मनोद्वन्द्व : यो पनि कविता

-कोइँच बु काःतिच
के के न गरेँ जस्तो लाग्थ्यो, ‘देन ए सेरेम फु’ कोइँच भाषामा पहिलो पटक कविता सङ्ग्रह प्रकाशित हुँदा । तातो न छारो । लाजै पो लागेर आउँ बा, ङच्िचा दाँत देखाएर हाँस्न पनि ।
केही हुँदै नहुनु हो, कसैले वास्ता नगरेको कुरामा पहिलो हुनु भनेको । जहाँ केही नौलो गर्नका लागि केही नौलो हुँदै हुँदैन । कसैको आँखै नलाग्ने कुरामा आँखा लगाउँदा, कसैले लेख्दै नलेख्ने, पढ्दै नपढ्ने कुरामा पुस्तक लेख्नु, छाप्नु कुनै ठूलो र आनौठो कुरा पनि होइन । (मलाई एक जना खसभाषी बामान विद्वानले साहित्य नभएको भाषा, भाषा होइन । त्यस्तोलाई भाषा होइन कुरा भनिन्छ, भनेपछि भाषा बनाउन कोइँच भाषामा कविता संग्राह तयार पारेँ । जसलाई क्युइँतिच द्वय रणवीर सुनुवार र अतित मुखियाले प्रकाशन गरिदिनु भएको थियो चुप्लु समाजको व्यानरमा ।)
आजकाल सोच्छु, गम्छु- कोइँच-सुनुवारको बुद्धि पछि आउँछ भन्थे, हो रहेछ । अरु साथीहरु जस्तै पहिला खस भाषामा लेखेर, छापेर कोइँच भाषामा अनुवाद गरेको भए क्या राम्रो गरिस भनेर स्यावासी पनि पाइने रहेछ ! सबै हुने रहेछ- नाम, दाम, काम र ठूलो विद्वान पनि कहलिने रहेछ । कोइँच भाषामा मात्र लेख्नले पाखैमा बाँजो पल्टेर टक्सिए टुहुरा सिर्जनाहरु ।
‘लेख्न त लेखिस् कामै नलाग्ने ठाउँमा, कहाँ गइस् हराउने विलाउनेमा । कसले पढ्छ – कोइँचले पढ्छ – ल राख बाजी, तेरो कोइँच भनौदा सुनुवारहरुले त तेरो कोइँच भाषाको पुस्तक किनेर त परै जावोस् सित्तै दिँदा पनि पढ्दैनन् । के बाजी राख्छस् -‘ भनेर खसबाहुन मात्र होइन केही कोइँच साथीहरुले सुझाएको सम्भिmन्छु । सोच्छु, किन किन चित्तै बुझदैन । खसबामान साथीहरुको गिदी सापटी मागेर आफैंलाई धिक्कार्न मन लाग्छ- थुइय्या ! बुद्धि नभएको चितुवा, किर्वा । ल यो पनि बना कविता- ल्वाङ, मरिच, सुक्मेल हालेको मगमग वास आउने ।

Share

Leave a Reply

Your email address will not be published.