फुचे ज्वाइँको सासुसँग झगडा : ख्याति कमाउँदा कमाउदै स्कूल छाड्नुपर्दाको तीतो सम्झना

–बुजिच शाहकृष्ण सुनुवार
२००९ सालमै बनेकोले स्कूलको संरचना बटुवाका लागी भैपरि आए ओत लाग्ने, बास बस्ने पाटी पौवाको रुपमा थियो २०२४ सालमा मैले भूजी कोलडाँडामा पढाई शुरु गर्दा । ब्यबस्थित स्कूल भवन थिएन । न त पानीको सुबिधा नै थियो। तै पनि इन्डिया र अँग्रेज फौजबाट अवकाश प्राप्त भू पु सैनिकहरुले स्वःस्फूर्त २००९ सालदेखि नै स्वयम्सेवकको रुपमा पढाउन थाल्नु भएको थियो । पछि केहि कारणबश स्कूल बन्द भयो। एकैचोटि ६ बर्षपछि मात्र पुनः निरन्तर संचालनमा आयो। त्यतिबेला तलब प्र अ ले रु ३० र सहायकले रु २० पाउने कुरा सुनाउनुहुन्थ्यो।
स्कूलको नाम श्री रामेश्र्वर प्राइमरी स्कूल भूजी कोलडाँडा थियो। नयाँ शिक्षा पद्धति २०२८ साल प्रारम्भ नभएसम्म प्राइमरी स्कूल(प्राथमिक बिधालय) कक्षा १(५ सम्म, मिडिल स्कूल९निम्न माधमिक बिधालय०कक्षा ६(७ र हाई स्कूल ९माधमिक बिधालय०कक्षा ८(१० सम्म पढाई हुने गर्दथ्यो।
मैले त्यहाँ पढन शुरु गर्दा १(२ कक्षासम्म धुले भुँइमा कालो पाटी खरि लिएर भुँइ तलामा सामुहिक बसेर पढेँ।बल्ल कक्षा ३ बाट माथिल्लो तला बेन्चमा बस्ने सौभाग्य पाएँ।त्यहाँ पनि ह्वाङ्गै एउटै कोठा बेन्च र बिध्यार्थी संख्या अनुसार वरपर राखेर छुट्टाइन्थ्यो।शिक्षक आर्मीको भू पु भएकाले हदै कडा अनुशासन प्रशासनको दायरामा पढ्नु पर्थ्यो।यति सम्म कि पाठ कण्ठस्थ सुनाउन नसके फिटरोल फलामे९स्केल०,छडि खाइ हालिन्थ्यो।कक्षा ४ मा पुगे पछि बल्ल सिसा कलम र कपी, अनि कक्षा ५ तिर फाउन्टेन पेन ९फुल्टिन०समाइयो ।चपल,जुत्ताको त कल्पना गर्नै सकिदैन थियो।
गाउँको स्कूल कक्षा ५ सम्म मात्रै पढाई हुने भएकोले र त्यो भन्दा माथिल्लो तह पढन घर देखि निकै टाढा जिल्लामै जम्मा तीनवटा मात्रै हाई स्कूल९रामेछाप,ठोसे र साँघुटार०थियो।ति स्कूलमा पढन जान सर्ब प्रथम बाटो घाटो खोला नाला जंगल बिभिन्न खतरा मोलेर जानु पर्थ्यो।दोश्रा आजकाल जस्तो निशुस्ल्क पढन पाइदैन थ्यो,फी तिरेर पढनु पर्ने र पैसा धेरै महङ्गो थियो।तेश्रो कुरा,देशमा जहाँनिय राणा शासण भर्खरै समाप्त भएको र स्कूलहरु भर्खरै खुल्न थालेका अवस्थामा शिक्षाको महत्व त्यति थाह थिएन ।त्यसैले कोहि पढन जाने आँट कसैले पनि गर्दैनन् थिए।
नयाँ शिक्षा पद्धति शुरु भए सँगै पुराना ति शिक्षक अयोग्य मानेर अवकाश पठाइए र न्यूनतम नर्मल तालिम पास गरेका शिक्षकले मात्र प्रा बि स्तरमा अध्यापन गराउन पाइने भए पछि जिल्ला शिक्षा बाट नियूक्ति लिएर आएका शिक्षक हाम्रो घरमा बस्ने गर्दथे। मैले ५ कक्षा पास गरेर त्यसै घरमा बसेको अवस्था थियो। उनले बिस्तारै मलाई अझ कतै गएर पढन सुझाए।
बुबा आमा भने भित्र भित्रै मेरो बिबाहको तर्खर गर्न लाग्नु भएछ।कारण बुबाको बृद्धावस्था र धर्म परम्परासँग जोडिएर आएको थियो।एक दिन साँझ खाना खाइ सकेपछि साहस बटुलेर बुबा आमासँग सोधेँ।मेरो बिबाहको हल्ला चलेको थाह पाएँ हो भन्दा सहि हो भन्नु भयो, छाँगाबाट खसे झैँ भएँ।
बुबाले आफ्नो श्रीसम्पति पुगेर र रहर नभै अति आवश्यक्ताले गर्न खोजेको कारण र आफु दिना नुदिन बृद्धावस्था भएको र आफ्नो मृत्यु पछि बिबाह कर्म नभएका छोराले गरेको किरिया र दिएको तर्पण आफुले नपाउने बताउँदै निकै भाव बिव्हलताका साथ स्वीकार्न अनुरोध नै गर्नु भएको थियो। दाइको २०२४ सालमा बिबाहको कुरा हुँदा हुँदै हिडनु भएको थियो र चिठी ठेगान केहि थाह नभएको र हालैमा नआउने भएकोले मेरो अनिवार्यता जनाउनु भयो।
मेरो बिबेकले बुबाको आग्रहलाई नकार्नुभन्दा स्वीकार्दै आफ्नो दृढ ईच्छा पढने जाहेर गरेँ। वहाँले सोझै केहि नाइ नास्ति नगरि म सानै भएको, स्कूलहरु धेरै टाढा,खोला नाला,बन जंगल बिकट र पैसाको आवश्यक्ताको माग आपूर्तिका बिबिध समस्याका कारण देखाउनु भयो।मैले बिबाहका लागी ऋण लिनै पर्ने भए पछि पढाईका लागी पनि त्यहि गरौँला, म तिर्छु र ढुङ्गेछाप बसेर रामेछाप पढछु ता कि यहाँ माष्टरको र वहाँको मेरो बसाइ खाना खर्च सबै एकापसमा हिसाब मिल्ने कुरा बताए पछि भने राजी हुनुभयो र बिबाह २०२९ फाल्गुन ६ गते सुसम्पन्न भयो। तत्पश्चात् दुरागुन, ७ दिने फर्काउने सबै सम्पन्न भयो।
अब चाँहि पढ्न हिड्न पर्यो भन्ने बेला बुबाले अर्को जटिल कूटनीति अपनाउनु भयो। त्यो के भने हेर बाबु अब तिमी एक्लै छैनौ, बुढी सासु ससुरालीमा आफ्नो कुरा राखेर स्वीकृति लिएर जानु पर्ने हुन्छ, त्यसैले एकचोटि उता सल्लाह गरेर आउ भन्नुभयो। ठिकै हो जस्तो लागे पनि मलाई अल्झाउन खोजेको जस्तो र मैले त्यहाँ गएर भन्न सक्नु जटिल अवस्था खडा गर्नु भएको थियो।तै पनि केहि दिनसम्म मनमा धेरै कुरा तर्कना गर्दै तयारी भएँ र पनि बिचमा कुरा बिग्रेला भन्ने डरले मध्यस्थकर्ता साथी माष्टरलाई लगेर गएँ।

पुगियो, हालखबर यताउति अरु नै कुराको प्रसंगले मेरो मूल कुरा कहाँबाट कसरि र कस्तो प्रसंगबाट शुरुवात गर्ने ? म त्यति खुलेरै कुरा गर्न सक्ने खालको वातावरण र समिपता बनेकै थिएन। केहि समयपछि भित्रि ह्रदयदेखि नै हदैसम्मको साहस जुटाएर लामो स्वास तानेर हात मोल्दै कुरा राखेको मात्र के थिएँ, सबैजना एकै मुखले कहाँ हुन्छ हुँदैन भनेर यस्तो हतोत्साहित बनाए। केहि क्षणको दोहोरो घमासान बादबिबाद पछि सासु आमा र बुढी सहमत गराउन मैले तेलै पेल्न पर्यो।
भर्खरै मात्र बिबाह भएको १२१३ बर्षको हामी एकापसमा बोल्न त परै जावस् मुखमा हेर्नसम्म लजाउने हामी एकैचोटि बाझ्नुपर्दा मलाई आन्तरिक ह्रदयमा कता कता भारी दुःख पनि लाग्यो र हिडने बेलामा अर्को एउटा साहस जुटाएर घर पछाडि लगेर माफि माग्दै उनिलाई अझ खुबै जान्ने बुझ्ने जस्तै बुद्धि बिबेकले भ्याउन्जेल संझाइ बुझाइ शिक्षाको महत्व र भबिष्यको मिठो सुन्दर कल्पना देखाएर अझ बिस्वासमा लिएँ र बिदा मागेँ।
घरमा पुगेपछि बुबाले के भो कुरा मिल्यो भनेर सोध्नुभयो। मैले जसरि पनि मिलाउन परि हाल्यो नि त भने। कहिले जाने त भनेर सोध्नु भयो सकभर म त भोलि नै हिडछु भनेपछि ल ठिकैछ भनेर तयारी गरिदिनुभयो। बिभिन्न रीति रिवाज ताना बाना गलबाज सबैबाट उन्मुक्त भएर रामेछाप हिडन तयार हुँदासम्म त्यो बि सं २०२९ सालको चैत्र महिनाको अन्तिम भैसकेको थियो।
रामेछापमा पढनका लागी घरबाट माष्टर टेक बहादुर कर्माचार्यसँग हिडियो।सिरिसे बेँसी बाटो धेरै फेरो, खोलानाला धेरै उकालि ओरालि पनि धेरै भएकोले साब्राको सिरान निस्केर कुपिन्डेको खोप हुँदै हात्तीढुँगा सैपुको सिरान निस्केर भयंकर डरलाग्दो अति साँघुरो भीरको बाटो बुर्स्वापाखा नाघे पछि बल्ल धोबि पुग्दा मध्य दिन भैसकेको थियो। त्यो भीर जंगलमा घाँस दाउराका लागी मानिस आए पनि चोरि डकैतिको डर लाग्थ्यो। मैले शिक्षक गर्दा समय ताका धोबीको तामाङ थरका प्रधानपञ्चले महिलालाई अनैतिक गर्भवती बनाएपछि यहि भीरमा लगेर गुल्टाएका हुन रे भन्ने हल्ला थियो। सरकारी कर्मचारी यहि बाटो ह्ड्दिा सिडियोको घोडा लडेर मरेपछि बल्ल त्यो फराकिलो बाटो धेरैपछि खनेको हो।

धोबी चौतारि मानेको छेउछाउ तामाङनीहरुले बिभिन्न किसिमको जाँड भाती छ्याङ रक्सी बाटैमा बेच्न राखेका हुन्थे। त्यहि तामाङ प्रपंको घर छेउछाउतिर लुगा पसल चिया दोकानहरु पनि थिए। अगाडि काङ्बाको फेरो, थलहरि ओरालो र तेर्सो पाखो, कबिलास ओरालो हुँदै सालु पुग्दा साँझ भैसकेको थियो।
तैपनि घरै पुग्नका लागी हिडियो र ढुङ्गेछाप पुग्दा लगभग बेलुकीको नौ बजि सकेको थियो।बिहान खाना खाएर वहाँले एक डेढ घण्टा हिडाएर रामेछाप गौरीशंकर हाई स्कूलमा लगेर भर्ना गरि दिनु भयो।त्यसपछि मेरो बसाइ ढुङ्गेछाप र रामेछाप दैनिक ओहरदोहर हुनथाल्यो।
म भर्ना हुँदा ०३० बैसाकको पहिलो हप्ता शुरु भैसकेको थियो। मेरो रोल नम्बर ५४ अन्तिम थियो। पढाइ लगभग ४ महिना बितिसकेको थियो। एक्लो फुच्चे सबैले हेप्ने भएपछि मैले मेरै सम कालिन साथी लक्ष्मण भूजी रुनाको जिमुवाल बाजेसँग २र३ पटक गएर नातीलाई पढ्न पठाइ दिनुपर्यो भनि अति बिन्ती भाव फकाइ फुल्याइ गरेपछि लक्ष्मणलाई लान सफल भएँ र उसको रोल नम्बर ५८ थियो क्यार।
दुवै जनासँगै बस्ने सुत्ने आउने जाने खाने गरियो। पढाइ एक डेढ महिना नभै अर्ध बार्षिक परीक्षा शुरु भैगयो। जेनतेन परीक्षा दिइयो, रिजल्ट सोचेभन्दा धेरै राम्रो भयो। मेरिट सिस्टमको नतिजाले हामी दुवैको रोल नम्बर ह्वात्तै घटेर धेरै अगाडि मेरो १० भित्रैमा पर्यो र उसको १४र१५ त्यस्तै कतिमा आयो।
ढुङ्गेछापबाट स्कूल जानु पर्ने तर खाना सँधै ढिला पाक्ने भएकोले प्रायस् अबेर पुगिन्थ्यो।कुनै बेला त पहिलो पिरियड सकेपछि मात्रै पुगिन्थ्यो।किताब १९ वटा पढनु पर्ने भए ता पनि मसँग २र४ वटा मात्रै थियो, त्यो बेला बर्षेनी किताब छापिने र फेर्नु पर्ने थिएन।कथं कदाचित एउटा किताब अघि पछिको ८र१० पाना च्यातिइ सकेको भए पनि दाम हचुवामै बडाबडमा किन्न पर्ने अवस्था हुन्थ्यो,त्यस्तै क्रममा भालुखोपतिरको गिरिराज भन्नेसँग झगडा परेर मेरो घाँटी निमोठेको अझै झल्झलि संझन्छु।
किताब नभएको र घरबाट संघर्षका साथ पढ्न भनि आफ्नो अड्डिले निस्केको मानिस फेल भैयो भने काखि बजाएर खुचिङ गरि माग्ने ठुलो डर ममा भित्रि मनैदेखि थियो। तसर्थ कक्षामा सँधै त्यस्तो होहल्लाको बीचमा पनि बहुत ध्यान एकाग्रता गर्दै गुरुहरुले पढाएको राम्ररि सुन्ने कोशिस गर्थेँ। पछाडिबाट कोट्टयाउने लातले पिठ्यूँतिर हानि राख्ने गर्दा मेरो ध्यान अर्कैतिर खिचिन्थ्यो।
एकदिन सालुका दिलिप खत्री सरले अँग्रेजी बिषय पढाउँदै गर्दा त्यसरि नै अवरोध गरि रहेको पाएँ,पछाडि फर्केर हेर्दा नारायण घिमिरे भन्ने केटाले खुट्टाका ओैँलाले घरि घरि कोट्टाएको कोट्टाएकै गरेपछि राम्रो मुखले दुइ चोटिसम्म नगर न भन्दा पनि नटेरेपछि पछाडि फर्केर एकै चोटि एक चडकन गालामा मात्र बर्षाएको के थिएँ, ऐयामा मार्यो भनेर कराउनु र गुरु दौडेर मेरो कान समाउन खोज्नु एकै चोटि जस्तो भयो। मैले मेरो दुवै कान आफ्नै हातले छोपेर समाउन दिन ईन्कार गरेँ। गुरुले किन तिमीले उसलाई पिटेको भनेपछि मलाई हैन उसलाई सोध्नोस् न मेरो कान किन तान्ने नि भनेपछि उसलाई सोध्नु भयो तर केहि भनेन र मैले सबै कुरा बताएँ । उ चुप्प लाग्यो। बल्ल उसको कान तानेर पिरियड नसकुन्जेल बेन्चमा उभाउनुभयो । त्यहाँदेखि हतपत कसैले जिस्काएनन् तर बिच बाटोमा निहुँ खोज्ने हिर्काउने कुकुर लाउनेसम्म गरिहाल्थे।
त्यसैले हिलेपानीको बाटोभन्दा बच्नको लागी माथिल्लो बाटो तार्कुसे डाँडैडाँडाको बाटो धेरै हिडियो। त्यो बाटो हिडदा किर्तराम घिसिङ, तिर्थराम घिसिङ, पूर्ण लामा ठुलो कक्षाका दाइहरु र कक्षा साथी हिम्मत सिँह श्रेष्ठ९लेकाली०, लक्ष्मण र म गफिदै हिडदा भोकले टाट भए पनि क्या आनन्द आउँथ्यो१
पछि मार्गशिरमा बार्षिक परीक्षा भयो । चारदिनपछि कक्षा आठको कार्की थरको एक जना दाइले संस्कृत चन्द्रिका त्यत्रो ठूलो किताबै चीटको रुपमा हेरेर लेख्न लाग्दा गजुरेल थरका सरले जफत गरेपछि बिबाद बढेर हडताल मच्चाउने, गुरुहरुलाई नै पिटने र धम्की दिने भए पछि परीक्षा अनिस्चित कालिन स्थगित भयो।
त्यसपछि दैनिक जाँदै सूचना हेर्दै फर्कँदै बल्ल हप्ता दशदिन पछि परीक्षा पुनस् सञ्चालन भयो।कक्षा आठ र नौमा पढने दुइजना कार्की थरका दाइहरु प्रहरि हिरासत राखिएको र पछि हिरासत मै धम्क्याउँदै परीक्षा दिनु भयो रे भन्ने होहल्ला सुनिन्थ्यो।मैले कोलडाँडामा पढ्दा गुरुकूलको नियम पालना गर्दै कडा अनुशासनका बिच गुरुदेवो भवस्भन्ने खालको शिक्षा पाएको केटो त्यसरि गुरुलाई पिट्ने गाली बेइजेती गरेको आफ्नो आँखाले देख्दा र जबर्दस्त उनिहरुले हामी साना भाइहरु समेतलाई उनिहरुको समर्थनमा हिडाउँदा लाग्न सम्मको दुस्ख लागेर आएको थियो,तर के गर्नेरु
परीक्षा सके पछि केहि दिन बिदा भयो।स्कूल खुलेपछि नतिजा निस्क्यो।मेरो लागी निकै राम्रो उपलब्धीमूलक भयो भनि ठानेँ,कक्षामा म चौथो भएछु।संस्कृत बिषयमा त प्रथमलाई पनि ५ नम्बर र शंकर प्रसाद सत्याल गुरुको ५ नम्बर ग्रेशसमेत १० नम्बरले अगाडि रहेको कुरा कक्षा कोठामा उत्तर कपी सहित मलाई देखाउँदै ल हेर१यो एउटा गाउँदेखि आएको सुनुवारको छोरोले ४र५ महिनामै यस्तो प्रगति गर्दा तिमीहरु क्षत्री बाहुनका छोरो भएर शर्म लाग्दैन भन्दै सबै कक्षामा डोर्याउँदै लग्नु भयो जुन आजतक मेरो लागी महान उत्प्रेरकको रुपमा मेरो ह्रदयमा वहाँ अबिस्मरणीय अजर अमर हुनु हुन्छ।
कक्षा सातको पढाई शुरु हुन लागेको थियो।
पहिलाको प्रअ राम ब।महत बिजुलिकोटको वहाँलाई दोलखा मेलुङ सरुवा गरिएछ कारण त्यो परीक्षामा बिधार्थीले शिक्षक पिटने र हडताल गर्ने बेला वहाँ अनुपस्थित हुनु भएको थियो।कक्षामा महा ज्याङ्गो हेर्दा पनि डरै लाग्ने खालको नयाँ प्रअ गोरे ब।खपाङगी सरले पहिलो दिनमै हाजिर लिने क्रममै रोल क्रमानुसार राम्ररी शीरदेखि पैतालासम्म हेर्दै परिचय गर्नु भएको थियो।
मेरो क्रममा सुनुवार भाइ तिम्रो घर कहाँ कति टाढा पर्छ भनि सोधे पछि मैले अरु मानिस लाई डेढ दिन र मलाई छ घण्टाको बाटो हो सर भन्दा अचम्म मानेर ए।।हो१त्यति टाढा बाट आएका रहेछौ,ल कक्षामा राम्ररि पढनु है भन्दा मनोबल उच्च भयो।वहाँ जहिले पनि मलाई देख्ने बितिकै यता आउ त भन्नु हुन्थ्यो र के छ ठिक छ भन्दै टाउकोमा हत्केलाले थप्थपाउँदा मेरो दिमागै हल्लेर पृथ्बी घुमे जस्तो हुन्थ्यो र २(३ पटक पछिबाट भने नदेखिनको लागी छलेर अर्कैतिर लाग्थेँ।पढाउँदा मिहिन तरिकाले बुझाएर पढाउनु हुन्थ्यो र तत्कालै पक्षपोषण लिइ हाल्नु हुन्थ्यो।त्यस्तै सि पि गजुरेलले पनि त्यो बखत त्यहि पढाउनु हुन्थ्यो।
फाल्गुनमा स्कूल जन्मोत्सव मनाउन बिभिन्न कृयाकलापमा भाग लिने क्रममा १०० मिटर दौडमा प्रथम,कबितामा प्रथम र पढाईमा सान्त्वना पुरुस्कार लगातार थाप्दा जिल्लाका प्रजिअ, जिशिअ, जिल्ला सभापति लगायत बिभिन्न थुप्रै गन्यमान्य ब्यक्ति मलाई निकै घोत्लिएर हेर्दै सोधखोज गरिरहेका थिए। त्यस दिनदेखि मलाई रामेछाप बजारमा लगभग प्रायस् अफिसका ठूला मानिसले ए।।यो फुच्चे त यस्तो उस्तो भन्दै प्रशंसा गरेको पाउँथेँ।
श्रीगौरीशंकर हाई स्कूल रामेछापमा मेरो यस्तो राम्रो धरातलीय पृष्ठभूमी बन्दा बन्दै छोडनु पर्ने मुख्य कारणहरु मुखियाले दुइ महिनाको फी खाइ दिएको, २र४ जना केटासँग सँधै हेपिनु पर्ने स्थिती, बाटो घाटो टाढा त्यै माथि लगेको साथी लक्ष्मणले पनि छोडेर अर्कै ठाउँमा गएपछि मलाई त्यहाँ छाडनु पर्ने बाध्यता श्रृजना भयो र मन नलाइ नलाइ छाडनु पर्यो।
………………………….
७४ओैँ लकडे पोखरा

Share

One Comment to फुचे ज्वाइँको सासुसँग झगडा : ख्याति कमाउँदा कमाउदै स्कूल छाड्नुपर्दाको तीतो सम्झना

  1. सुरुमा पढाउने पूर्ब सैनिक शिक्षक चाहिँ को हुनुहुन्थ्यो ? बुझ्न पाए हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *