मेरो पिडा

-Shova Sunuwar

मेरो मात्र कस्तो जीवन ?
चोट पनि मेरै हृदयमा
बज्रपात पनि मेरै टाउकोमा
पीडा पनि मेरै मनमा
कस्तो हो लिला हे दैब !.
पहाड्ले मलाइ नि थिच्नु पर्ने
प्रकृतिले नि मलाइ हेप्नु पर्ने
समयले नि मलाइ उल्टो गर्नु पर्ने
सृष्टिले पनि मलाइ मात्र देख्नु पर्ने
एउटा घाउ त दिएकै थियो
निको नभई फेरि गहिरो चोट दियो
थप माथी थप कसरी सहनु
मनको बाध कसरी बाध्नु
दुई आँखा ओभानो छैन
यो दु:ख बिसाउने कतै भेटिन
चस्स पोलि रहन्छ यो छाती
किन आइ लाग्यो बज्र म माथी
बिस्तारै हास्न लागेको थिए
उहीँ पुरानो दिनहरुमा फर्किएकी थिए
दुखेको घाउहरुमा मलम गर्दै थिए
बलेको मुटुमा शितल दिदै थिए
तर!
मेरो खुशी फेरि खोसियो
जननीको काख लुटियो
मेरो माइतीको आगन रितियो
मलाइ माया गर्ने आफन्त बिलिन भयो
अब कति सहनु मैले
हरेक रात सिरानी कति चिसो बनाउने हो
बरु आफैलाइ पनि लान्छौ भने जाने हो
होइन भने किन यो परिक्षा बारम्बार
सबै देउ यस्तो चोट नदेउ जीवन भर

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *