मानबहादुर विष्णुमाया सुनुवार स्मृति छात्रवृत्ति समर्पण

किरात सुनुवार सेवा समाज बेलायतका पूर्व सचिव भक्तमान सुनुवारले आफ्नो बुबा मानबहादुर सुनुवार र आमा विष्णुमाया सुनुवारको सम्झनामा स्थापित मानबहादुर–विष्णुमाया सुनुवार स्मृति छात्रवृद्धि आज पूर्खस्मरण गर्दै समर्पण गरियो । सुनुवार सेवा समाज संघीय समितिले आफ्नो भवन कोटेश्वरमा विष्णुमाया सुनुवारको तस्वीरमा नाति मनप्रसाद सुनुवार र अध्यक्ष रणवीर सुनुवारले फुलमाला अर्पण गरी कोइँच मुक्दुम विधि अनुसार जोर सगुन, फलपूmल र खानेकुरा चढाएर पिदारनाम्दार गरी हार्दिक श्रद्धा अर्पण गरिएपछि छात्रवृद्धि प्राप्त विद्यार्थीहरुलाई नगद छात्रवृद्धि नाति मनप्रसाद र सुसेस अध्यक्ष रणवीर सुनुवारले छात्रवृत्ति समर्पण गर्नुभएको थियो ।
गत वर्ष ८ जना स्नातक पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः इन्जिनियरीङ अध्ययनरत मोरङकी एक जना (समिका सुनुवार) लाई रु २५ हजार अनि बाँकी अन्य विषय अध्ययन गर्ने पाँच जना (एलिसा सुनुवार हिमेश सुनुवार, रिना सुनुवार कृतिका सुनुवार र एनिमन रापचा) लाई जनही रु. १५ हजार र एकै घरका दुई जना दिदीबहिनी (सुस्मा तथा सुस्मिता) लाई जनाही रु १२ हजार मानबहारदुर विष्णुमाया सुनुवार स्मृति शैक्षिक कोषले प्रदान गरेको थियो । तर यसपटक स्नातक दोश्रो वर्षमा छात्रवृत्ति हस्तान्तरण गर्नेक्रममा भने छ जना विद्यार्थीहरुले मात्र छात्रवृत्ति निरन्तर रुपमा पाएका छन् । सुस्मिताको नेपाल प्रहरीमा सेवा प्रवेश गरेर अध्ययन ब्रेक भएको छ भने हिमेशको घरायसी कारणले वैदेशिक रोजगारीमा जानुपर्ने भएको हुँदा अध्ययन व्रेक भएको छ ।
सुनुवार सेवा समाजको स्थानीय समितिहरु काठमाडौं जिल्ला, भक्तपुर जिल्ला, जिरी नगर तथा आङ्गिक संस्था सुनुवार विद्यार्थी समाज महिला समाज, ब्लामिच समाजको प्रतिनिधिहरुले समेतले मानबहादुर विष्णुमाया सुनुवारलाई पुष्पगुच्छाले हार्दिक श्रद्धा अर्पण गरेका थिए ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *