मै हुँ भन्नेहरुलाई थारिथिमलो क्याःब र क्याःब नाइलुको गतिलो झापड

–कोइँचबु काःतिच
धेरै कोइँचलाई लाग्न सक्छ कोइँच भाषा बोलेर कुनै फाइदा छैन । फाइदाकै कुरा गर्ने हो भने त कोइँच भएर जन्मिनु मै पनि फाइदा कहाँ छ र । नेपालको हकमा त खस बामन भएर जन्मिदा राम्रो । युके, अमेरिकामा गोरो छालाको वंशमै जन्मिदा राम्रो होइन र !
अवश्य धेरै कोइँचहरुलाई लाग्न सक्छ अवको जमना आइ टी को हो । यो जमना वान टच एराको हो । कोइँच भाषा, धर्म, संस्कृतिमा रत्तिनु, रल्लिनु भनेको काम नपाएकाहरुको दिन कटौनी बेजो मात्र हो । तर भर्खरका यी गधापच्चिसे उमेरका कोइँच बौलाएका नै हुन त ?
खै के स्वर्थ हो उनको प्रत्येक छुट्टीमा नेपाल टेक्दा कोइँच भाषामा एक एक कृति कोइँच समाजलाई दिने गरेका छन् । थाहा भएन किन हो ? उनी के चाहन्छन् ? ब्रिटिश गोर्खा आर्मीको रिक्रुट तालिम सकेर आफ्नो माटोमा पाइला राख्दा उनले कोइँच भाषाको गीतको म्युजिक भिडियोमा अभिनय गरे । अहिले एक वर्षपछि नेपाल फर्किएका छन् । तर उनले सिंगो कोइँच समाजको लागि आफ्ना दाजु थारिथिमलो क्याःबसँग मिलेर कोइँच भाषाको कविता संग्रह आँस इँगि साया उपाहार दिए । उनी केही नभएर पनि केही भएका छन् । सबैले भोलिकै लागि काम गर्ने हो । उनीहरुले पनि भोलिकै लागि काम गरेका हुन । फरक यत्ति हो उनीहरुले भौतिक जीवनको अन्त्य पछिलाई पनि केही गरेका छन् ।
अहिलेसम्म कोइँच साहित्य प्रकाशनको लागि कुनै पनि कोइँच ब्रिटिश गोर्खाले एक सुको खर्च नगरेको बेला एक जना पट्ठो कोइँच युवाले केही गरेर देखाए । खोइ कुन्नी अरुले कतै लुकीछिपी त्यस्तो शुभ कर्म गरेको भए के जानी ? हामीले खेख्न पाएका थिएनौं । अब भने बाटो खुलेउ कि जस्तो लाग्यो ।
हुन त खस भाषामा लेख्नेहरु नै पनि कहाँ छन र र्हौं, कोइँच ब्रिटिश गोर्खा ? क्या. तिलकबहादुर (उनको संग्रहमा तीनवटा कोइँच भाषाको गीत पनि समवेश छ ।), केदार संकेत त हुन् मुश्किलले (फुटकर कविता कथा लेख्नेहरुलाई नेपाली साहित्य फाँटमा साहित्यकारको रुपमा गन्दैनन् । पुस्तक नै प्रकाशन गरिनु पर्छ रे साहित्याकारको कित्तामा उभिन । यहाँ पनि खस बामनको एकल परिभाषा छ) । तर अबका नयाँ पुस्तमा भटाभट साहित्यकार जन्मिउन हाम्रो प्रार्थना छ इँगि सायासँग । त्यो पनि कोइँच भाषामा लेख्ने ।
डा. लाल रापचा पस्चिमी साहित्य समालोचनामा कोइँच साहित्यलाई माखेसाङलो गाँस्दै आँस इँगि साया र यसका श्रष्टाका वारेमा भन्नुहुन्छ– ‘व्रिटिश साहित्यको विकास चौंधौं शदीबाट शुरु भएको हो । अब कोइँच साहित्य २१ सौं शदीबाट शुरु भएको छ । त्यहाँ कसरी साहित्यको विकास भयो भन्ने कुरा खर्लक्क निल्नु होस नव कवि भाईले । बन्दुक गोलीगट्ठासँगै व्रिटिश साहित्यको भारी पनि बोक्नुस, ट्रेन्चमा बस्दा पनि घोक्नुस, विसाउँदा जहाँ पनि पढ्नुस र त्यसको सार खिचेर, उनीहरुको सिको गरेर, उनीहरुको ज्ञान प्राप्त गरेर, कोइँच साहित्यमा परावर्तन गर्नुस । हामी पनि विश्व साहित्यमा चाँडै स्थापित हुन सक्छौं । तपाईँ त्यो मुलुकमा हुनु हुन्छ । त्यहाँको ज्ञान यहाँको कोइँचलाई उनीहरुकै भाषामा सिकाउनुस् । तपाईँ प्रति हामी आशावादी छौं ।’
आँस इँगि सायाको समिक्षा गर्दै कवि अतित मुखियाले थप्नुहुन्छ, ‘हिजोआज विश्व साहित्यले भर्जिन मिथको खोजी गरेको छ । त्यस्तो भर्जिन मिथ मात्र आदिवासी साहित्यमा पाउन सकिन्छ । यसैले यस आँस इँगि साया कोइँच कविता संग्रहमा छरपष्ट भर्जिन मिथहरु छन् । जसले विश्व साहित्यलाई नयाँ स्वाद पस्किन सक्छ । कुरो भाषाको हो । यी कोइँच भाषामा लेखिएका कविता पनि विश्वको जुनसुकै भाषामा उल्थ गर्न सकिन्छ । भाषा समस्या होइन विचार पहिलो कुरा हो । विचार साहित्य सिर्जना हुन्छ । यसैले म अंग्रजीमा लेख्दा ठूलो हुन्छ सबैले पढ्छन् । खस भाषामा लेख्दा सबैले बुभ्mछन् भन्ने संकृणा मानसिकताबाट मुक्ति लिन सकियो भने साहित्य सिर्जना सजिलो हुन्छ । जुन समुदाय र संस्कर संस्कृतिको बढी ज्ञान छ त्यसै विषयमा बढी कलम चलाएन सकिन्छ । यसैले होला यस कृतिमा गहकिला कुराहरु आएका छन् । विचारले निर्देशित कविताहरु यस कृतिमा छन् जसले आम कोइँच मात्र होइन आम साहित्यप्रेमीहरुलाई नौलो स्वाद दिने छ ।’
क्युइँतबु कल्याण कोषका अध्यक्ष रणवीर सुनुवारको अध्यक्षतामा साहित्यकार मनबहादुर मुखियाको प्रमुख आतिथ्य तथा सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारमो विशिष्ट आतिथ्यमा लोकार्पित पुस्तक आँस इँगि साया थारिथिमलो क्याःब र क्याःब नाइलुको कोइँच भाषामा लिखित पहिलो संयुक्त कविता संग्रह हो । आइतथा बुज (गुप्तेश्वर) चुले पुँ १ लेङलेङ (रामेछाप) मा जन्मिएका कविद्वयको कृतिले आम मै हुँ भन्ने कोइँचहरुलाई गतिलो झापड दिएको छ जो आफुलाई जान्ने बुभ्mने र पैसावाल हुँ भन्छन् । उनीहरुको इतिहास उनीहरु बाँचुञ्जेलसम्मको हो तर यी दुई क्याःब दाजुभाईले युगयुगसम्म बाँच्ने काम गरे र हामी कोइँच हुँ भन्नेहरुको चिनारी बचाइ राख्ने काम गरे । एक दुई हजार समाजलाई आर्थिक सहयोग गरेर नाक फुलाउनु भन्दा यस्तो कहिल्यै नमर्ने र आफ्नै इतिहास जीवित राख्ने काम सबै कोइँचले गरे राम्रै हुन्थ्यो कि !

Share

3 Comments to मै हुँ भन्नेहरुलाई थारिथिमलो क्याःब र क्याःब नाइलुको गतिलो झापड

  1. Hom dasuch says:

    Bamsewal goaanke
    eko aithanga breshlo roobonu goaanboo jeepti badhai genung kyab lob boo aaskali

    Hom dasuch
    Uk

  2. Ukusu Dayu, Samachar mi da gatiloo para mi bletinita,,ako mora aash ge mi da goo la nole lisyoo khodesyoo lati,maar nganaiyo,badhai genu ako ake loab aashkali,,Barsya lisala,,,aa gichcha,,te lati nganaiyo aa gichcha dumti,gichcha ka dumcha desyo,marimsyo loo baata,,,

  3. prakash sunuwar says:

    ‘आँस इँगि साया’ कविता संग्रह र श्रस्टाद्वयका बारेमा अतित दाइले दिनुभएको अभिब्यक्तीसँग निक्कै नै नजिकसम्म पुगेको छु ~ सच्चिनै कुनै पनि कबिता विचारले निर्देशित भएमा मात्र त्यस्ले समाजलाई अग्रदिशा तर्फ एक पाइला अगाडी बढ्नको निमित्त महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्छ अन्यथा केवल भाषालाई मात्र प्राथमिकता दिएर मानब बस्तिको पिडा, बेदना, चित्कार, संबोधन, इत्यादिहरुलाई समेट्न नसकिएमा त्यो प्रयास ब्यर्थ पनि हुन सक्छ – आशा छ वहाँहरुको संग्रहले समाजलाई अगाडि बढ्नको निमित्त थुप्रै बाटाहरु प्रसस्त गर्नु भएकै छ होला अनि बिस्वास पनि छ, कबिद्वयमा मेरो पनि सफलताको सुभकामना अनि धन्यबाद, नम्सेउ

Leave a Reply

Your email address will not be published.