फागुन १0 र २४ का लागि कोइँच युवाहरु जोसिँदै छन्

हिजोअस्तिको भन्दा कम चिसो तर धुम्म छ मौसम आज विहनको । ट्याँ ट्याँ टुँ टुँ चर्को हर्नसहित गाडी आफ्नै गतिमा हुइँकीरहेको छ । सुनिको काममा हिडेका र स्कूल, कलेज जानेहरुको भीडमा जुत्ताको टक टक धुन एकापसमा बढो प्रतिस्पर्धी रुपमा जुवारी खेलीरहेका छन् । म त्यो जुवारीको साँक्षी बनेर हिड्दै छु मनमा नानाथरी कुराहरु उमार्दै । मेरो एकाहोरिएको मौन व्याँडमा फापिदुपि मडारिएर ह्वा.त्त छिर्छ, “सेउ, गोम–रो, दोत–थि ? वोनान गाअÞचा दुम–मे ?” हँ, कस्तो सधैं नजीकबाट अनुभूत गरेको उच्छ्वास । झस्किएर हेर्छु एक हुल हिजो कोटेश्वरमा सँगै नाचेका वार–चिहरुको हुल–मा पो – जीवन, सागर, लेखबहादुर, मिलन, देवराज, दुर्ग, रवि, विक्रम, मुना, मलाई नाच्ने सिकाउने हरिमाया र अरु धेरै ।
“मामे एँ, ते गाअÞचा दुम–मे ?” – मैले सबैलाई साझा शब्द गुच्छा ओकलेँ ।
“ए, गोम–रो यो, था छैन र ? पर्सि फागुन १0 गते कोइँच साँस्कृतिक कार्यक्रम हुँदै छ नि कोटेश्वरमा सुनुवार कलाकार समाजले गर्ने । हो, त्यसको लागि नाच रिहर्सल गर्न कोटेश्वर हिडेको ।”
देवराजको बोली रोकिना नपाउँदै हाँसिला फर्सिला जीवनले जोसिएर थपी गए,– “फागुन २४ गाते सुसेस काथ–मान–दु, विद्यार्थी नु युवापुकि गार–शा पिकनिक यो लानालान निकि । मेकोके तिकात योअÞथि यो गाअÞशो ।”
हजुर, उहाँहरुको यस्तो जोश जाँगर देखेपछि मलाई सुनुवार सेवा समाजले फागुन २४ गते आयोजना गर्ने पिकनिक कार्यक्रम र फागुन १0 गते सुनुवार कलाकार समाजले गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुँदिन भन्न सक्दै सकिन । फेरि हिजो कोटेश्वर नाचेको धङ्धङी पनि त मेट्नु छ, मनमनै सोचेँ ।
यो हुल–माले अब कुनै पनि कोइँच र काठमाडौं खाल्डोमा भएको कोइँचहरुलाई नछाड्ने रे । कतिबेला कुन चाहिँ कोइँचको घरमा पुग्लान सोच्दै छु । जे होस यो जोशजाँगर निरन्तर रहोस् कामना गर्दै बाटो लागेँ– “ला रिम–शो पाचा । नाइच–चा दुम–सिन मादुम–बा एँ ।”
“ए हो हाजुर, दोत–थि गे ? कुप–फिमि दा ब्लेअÞशान पिचा माल–बात एँ । इनकालिन ग्लुम–चा दे गाअशो नाकि लाँमिन काका ग्लुम–साउ । मुल सिल पाचा माल–ताउ शाँ मिनु हजुर । फागुन १0 सिल–कुम–सो मिनु फागुन २४ मि पिकनिक गेरापेन–मा बा । मुल मेको गेरापेन–मामि ब्लिप–चा माल–ताउ शाँ ।” – लेखबहादुर सुनुवारले च्याप–पा सामाती गए त अर्का एक जना कोइँच साथीलाई । उहाँ हेर्दा डेम्मा पेट लागेका खाइलाग्दा बढो ह्याण्डसम हुनुहुन्थ्यो । म भने उहाँहरुलाई यार मिअÞचिले हेर्दै अगाडि बढेँ । मन मनै एउटा हिल्लोहिअÞसि उठीरह्यो, “मामे सोबा जेँतिच चिँ ते योल–मे एको हुल–मा ला ब्लाःशा ?”
हजुर, आदरणीय कोइँच सामिबु, सम्झनुस् त फागुन १0 र २४ को कार्यक्रम । अबश्य यी कार्यक्रममा सहभागी हुन नछुटाउनु होला । यस दिन तपाईँले अन्त कतै कार्यक्रम नजुदाउनुस् यी कोइँच युवा साथीहरुले तपाइँहरुलाई छुटाउने छैनन् घरघर आउँदै हुनुहुन्छ ।

Share

Leave a Reply

Your email address will not be published.