मनमा लागेको खुल्दुली (केही साथीहरुको जिज्ञासको उत्तर)

अरुलाई होइन आफैंलाई सोधौं साच्ची म चि के गरीरहेछु समाजलाई भोलिको पुस्तालाई ।
हाम्रा कोइँच सुनुवार दाजुभाईको कुरा नि- कविता लेख्छन्, कथा लेख्छन्, गजल लेख्छन्, रुवाई लेख्छन् । हेर्छन, मस्किन्छन् फुर्किन्छन्, अहा कति राम्रो लेखेँ । अरुको भन्दा अब्बल छ मेरो कविता, कथा, गीत । वा वा वा । छोइ नसक्नुको । छाप्दैनन् । हिजोआज त झन सामाजिक सञ्जालले त्यो सुविधा दिएकै छ । हामी त्यस्ता छौं, कोइँच सुनुवारहरु । आफैं हेर्छौं, आफैं पाठक । आफैं शल्यक्रिया गर्छौं कविता, कथा, उपन्यासको, आफैं समालोचक । आफैं बजार अनुसन्धान गर्छौं, आफैं बजार व्यवास्थापक । आफैं खर्चको चाँजोपाँजो मिलाउँछौं अनि आर्फै प्रकाशक, डिजाइनर । अनि आफैं हरेस खन्छौं ।
तर खस बाहुनहरु शुरुमा लेख्न नजान्ने भएर निस्कीन्छन् । कविता लेख्छन्, गीत लेख्छन्, उपन्यास लेख्छन् । पढ्न दिन्छन् । देखाउँछन् । सच्याइदिन अनुरोध गर्छन् । समसमायिक भयो भएन भन्छन् । सर यो कस्तो छ बनाइदिनु न । बनाइदियो मेरो कविता कति राम्रो बनाइदिनुभयो सरले भन्छन् । छाप्दै जान्छन् । जान्ने बन्दै जान्छन । निरन्तरता दिन्छन् । अन्तिममा राष्ट्रिय कवि बन्छन् उपन्यासकार बन्छन् । समालोचक बन्छन् । सम्पादक बन्छन् । प्रकाशक बन्छन् । राष्ट्रिय अन्तराष्ट्यि नाम कमाउँछन्, दाम कमाउँछन् । इज्जत हुन्छ । मज्जाले घुम्छन् घुमेकै छन् । र, सहयोगी, मिलानसार बनेर विद्वन बनेर हामी माझ नै निस्किन्छन् । हामीले सिकाएका खसबाहुन भाइबहिनीहरु, हाम्रै खसबाहुन साथीहरु ।
हाम्रोहरुलाई लेख न लौ छाप्नु प¥यो भन्यो शुरु मै पैसा कति पाइन्छ पो भन्छन् । जान्ने बन्छन् । उनीहरुले लेखेको लेख, कविता, गीत, कथा त सच्याइदिनु नै हुन्न । खप्न नसक्ने गरी गाली गर्छन् । कति न राष्ट्रिय लेखक भए जस्तो अबदेखि आर्टिकल नै दिन्न भनेर धम्की दिन्छन् । उल्टै कति न जान्ने समालोचक भएर, त्यस्तो पनि कविता हो, उपान्यास हो भनेर खोक्छन् । सुनुवारमा समालोचक त परै जाओस् पुस्तक समिक्षक समेत अहिलेसम्म डा. लाल रापचा बाहेक अरुले गरेको भेटेको छुइन । उहाँ भने खसबाहुन जस्तै हुनुहुन्छ (लेखरचना लेख्ने दिनेमा मात्रै नि) । भन्ने वित्तिकै लेख रचना दिइ हाल्नुहुन्छ । मेरो “देन ए सेरेम फु” पहिलो कोइँच भाषाको कविता संग्राहको समिक्षा पनि उहाँले नै गर्नु भएको हो गरिमा साहित्यीक पत्रिकामा । गजलकार भानु सुनुवारले डा. लाल रापचाकै नाम लिएर गाली पनि गर्नु भो मलाई, भनेको भोलि पल्टै डा. लाल रापाचाले लेख पठाई दिनु भो, तपाईँलाई एक महिना अगाडिदेखि “भनेको आजसम्म पनि छैन कति ठूलो फर्केको ।” अनि मैले नतमस्तक जवाफ दिनु कर लाग्यो “मलाई पनि त स्वतन्त्र लेख माग्नुभएको भए अहिलेको अहिले नै दिने थेँ ।” हुन पनि मलाई सुनुवारको सबै कुरा आउनु प¥यो भनेर लेख मागियो । सुनुवारको सबै कुरा खोज्दा खोज्दा मेरो त बाह्र बज्यो । ढिलो भो । १० १२ दिन अगाडि मात्र सुनुवार सेवा समाज कतारबाट निस्किने पत्रिका होमाचिरिमा लेख पडाएँ । यही हो खस बाहुन र सुनुवारमा भिन्नता । यस्ता छन् हाम्रा मान्छे ।
हामी एक रातमा फोकटमा विभिन्न भोजको नाममा थोरै पर्नि ६०, ७० हजार सक्छौं । केही न केही । खायो पियो सकियो । त्यसले कुनै पनि इतिहास राख्दैन । यही बानीले अहिले भन्नु पर्दा हामी हाम्रो बाजेको नाम बाहेक अगाडि जान सक्दैनौ । हजुर बा, जीजु बा, हाम्रो पुर्खाको नाम के हो ? थाहा छैन । यही नलेख्ने नछाप्ने बानीको कारण हामी अन्यौलमा छौं । तर तपाईँ त्यही ६०, ७० हजारलाई व्यवस्थित खर्च गर्नुभयो भने यो जुनीलाई मात्र होइन युगौं युग छोरा नाति पलातिको लागि समेत जीवित बन्नुहुन्छ । लेख्नुस् कथा, कविता, गीत, गजल अनि अनुभव, यात्रा संस्मरण, उपान्यास । ३०, ४० हजार मै १०० पेजको किताब निस्किन्छ । अनि तपाईँ बाँचीरहनुहुन्छ, भानुभक्त, मोतिराम, सेक्सपियर, रविन्द्रनाथ, लेखनाथ, लु सुन, सिल्भीय प्लाथ, साइमन द बुभा, तल्सतायो जस्तै ।
“जहिल्यै पनि मल्टी प्रपोज लिनुपर्छ, समय त्यस्तो भो”, हाम्रा मित्र सुनुवार सेवा समाजका पूर्व सहसचिव एलबि मुखियाले उहाँको कार्यालयमा अस्ति भर्खरै मात्र यसरी सुझाउनु भा थ्यो । अबका दिनमा कोइँच सुनुवारले मल्टीप्रपोज लिएर अगाडि बढौं ।
कविता, कथामा सिर्जना त हुन्छ नै सँगसँगै कवि, कथाकारको इतिवृतान्त पनि लेखिएको हुन्छ यसले उसको समुदाय, परिवारको इतिहास पनि राखेको हुन्छ । तपाईँ तपाईको छोराछोरी, बुबाआमा, प्रियसी, बाजेबजुका बारेमा केही गर्न चाहनुहुन्छ भने म त “पुस्तक छापी दिनुहोस्” कसैको भन्ने गर्छु । मैले देखेको छु- चौतरो बनाको, मन्दिर बनाको, अनि धारा बनाको ती सबै आयुवाला हुन, निस्चित समयमा मर्छन् । पशुपतिको क्रियापुत्री घरमा पहिला एक दुई सुनुवारले बस्ने चौतारो, धारा बनाको देखेँ थेँ । अहिले छैन् । भुकम्पले भत्काई त गो । इतिहास मेटियो खर्च मात्र । खर्च भएपछि जुग जुग रहने गर्ने हो । मलाई सुनुवार सेवा समाजको भवन बन्दै गर्दा “घर बनाउने पैसा हाल्नु प¥यो” भने । मसँग पैसा हुने कुरै भएन । एक त पैसा नभएर पनि हो र अर्को मेरो लिँडे ढिपी पनि हो । मैले जवाफ दिएको थेँ, “म सय वर्षको इतिहास बनाउन चाहन्न । सय वर्षको इतिहासमा गर्व गर्ने मान्छे परिन । हजारौं हजार वर्षको इतिहास बोकेर हिड्नेको लागि सय वर्षको इतिहासमा फुर्ति आउँदैन ।” हिजोआज सम्झिन्छु, ठिकै पो भने कि क्यो हो, जस्तो लाग्छ । अहिले नै पो “१० वर्षमा सुनुवार सेवा समाजको भवन थिलथिलो भै सक्यो ।” तर मैले सङ्कलन गरेका सुनुवार इतिहास, परम्पराहरु गाढा बन्दै गए । हिजो जो जससँग मैले सुनुवारको इतिहास, परम्पपरा सङ्कलन गरेँ धेरै स्वर्गवास हुनुभयो । उहाँहरुको आत्मको चिरशान्तिको कामन गर्छु । दुःख लाग्छ, त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । अब चि हामी समय अनुसार अगाडि बढ्ने हो कि । पूर्व इलाम सम्मेलन यसैको शुरुआत हो सबैको सहयोग भयो भने हामी विजयको पटक फर्फराउने छौं ।

Share

2 Comments to मनमा लागेको खुल्दुली (केही साथीहरुको जिज्ञासको उत्तर)

  1. padam kumar sunuwar jespucha suryebangsi kirati (belayet) says:

    पदम भन्द छ सबै कोइच हरुले अरु को कुरा गर्नु छाड / जाड रक्सि भंग धतुरो नाखावो अनि नापिवो / पढे ग्यान बडावुने लाई छैना समय त्यो हात काटी माग्ने समय गए खेर अ ब त्यो जमाना अ ब त्यो हाम्रा पिता पुर्खज को समय /अ ब नपढी को जमाना भनेको पढेर बैज्ञानिक बनिने जमाना हो तेस्ता कुरा लाई सबै सुनुवार बन्दु हरु ले ध्यान मा राखेर काम गर्नु पर्यो ता-कि सम्पति कमाये भन्छ अनि सम्पति छ भन्छ दिमाग हेर तेस्को कस्तो रहेछ भनेर अनि प्रस्ट हुन्छ यो कस्तो मान्छे भनेर / दिमाग हुने लाई सम्पति को के काम / दिमाग नहुने लाई जति सम्पति होस् वा जति सम्पति को कुरा गरोस दिमाग नभए पछि त्यो सम्पति को के काम / बाहुन छेत्री को हेर्नुहोस नेपाल को पहिलो किताब मा छे-माने छेत्री देख्नु हुने छ भने ये-माने येग-गे मा बाहुन बसेको देख्नु हुने छ त्यो हो उनीहरु को परिचय तेसै-ले मा भन्छु सबै कोइच हरु लाई समय उल्टो भो हामि ले हाम्रै कोइच को इतिहास अझै बुझनु नसक्नु को कारण के हो ? मैले देखे को हिजो मात्रै हाम्रै बा बाजे हरु ले विदेश बाट आएका हरु लाई हाम्रै भुमि को लाल पुर्जा प्रतेक को हात मा भुमि को आधिकार दिने हाम्रै मानिसह हैनन् अनि येस्ता साधाराण कुरा लाई पनि बिर्सिने काम हामि-ले किन गरिदैछ आफै ले सोच्ने दिन आयो भन-ने मेरो भनाइ हो मा पदम कुमार सुनुवार जेस्पुचा सुर्येबंग्सी किराती (बेलायेत ) को भनाइ कस्तो लाग्यो कुरा नलुकाई भन-ने नेपाली भुमि को साची कै किराती सुनुवार को छोरो को येस्तै हुन्छ सोझै कुरो यो कोम्मेंट्स पाठक मित्र हरु लाई मेरो कोम्मेंट्स पढी दिएको मा मुरी-मुरी धन्याबाद अनि १० आउला जोडी सेव छ हजुर मेरो /

  2. padam kumar sunuwar jespucha suryebangsi kirati (belayet) says:

Leave a Reply

Your email address will not be published.