बल्ला दुई प्रतिष्ठानले कोइँचलाई पत्तायो : बौद्धिक प्रतिस्परधा शुरु

-कोइँचबु काःतिच
२६ माघ, यालाखोम । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र  नेपाल प्रज्ञा प्रतिष्ठानले क्रमशः आदिवासी कोइँच मौलिक साहित्य थेअनिको सैद्धान्तिक सौन्दर्य अध्ययनको लागि ईश्वरकिरण सुनुवार र कोइँच भाषाको निजात्मक निवन्ध लेखनको लागि डा. लाल श्याँकारेलु रापचालाई थोरै भए पनि अध्ययन तथा लेखन खर्च दिएको छ । कोइँच (सुनुवार) भाषाको साहित्य लेखनको चार दशक पछि बल्ला नेपाली साहित्यको इतिहासमा कोइँच भाषाको साहित्यमा सौन्दर्यशास्त्र छ भन्ने महसुश राज्यले गरेको छ । हुन त माओवादी सरकारका वेला विवादित प्राज्ञ चयन हुँदा टिकाराम सुनुवारको नाम पढ्न र देख्नमा आएको थियो । तर ती सुनुवार कोइँच सुनुवार हुन वा दलित सुनार हुन् अभैm अत्तो पत्तो छैन र हाम्रो सम्पर्क आएका पनि छैनन् र उनको नाम ठेगना अभैm पत्तो पाउन सकेका छैनौं । र, कोइँच सुनुवार नै हुन् भने पनि कोइँच भाषा साहित्यका प्रवद्र्धक अवश्य पनि होइनन् र थिएनन् । निजात्मक तीन वटा लामा बास्साइ बाजा, टुङना गीत लेखेर कोइँच साहित्य लेखनको वाश पिदार गर्ने दोलखा फाचे नेपानेका क्या. तिलकबहादुर सुनुवार अहिले धोवघिाट ललितपुरमा बुढौलीले गलेर बसेका छन् । कोइँच सवाई कथ्ने टि. पारगाच कहाँ छन् को हुन् अत्तो पत्तो छैन । (पारुहाङ सम्पादक टंकबहादुर राईका अनुसार उनी खिँचीका हुन् रे भन्नेसम्म सुनियो तर पतता लाग्न सकेको छैन ।) देवी बहादुर, डिकमान विरही, के.वि. जेँतिच यस संसारबाट विदा लिईसक्नु भयो ।
अहिले कोइँच साहित्यले छोटो समयमा केही छलाङ मारेको छ । मृत्यु साँघारमा घिट्घिटो बोकेर बाँचेको कोइँच भाषाले बल्ल राज्यको चिनारी पाएको छ । त्यो भन्दा पनि महत्व त्यस भाषाका लेखक र अध्ययनकरतालाई पत्ताएको छ । यसो भनौं कोइँचमा पनि लेखक छन्, बुद्धिजिवी छन् भनेर बल्ल चिनेको छ । नभए त कुनै अरथ नराख्ने र केही नजान्ने खस बाहुनहरुले मात्रै राज्यको ढुकुटी रितताउने गरेका थिए । आदिवासी जनजातिको कोइँचमा पनि बौद्धिक व्यक्ति छन् भनेर पत्ताउनु कोइँचको लागि केही सुखद पक्ष हो । यसले कोइँच साहित्य र कोइँच विद्वानको कदर हुँदै जाने आशा गर्न सकिन्छ । तर, राज्यले पत्ताएको यो पाटो झारो टारने मात्र पनि हुनसक्छ । यसको लागि आम कोइँच भाषा साहित्यपेरेमिहरुले चासो राख्ने र एकट्ठा हुनु आवश्यक छ ।
फाट्टाफुट्टा सुनुवार सेवा समाजको मुखपत्रमा कोइँच साहित्यको बछिटा परथ्यो, कहिले निवन्ध, कहिले कविता, कहिले गीत । कता कता अन्य पत्रपत्रिकाहरुमा पनि छापिन्थे कविताहरु, लेखहरु । तर केही जागरुक र उत्सुक युवाहरुले कोइँच चुप्लु (चुप्लु समाज)को नामबाट कोइँच भाषा साहित्यको विकास र संरक्षणको लागि संस्थागत पहल गरेपछि भने यसले केही गति प्राप्त गरेको छ । २०६२ सालमा रणवीर सुनुवार र अतीत मुखियाको आर्थिक सहयोगमा देन ए सेरेम फु कविता संग्रह छापिएपछि कोइँच साहित्य विकासको गति कछुवा गति मै भए पनि निरन्तरता चलिरहेको छ । हुन त डा. लाल शाँकरेलु रापचालाई नेपाल प्रज्ञा प्रतिष्ठानमा सिङ्गो पुस्तक लेखकको रुपमा पत्ताइन लगभग दुई दशक लाग्यो । उनले नेप्रप्रमा ५० को दशकमै फुटकर कोइँच कविता, अनुसन्धानत्मक लेख छपाई सकेका थिए । यस प्रवृतिले के कुराको प्रमाणित गर्छ भनेर कुनै पनि साहित्यकार, लेखकहरुमा निरन्तरता दिन अति आवश्यक छ । खहरे भेल जस्तो वर्षमा उर्लिने लेखनले कुनै पनि उचाई प्राप्ति हुँदैन । साहित्य लेखनको तीन दशक पछि अतीत मुखिया अनुसन्धाताका रुपमा पत्ताइन थालेका छन् ।
उनले विगतमा खस भाषाको कृतिहरु थुप्रै लेखे । अभैm अप्रकाशित कृति मौजुद छँदै छन् । तर कोइँच भाषाको खोमिग्युरग्युर कविता संग्रहले उनको लेखनमा ज्यान थपेको स्रष्टा स्वयम स्वीकार गर्छन् । डा. रापचा आपैंmले लेखेका छन् ५० को दशक मै सापुप्लाप्ला भएको उहाँको कविता कृति मातातिक फुले एक दशक पछि पुस्तकाकारको रुप पायो ।
तै पनि खस भाषाको तुलनामा कोइँच भाषाको साहित्य ग्रन्थको खलेउ बन्ने काल अति तीव्र छ । यस भाषालाई राज्यको कुनै ओत लागेको छैन । यो आर्पैm ठिही, तुसारो, छारो, धुलो, हिउँ पानी, झरी, भलबाढीमा संघरशा गरेर बाँच्ने प्रयास गरिरहेको छ । र, अहिले बुद्धिजिवी वर्गको कित्तामा कोइँच भाषा र साहित्य पनि उभिना सफल भएको छ । चुपलु समाजको एक दशक भित्रको प्रयसमा कोइँचको आफ्नै मौलिक सौन्दर्य शास्त्रको निर्माण गर्न सफल भएको छ । रिक (किरात विज्ञान अध्ययन संस्थान), नेपालले किराती भाषा साहित्यको मौलिकता खोजी गरीरहेको छ । यतिबेला आफ्नै मौलिक साहित्य थेअनिलाई विश्व सामु पस्किने प्रयास गरीरहेको छ ।
अब समयले आपैंm प्रमाणित गरदै जाने छ वा हेरना बाँकि छ चीरकालसम्मको लागि क) भौतिक सम्पत्तिको तुजुक गर्ने, ख) पाँडे राजनीतिको गफ दिने र ग) वेहासी गपैmको लागि गफ दिने कोइँच बन्न नसकेको सुनुवारले कोइँचको चिनारी राख्ने छन कि यी दुई संघरसाशिल अनुसन्धाता तथा स्रष्टा इश्वरकिरण सुनुवार र डा. लाल शाँकारेलु रापचाले । चेतनशील कोइँचहरुलाई सोच्ने र ऐक्यवद्धता जनाउने चुनौति र सम्भावना दुवै गतिलोरुपमा खादिमुदि खेशशा उम्रेको छ ।

Share

10 Comments to बल्ला दुई प्रतिष्ठानले कोइँचलाई पत्तायो : बौद्धिक प्रतिस्परधा शुरु

  1. kormoch says:

    Kehi holaa jasto chha. Aasha garau, Ishwor Kiran sir ra Dr Lal sir le Koinch Saundarya Saastra maa gatilo jag basalnu hunechha, ra itta thapne jimmaa sabai Koinch Sahitya premiko hunechha….

  2. kormoch says:

    Kehi holaa jasto chha. Aasha garau, Ishwor Kiran sir ra Dr Lal sir le Koinch Saundarya Saastra maa gatilo jag basalnu hunechha, ra itta thapne jimmaa sabai Koinch Sahitya premiko hunechha….

  3. Dr Lal-Shyãkarelu Rapacha says:

    Thanks. kehi mattai hoina garnu dherai6

  4. Dr Lal-Shyãkarelu Rapacha says:

    Thanks. kehi mattai hoina garnu dherai6

  5. खुसि लाग्यो पढेर .

  6. खुसि लाग्यो पढेर .

  7. Indrasen Sunuwar says:

    Koinch vasa sahityako pragati unmukh khabarle hamro pustalai aafno vasa ra sahitya bare gamvirtapurvak sochna ghachghachae jasto lagyo

  8. Indrasen Sunuwar says:

    Koinch vasa sahityako pragati unmukh khabarle hamro pustalai aafno vasa ra sahitya bare gamvirtapurvak sochna ghachghachae jasto lagyo

Leave a Reply

Your email address will not be published.