प्रेमानुभूति

आज एका विहानै हावाको एक झवाक्काले मेरो कानको जरीमै बलियो र अनौठो उच्द्ध्वास दिएर गयो । मेरो आङ नै जिरिरि गर्‍यो । कस्तो कस्तो नौलो । कता कता काउकुति लगाउँदा पेट संकुचित भए जस्तो । मनमा तुलबुल तुलबुल । अनौठो चुम्बन, भित्री मनदेखि त्यसलार्इ कहिल्यै नविर्सीने गरी अनुभूत गरेँ । मन मनै कुरा खेल्न थाल्यो । जा है ! आज विहान किन यस्तो भर्इ रहेको छ ? दिनहरु सधैंका जस्ता छन् । हिउँदाको समय । काठमाडौंको यो चीसो, कठिङ्ग्रीने जाडो मौसम । विहानहरु साधैं आउँथे जान्थे । उस्तै लाग्थ्यो । हुस्सुले ढाक्यो अलि तातो । खुला भयो चीसो तुषारो । मलार्इ कहिल्यै फरक अनुभूति हुँदैन थियो । किन आज त्यस्तो भयो । मन मनै अनेक प्रश्न खेलीरहृयो र प्रश्नको जवाफ खोजीरहेँ । मनभित्र अनेक तर्क-वितर्कहरुको अपासमा घमासन युद्ध भयो । दस बर्से जनयुद्धाको जस्तै छापामार शैलीमा । मेरा गोर्खाली दाजुभाईले अफ्गानिस्तान, इराक, मलेसिया र फोकल्याण्ड टापुमा युद्धा गरे जस्तै ।
जिन्दगीमा कहिल्यै प्रेम गरेको अनुभूति थिएन न युद्ध नै । अरुले भनेकोसम्म सुनेको थिएँ ‘प्रेम अन्धो हुन्छ’ । शायद हो रहेछ क्यार । थाहै नपार्इ मेरो कसैसँग मायापिरती बसीसकेको रहेछ । हिजो मात्र मेरो कपाललार्इ काटेको थिएछु । साला, यति सम्भिmनु पनि कति समय लाग्यो । कानको जरी न्यानो राख्न मैले कपालसँग पो प्रेम गरेको रहेछु ।

Share

Leave a Reply

Your email address will not be published.