भट्टि भित्र पण्डितहरु

By सङ्केत

हामीसँग एउटा ठुलो घर छ

जस्लाई भट्टी पसल भनेर

संज्ञा दिन्छन यो गाउँका रैथानेहरु ।

भट्टिमा पस्नु अगाडि

कसैले इजारलाई मज्जाले कसेर पसे ।

किनकी मातेपछी

इजार लाउने हविगत हुन्न इनिहरुमा

उक्त्त भट्टिमा पसे पछी

रक्सिले मात्न मात्र पाइन्न

हल्का भट्टी मालिक्नी सँग

गालामा म्वाई खान पनि पाईन्छ ।

पिउनेहरु त्यहाँबाट मातेरनै निस्कन्छन

नपिउनेहरु पनि त्यहाँबाट

हल्का केही बोतलहरु रित्ताएरनै निस्कन्छन

यो भट्टि भित्र पण्डितहरु छिरेपछी

हल्का चकचक गरेर मात्र बाहिर निस्कन्छन

देखेको छु मैले यदा कता

देखेको छु मैले कता कता

कसै-कसैले गीता हातमा बोकेर

केही पण्डितहरु गंगाजल छर्दै

काँधको जनै निकालेर पनि छिरे

भट्टिमा कसैले मुन्धुमको अक्षर पछार्दै

ठुलो घैटोनै मेरो भनेर

आफ्नै सौन्दर्यको बखान गर्न पनि पसे

यो भट्टिमा कसैले बाइबलका पानाहरु गन्दै

जिसस क्रसलाई छाती भित्र लुकाएर

मनमायाको तातो पेटिकोट सापटी माग्न पनि पसे

भट्टीमा कसैले कुर्आनलाई काखिमुनी च्यापेर

मुल ढोकाबाट हैन

जस्केलाबाट पनि छिरे यो भन्ट्टिमा ।

कसैले बुद्धवचनका मन्त्र तन्त्र सप्पै बोकेर

पहेलो धोतीमात्र भिरेर पनि छिरे यो भन्ट्टिमा ।

शिवजी जस्ता जट्टाधारी भएर

पार्वती सँग रसलीला पनि रचे यो भट्टिमा

१ यिनीहरुले;

हो, तिमीले भनेको ठीक हो भनेर

कहिल्यै भन्न सिकेनन्

२ यिनिहरुले

हजारौ मनमायाका मनका बिस्कुनहरु

उज्यालोमा सुकुन भनेर

कहिल्ले हेक्का राखेनन्

३ यिनिहरुले;

भट्टी भित्र पनि मातेको बेला

प्रदेशको सिमाना छाँटेर

बुरुक्क बुरुक्क बेस्कन उफ्रिए

मनमायाको जिन्दगी बन्दकी राखेर

सन्तबीरलाई रेगिस्तानमा धपाउननि सक्षम भए ।

हेल्लो अर्थोडोक्सहरु

यस्तो पनि हुन्छ

अर्कै देशको जस्तो सिमाना सम्झेर

भट्टी भित्र पनि सधैं देश टुक्रिन्छ

मात्र भनिरहने देश बिग्रिन्छ

मात्र भनी रहने कैले सुध्रियो त्यो देश

अनी कहाँ पुगेउ हामी सुधिएका जनताहरु

हन घर भित्र राम्रा राम्रा कोठा निकाल्दा

कसोरी बिग्रन्छ घरको सौन्दर्य ?

माटोलाई माया गरेर

माटो माग्दा कसरी टुक्रिन्छ देशको माटो ?

टुक्रिएको त हाम्रो मन मात्र हो ।

हेक्का रहोस् पण्डित बाजे !

मनमाया जस्तो सस्तो नसम्झ सप्पैको मनलाई

मनमाया अव तिमीले पनि तिम्रो साँउ-ब्याज तिर्न

रक्सिका बोतल भित्र

जिन्दगीका सपनाहरु साट्न छोड्नु पर्छ

जिन्दगीमा बैश साँचेर बाँच्न सक्नु पर्छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *