मामाकाे कान डढाएकाे सम्झिँदा अझै मन चिउँ हु‍न्छ

-शाहकृष्णसुनुवार

बुबा आमाकाे भनाई अनुसार म छ महिनाकेा हुँदा देखिकाे दायाँ बायाँ दुवै पाखुराकाे भित्रिपट्टिकाे भाग र दुवै घुँडादेखि मुनिकाे अघिल्लाे पाटाेकाे भागमा सँधै एक किसिमकाे मज्जाले चिलाउने र पानी सरा जस्ताे भरिए पछि पीप भरिदै घाउ हुने पालाे पालाे कुनै न कुनै ठाउँमा निस्कि राख्ने कहिले निकाे नहुने राेगले सताइ राख्ने थियाे ।बुबा आमाले गाउँ घरमा मन्साउने फुकाउने तन्त्र मन्त्र जानेबुझे सम्म सबै गराउँदा पनि केहि सीप नलागे पछि थाकेर बस्नु भएकाे थियाे,त्याे बेला गाउँघरमा स्वास्थ्य चाैकी हेल्थपाेष्ट केहि पनि थिएन।त्याे घाउ आखिर मैले एस एल सी दिने बेलासम्म पनि जाति भएन।त्यहि घाउकाे कारण मेराे उपनाम घाउरे बनेकाे थियाे र मेरा वरपर छेउछाउ बस्न धेरै मानिस घिनाउथे र एक किसिमले म छिछि दूर्दूर भएकाे महशुस गर्थेँ ।कुनै कुनै बेला रीस उठ्दा वा चित्त नबुझ्दा ए साले घाउरे भनि हाल्थे।तर एउटै मानिस जसले मलाई तीन बर्षसम्म कहिल्यै आफ्नाे समिप कक्षाकाे एउटै बेन्चमा बस्न बसाउन घिनाएनन् र सेन्टअप परीक्षा नहुन्जेल सम्म प्रत्येक दिन एउटै बेन्चमा बसियाे,वहाँ मेरा अति श्रद्धायाेग्य अबिस्मरणीय घरपति लगायत कक्षा मित्र स्वामी श्री प्रकाश भाैकाजी हुनु हुन्छ।वहाँ ओशाे दर्शनका प्रखर प्रबचन र ब्याख्याकर्ताका साथै एउटा अत्यन्त सफल कलाकारकाे रुपमा पनि परिचित हुनु हुन्छ,वहाँलाई म कहिल्यै भुल्न सक्दिन।

बि.सं.२०२७ सालतिर लेकटार धारापानीकाे कान्छा मामाले याे भान्जालाई म जिरी अस्पतालमा लगेर देखाउँछु भनेर जिरी अस्पताल लानु भयाे।म दश बर्षकाे फुच्चे थिएँ,दिनभरि भदाै महिनाकाे झरि बादल र जुकासँग पाैठे जाेरि खेल्दै हिँड्दा बेला माैका मामाले साेधेका उत्तर बाहेक दाेहाेराे झ्याम्मिएर बाेल्न धक लाग्थ्याे,बल्ल तल्ल साँझ मामाघर पुगियाे।उसकाे भाेलि पल्ट शुक्रबार म हिडन नसक्ने अवस्था र शनिबार जिरी हाट लाग्ने भएकाेले हाटसमेत भेट्ने गरि पर्सिपल्ट मामाले जिरीतिर लानु भयाे।पहिलाे दिन झैँ दिन भरि हिडन पर्ने र उतै कतै बस्नु पर्ने मनकाे त्रासले ठूलाे गुँड लाउँदै थियाे।बिहानै खाना खाएर हिडेकाे लगभग दिउँसाे ११/१२ बजेतिर जिरी पुगियाे।मामाले एकैछिन हाटतिर किनमेल सके पछि मलाई हाटडाँडा मुनि तिर आफ्नाे मितेरी साइनाे जिरेलकाे घरमा लगेर मलाई लगायत उनिहरुलाई संझाइ बुझाइ जिम्मा लाएर छाडि हिडनु भयाे।

भाेलिपल्ट बिहान खाना खाए पछि घरकाे एक जना साथी लगाएर अस्पताल पठाउनु भयाे।त्यहाँ पुग्दा नितान्त बेग्लै नाैलाे गन्धले मलाई पहिलाे ध्यान खिच्याे।त्यसपछि सायद हे.अ.वा डा.ले जाँचेर दुइ हप्तासम्म लगातार दैनिक सुइ लाउने र गाढा बैजनि झाेल दबाइले घाउ सफा गर्ने प्रिस्क्रिप्शन लेखे अनुसार दैनिक सुइ भनेपछि मेराे मनमा डर पैदा भयाे।पछाडि तिघ्रामा सुइ राेप्दा हाेस् हवास उडला झैँ हुन्थ्याे।२/३ दिन पछि बाटाे चिन्याे भनेर एक्लै पठाउन थाले,म बीच बाटाे जंगलतिर पुगे पछि बिछट्टै भयावह स्थिति पैदा हुन्थ्याे र एकै चाेटि सुर्ता,भय,त्रासले गाँज्दथ्याे र दैनिक त्यहि जंगलकेा आस पासमै राेकिएर धाेकाे पुगुन्जेल खूब रुन्थेँ;मुख्य कारणहरु एक;घरकाे आहार बिहारसँग त्यहाँकाे पूर्ण रुपेन मिल्दैन थ्याे,दाेश्रा;नयाँ गाउँठाउँ मानिस रहन सहन वातावरण बाेलि चाली आदि मिल्दैनथ्याे,तेश्राे; काेहि नचिनेकाे मानिसकाे हातबाट दैनिक सुइ त्यै पनि चाकमा!मेराे लागी त्याे बडाे शरम र कष्टकर थियाे।हतपत त्याे बाटाे काेहि मानिस नहिड्ने हुनाले अरुले देख्लान् भन्ने भय त्यति रहन्न थ्याे।कथं कदाचित् काेहि आइ हालेमा हत्त न पत्त सम्हालिएर बस्थेँ वा हिडि हाल्थेँ।

दैनिक लगभग मेराे त्यहि कृया-कलापहरु दाेहाेरिन्थ्याे।एक दिन फर्केर घर नजिकै खुला चाैरमा आउँदै थिएँ,एक जना दाइ चाैरमा घाेप्टाे सुतेर केहि किताब पढदै थियाे।दुवै जनाकाे एकापसमा हेराहेर भए पछि उसले मलाई साेध्याे र बृतान्त बेलि बिस्तार सुनाएँ।उसले मेराे नजरमा राम्ररी देखेछ कि आँखा अलि राताे सुनिए झैँ भएकाे,त्याे पनि बताइ दिएँ।पछि उ आफैले आफ्नाे परिचय बतायाे,उ पनि प्रिती रातापानीकाे तिलक सुनुवार दशाैँ कक्षामा पढ्ने दाइ रहेछन् र उसले मलाई आफ्नै भाषामा बिभिन्न ढाडस दिए पछि अलि साहस जुट्याे।पछि त्याे दाइसँग २/३ पटक भेटघाट भयाे र साेधपुछ गरि राख्नु हुन्थ्याे।म चार कक्षामा पढ्ने कुरा बताइ सकेकाेले वहाँले पढाई सम्बन्धि केहि कुराहरु साेद्धा म फटाफट जवाफ दिँदा छक्क पर्नु हुन्थ्याे(बिशेष अँग्रेजीका मिनिङ्गहरु)अनि भन्नु हुन्थ्याे,भाइ तिमि जसरि नि पढ है दिमाग राम्राे छ।धेरै पछि मैले एस एल सी गरेपछि त्याे दाइकाे बारे साेध खाेज गर्दा हाडनातामा बिग्रेर बिदेश भासिएकाेले छैनन् र आउन नमिल्ने भन्ने थाह पाएँ,धेरै दु:ख लाग्याे!
काेहि बेला त्यहि घरकाे उमेर ९० बर्ष बताउने बाजेले निदि-खुदी बिभिन्न कुरा साेधपूछ गर्नु हुन्थ्याे म बताइ दिन्थेँ र हाम्राे मित्रता बढेकाेले एकदिन खै त तिम्राे हात हेरि दिन्छु भनेर हस्तरेखा हेरि दिनु भयाे र त्याे केहि कुरा मिल्दै गएकाे पाएकाे छु र ति बाजेकाे अनुहार बस्दाकाे आकृती अझै संझन्छु।
पछि काेर्श पूरा गरेर फर्किने बेला भयाे,त्याे दाइ सँग भेट भएन।ति बाजेसँग चरणमा शीर राखि बिदा मागैँ,आशिषका साथ राम्ररी जाउ ल भन्नु भयाे।कुनै दिन मकै बाेक्न साथ लागेर घट्टमा लैजाने र दैनिक मलाइ बिशेष खान पानमा ख्याल गर्ने छेमाकाे त झनै आत्मियता थियाे नै,सबैसँग राम्ररि बिदा लिएँ।

मामा लिन आउनुभयाे, मामाघरमा त्याे सालकाे दशैँमा जानेकाे र सकेकाे ठाउँमा राताे माटाे पाेत्ने, कमेराे छ्याप्ने र मामाकेा मालश्री श्र्लाेक सुन्ने, बढाइका लागि बारुद बनाउने कला सिक्ने माैका, बारुद सुकाएकाे ठाउँमा गाउँले आएर बसेकाे र सुर्ति सल्काउन आगाे मागेकाेले आगाे लगि दिदा झिल्काे बारुदमा परेर एकैचाेटि तर्सिने आवाजमा आगाे र धूवाँकाे मुस्लाे आकाशतिर कुइरि मण्डल लाग्दा धन्न घर माथीकाे खुला ठाउँमा थियाे र केहि भबितब्य भएन तर मामाकाे टाउकाे कानतिर हलुका भेटेकाे थियाे। मामाले आगाे माग्ने मानिससँग रिसाएर यस्ताे आगाे हुनुभएकाे थियाे कि त्याे भर्खरैकाे मुस्लाे सरह त्याे मानिस माथि खनिनुभएकाे थियाे र त्याे मानिस सुर्ति नै नसल्काइ हिडनु परेकाे थियाे। त्याे सबै दृश्य मेराे दिमागमा आज पर्यन्त ताजै छ।
दशैपछि आफ्नाे घर लेकखर्क फर्किने ठुलाे मामाकाे छाेरी दिदीसँग म घर फर्किदा बाटाे हराउँदै निकै साँझ पर्दा लेकखर्क आएर दिदीकाे मै बास बसेँ। उसकाे भाेलिपल्ट म घर पुग्न यति हतारिएकाे थिएँ कि तर कुन कहाँबाट जाने थाहै थिएन। दिदीले माथि डाँडामा ल्याएर तलतिर बाटाे देखाउँदै याे बाटाे यसरि नछाडि जानु भने पछि हुन्छ भनेर बिदा मागेपछि म थाेरै द्विबिधामा पर्दै दाया बायाँ तलमाथि बाटाे नबिराउन निकै चनाखाे बन्दै यति पत्ताताेढ दाैडेँ कि घर आइपुग्न आधा घण्टा समय पनि लागेन हाेला? धेरै समयपछिकाे घरमा फिर्ता हुँदा र सबैसँग पुनर्मिलन हुँदा मेराे खुशी छताछुल्ल पाेखिएकाे अनुभव मैले जति सायदै अरु कसैले गरेनन् हाेला…!!?

७३ओैँलकडे/ ०७७/२/२२

Share

Leave a Reply

Your email address will not be published.