प्रणय दिवसमा प्रेमिकासँग मनको कुरा

-कोइँचबु काःतिच

मेरी प्रिय,

यो प्रणय दिवसको औसरमा

अलिकति

बजारमा चलेको समावेशी, सहभागिता

र, असली सामुहिक अधिकारको कुरा गरौं है,

हुन्छ हैन त ?

१) प्रिय सोच त, पिजडाको सुगा र वनको सुगाको के अन्तर छ –

२) अब भन त, वनको सुगाले कस्तो अधिकार खोज्ला ? अनि पिजडाको सुगाले कस्तो अधिकार खोज्ला ?

३) विचार गर त, पिजडाको सुगाले खोजेको हकअधिकारले सुगाको अस्तित्वको रक्षा हुन्छ कि ? वा वनको सुगाले खोजेको हकअधिकारले सुगाको अस्तित्वको रक्षा हुन्छ ?

४) कल्पना गर त, मानिसले पिजडाको सुगाको अधिकारलाई सम्बोधन गर्ला कि वनको सुगाले खोजेको अधिकारलाई सम्बोधन गर्ला –

५) अनुमान लगाउ त, मानिसले कसलाई बढी मन पराउला वनको सुगा कि पिजडाको सुगा ?

६) प्रिय भन त, भावी सन्ततीको लागि पनि सोच्ने हो भने मानिसले कस्को अधिकारलाई स्थापित गर्न विचार गर्नु पर्ला ?

७) हजुर, यता सुन न मेरी प्रिय – हामी पनि प्रष्ट हुनु छ कि पिजडाको सुगाले सम्पूण् सुगाको व्यथा बुझन सक्दैन । उ मानिसको संगत, वस, मोहमा परेको छ । मानसिक, शारारीरिक विकलङ्ग भै सकेको हुँदा सुगामा हुनु पर्ने गुण हराइसकेको छ । उसलाई दुध भात प्यारो हुन्छ । मानिसले जे बोल्यो त्यही बोली प्यारो लाग्छ । उडेर जंगल पस्न मन लाग्दैन । र, मानिसकै चाकरी गर्छ । मानिसको खेेलौना र शौख बनेर बाँच्न बस्न मन पर्छ । उ माथि मानिसले गरेको ज्यादाती, अन्यय-अत्यचार कुनै पनि हालातमा महशुस हुँदैन । बरु वनका सुगालाई अभागी ठान्छ, काम नलाग्ने ठान्छ, र, मुर्ख भन्छ । पिजडाबाट मानिसले छाडी दिँदा पनि उ मानिसको आँगन छाडेर आफ्नो पुख्र्यौली थलो वन जङ्गल जाँदैन । उ आफ्नो पिजडालाई आधुनिक अन्य सुगाले बस्न र सोच्न पनि नसक्ने सुखसयल सम्पन्न महल ठान्छ । आफुलाई बन्दी भएको कुनै पनि हालातमा सोच्दैन । बरु सबैलाई पिजडामा कैद बन्न उक्साउँछ ।

अँ प्रिय महशुस गरेका छौ नि, हिजोआज जतासुकै आदिवासी जनजातिको समावेशी र सहभागिता भएको देखिन्छ । तर मानिसको बोलीको नक्कल गर्न सिकेका पिजडाका सुगा मैनालाई घरमा पालेर वन जङ्गलको चराको प्रतिनिधित्व छ, समावेशी र सहभागिता भएको छ भने जस्तै भएको छ । त्यस्तो प्रतिनिधित्वले उठाउने कुरा भनेको आफ्नो असली बोली र व्यवहार, थाँतथलो विर्सको सुगा मैनाले बाराम्बार बोल्ने उही “गोपीकृष्ण कहु” जस्तो मात्रै हो ।

यसैले प्रिय, हामी आदिवासी जनजातिले कहिल्यै विर्रर््सनु हुन्न कि “हाम्रो संस्थागत प्रतिनिधित्वको सुनिस्चितता हुनुपर्छ भन्न” । अनि मात्र हाम्रो सामुहिक अधिकारको सुनिस्चितता हुने छ । हाम्रो संस्कार-संस्कृति, भाषा, भेषभूषा, चालचलन, जीवनशैली, परम्परागत सीप ज्ञान र थाँतथलोको संरक्षण हुने छ ।

Share

Leave a Reply

Your email address will not be published.