मह जोडीलाई साम्दे शेर्पा स्मृति पुरस्कार

samdezसमीर मुखिया सुनुवार, सुनुवार डट ओआरजी

काठमाडौं, २३ माघ । साम्द शेर्पा स्मृति पुरस्कार वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ । त्यसैगरी साम्दे शेर्पा प्रतिभा पुरस्कार हास्यव्यंग्य कलाकार मनोज गजुरेल तथा साम्दे शेर्पा स्मृति पुरस्कार हास्य कलाकार पासाङ टी शेर्पालाई प्रदान गरिएको छ । शेर्पाको स्मृतिमा हास्य विधाका कलाकारद्वय मह जोडीलाई नगद रु. ३१,००० हजार तथा ट्रफी, मनोज गजुरेललाई नगद रु. १०,१११ तथा ट्रफी तथा पासाङ टी शेर्पालाई नगद रु. १०,१११ तथा ट्रफी प्रदान गरिएको छ ।
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक वरिष्ठ चलचित्र निर्देशक तथा निर्माता यादव खरेलले पुरस्कार छनौट प्रक्रियालाई सबै क्षेत्रबाट सूक्ष्म अध्ययन गरेको बताए । यो पुरस्कार राष्ट्रियस्तरका कलाकारलाई मात्र प्रदान गर्नुभन्दा पनि सिमान्कृत समुदय शेर्पाका प्रतिभाशाली व्यक्तिलाई प्रदान गर्दा अझ प्रोत्साहन कुरा पनि बताए ।
पुरस्कार वितरण समारोहमा कला क्षेत्रका निकट मित्र राजाराम पौडेलले अमेरिकामा पछिल्लोपटक भेट हुँदाका स्मरण गर्दै लामो समयसम्म फोन वार्ता हुने गरेको कुरा बताए । कलाकार दिनेश डिसीले साम्दे शेर्पासँग क्याम्पस पढ्दा निकटतम मित्र रहेको स्मरण गराउँदै कला क्षेत्रमा पनि सँगसँगै प्रवेश गरेको बताए ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले हास्यव्यंग्य क्षेत्रलाई राजा महाराजा खुशी पार्न डबलीबाट सुरु गरेर अहिले व्यावसायिक बनेकोमा खुशी व्यक्त गरे । सो कार्यक्रममा हास्य कलाकार वसुन्धरा भुषाल, लोकनाथ ढकाल, नेपाल शेर्पा संघका अध्यक्ष ए.डी. लामा, पूर्व सभासद वाङछे शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पालगायत शेर्पा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सभापति हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले साम्दे शेर्पाका नामा विभिन्न किसिमका गतिविधि सञ्चालन गर्दै कुरा बताए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *