी हुँदै गएको छ। राजनैतिक दलहरूको असक्षमता आजको परिस्थिति हो। कुनै पनि देसको सह अस्थित्व स्विकार्नु अर्को नियती हो। भारत जस्तो बर्सेनि हजारौं कृषले असफलता कै कारण आत्महत्या गर्ने परिस्थिति भएको र भ्रष्टाचारको मुल उद्गम विन्दु भएको देससंग सहकार्य गरेर नेपाल कहिल्यै उभो लग्न सक्दैन।जस्को आफ्नै देसमा छिट्फुट गृहयुद्ध संचालन भैरहेको छ,जस्को आफ्नै करोडौं नागरिक वेरोजगारी समस्याले पिल्सिएका छन,जहाको अर्थतन्त्र निस्चित पहुच भएका व्यक्तिमा निर्भर छ तेस्तो मित्र राष्ट्रसंग हातेमालो गरेर सम्वृद्दिको सपना देख्न सकिन्न।हामिलाइ अहिले वहुराष्ट्रीय कम्पनी को लगानी को व्यापक खाचो छ।हाम्रो उत्पादनलाई विश्व वजारसम्म पुर्‍याउन भारत र चीन बिचको उपस्तिथि मा सन्तुलन चाजिएको छ। नेपाली बजार र अर्थतन्त्रमा सुधार गर्न छिमेकी दुई देसको समान तर प्रतिस्पर्धात्मक उपस्थिति हुन जरुरी छ। भारतिय एकाधिकार हाम्रो लागि सधैं हानिकारक छ। यी सबै हुनुमा हाम्रा राजनैतिक दलहरु सत प्रतिसत जिम्मेवार छन।उनीहरुको हैकमवादलाइ फलाउन फुलाउन हामी सधैं उनीहरुले दुतको रूपमा पठाएको राजनैतिक गल्लाको महत्वाकांक्षी योजना सक्रिय हुन्छौँ। कुनै पनि विचार र वाद राम्रो मानेर स्विकार्नु आत्माधिकार को विषय हो। कुनै पनि राजनैतिक दलमा आवद्द हुनु व्यक्तिगत स्वतन्त्रताको विषय हो। तर तेहि कार्यले सिङ्गो राष्ट्र अनिर्णयको बन्दी हुनु र वहुसंख्यक नेपालीले समस्या झेल्नुलाई व्यक्तिगत स्वतन्त्रता र तेस्तो खाले आत्मनिर्णयले सान्त्वना दिन सक्दैन।नागरिक भए पछि नागरिकको कर्तव्य पनि हुनुपर्छ। आफुलाइ कुन ठिक लाग्छ र कुन वेठिक लाग्छ भन्नु भन्दा पनि कुन दुरदर्शी र प्रभावकारी छ भनेर सोच्न सक्नु नै सक्षम नागरिक को कर्तव्य हो। राजनैतिक असक्षमताको पराकाष्ठा नाघ्नु राजनितिको दोष होइन। तेस्लाइ नागरिक को लापरबाही र उद्दण्डता सम्झदै ठिक होला। नत्र एक पटक प्रदुषित भैसकेको व्यक्ती सोहि पद/स्थान/निकायमा पुन आएर पुरानै गल्ती गर्नु कस्को गल्ती हो? राष्ट्रको इज्यत मै दाग लाग्ने गरि सार्वजनिक पद मा आसित भएर कुकार्य गर्ने अनि कानुनको झन्झट बाट जोगिन आफ्नै सार्वभौमिकता र वहुसंख्यक नेपालीको संरक्षक मानिने कानुनकै प्रयोग गरेर अर्कै देसको नागरिकता ग्रहण गर्नु कस्को दोष हो? के यस्तो परिस्थितिमा खवरदारी गर्ने कर्तव्य हाम्रो हुदैन?

Share

Leave a Reply

Your email address will not be published.