मातृभूमि

-टेकबहादुर सुनुवार (जोन)
शक्ति कहाँ हुन्छ?
दस्तावेज नै खारिज गरे पछि!
ईन्डिया कहाँ लुक्छ?
चीनले आपूर्ति पदार्थ भरे पछि!
बुद्धिमान कहाँ हुन्छन?
कसलाई दिनु बुद्धि खै मरे पछि!
डराग बन्दैन को यहाँ?
निउरी निउरी बिन्ती बिछ्याउदा!
हिच्किचिएर नेउरे अनुहार मुस्कुराउदा
मुर्छित हुने हाम्रो स्वभिमान
लखेटेको लखेटेकै पुच्छर समातिन्छ!
फेरि फर्की हेर्दा
पोतिएको मुहारमा उस्तै फुस्रोपन
गिज्जिएर ठट्यौली देखाउछन जादु
अनि इतिहास लाई राखिन्छ पुन अचानुमा!
पिल्सिएका ढाड हरु फेरि पिल्सिन्छन
फाटेका भोटो फेरि टालिन्छ
खै कहिले भत्किएला
त्यो बाध अनि जादुघर
कहिले चुट्टिएला मगन्ते स्वास!
कति पर्ला भर अनि पासो मा
पात्र बन्छ कहिले सम्म नेपाल हासो को!
खबरदार तिमी भन्दा प्यारो छ!
तिमी भन्दा रमणीय र सुन्दर छ!
सैयु गुना हराभरा छ!
खरबौ को प्यारो छ!
गिद्धे नजर नलगा!
सबै थोक छ मेरो मातृभूमिमा
मेरो प्यारो मातृभूमि!

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *