पारुहोपो सुम्निमामा (नाम्सि फु)

– Koinch Bu Kaatich
पार्मोसिरिको सौन्दर्य सिर्जनाले वनजङ्गलले पृथ्वी हरियाली हराभरा भयो । विभिन्न किसिमको फलपूmलले पृथ्वी सुगन्धमय त भयो । तर घाँसपात, फलपूmल खाइदिने कुनै पनि जीवजन्तु नभएपछि त्यसै कुहिएर गए । त्यसै त्यसै भुइँमा झरेर खेर गयो । झारपात, लहरा, रुख विरुवाले पृथ्वीलाई ढाक्दै गयो । जलथल सबै हरियो नै हरियो भयो । यस्तो अवस्था देखेर इँगिले पुनः तायारिप्चि सायारिप्चिलाई प्राणीको सृष्टि गर्न अह्राउनुभयो । सर्वव्यापी इँगिको आज्ञापालन गर्दै तायारिप्चि सायारिप्चिले पार्मोसिरिको सहयोगमा ब्रह्माण्डका विविध तत्वहरुको समायोजन गरेर र्य र रजको सृष्टि गर्नुभयो । यही वीर्य र रज धारण गर्ने शरिरका रुपमा बिभिन्न जलचर थलचर तथा उभयचर जीवहरुको सृजना गर्नुभयो । ती मध्ये सबैभन्दा पहिला जलमा बस्ने प्राणीको सृष्टि गर्नुभयो । यसरी पृथ्वीमा साना मसिना जीवहरुको सृष्टि गर्दै ठूला ठुला अजङ्ग शरीर भएका साकाहारी जीवहरुको सृष्टि गर्नुभयो । सबै जीवहरुलाई सन्तान उत्पादन गर्न एक निश्चित आयुको निर्धारण गर्नुभयो । जीवहरुले बोट बिरुवा खाएर बोटविरुवा नियन्त्रणमा ल्याए पनि जीवजन्तु पशुपंक्षीहरुको संख्या भने तीब्ररुपकमा बढ्न थाल्यो । यो त झन अनिष्ट हुने भयो भनि पार्मोसिरिलाई जीवहरुको संख्यामा सन्तुलन ल्याउन फेरि परभाक्षी मांसाहारी जीवहरुको सृष्टि गर्न लगाउनुभयो । यसरी विभिन्न खाले जीवहरुको सृष्टि गरेपछि पार्मोसिरि बढो हर्षविभोर हुनुभयो । अनि आफुभित्र भएको स्त्रीरुप र पुरुषरुपलाई छुटाएर छुट्ट छुट्टै विचरण गर्ने विचार गर्नु भयो । यसैले पुरुष रुप पारुहोपो र स्त्रीरुप सुम्निमामा अलग अलग हुनुभयो । पुरुषरुप पारुहोपो सेतो रङमा परिणत भएर आकाशमा घामतिर लाग्नुभयो । स्त्रीरुप सुम्निमामा अर्थात् सिरि धर्तीमै चराचुरुङ्गी, जीवजन्तुहरुसँग रमाउन थाल्नुभयो । धेरै समयसम्म पनि उनीहरुको भेटघाट भएन आ–आफ्नै सन्सारमा रमाएर बस्न थाले । सुम्निमामालाई सुसि बारिङ होपो हावाले संरक्षण प्राप्त भयो । उनले सुसि बारिङ होपोसँग तान बुन्ने सिप सिकीन । पारुहोपोले पनि सुम्निमामा के गर्दै होलिन् भनेर सम्झिे । सुनको थाक्रि र सुखुप अनि क्योङ मायाको चिनो बोकेर आकाशबाट धर्तीतिर सुम्निमामा खोज्दै आए । सुम्निमामाले जिन्दगीको कथालाई अजङ्गको ठूलो तानमा बुनीरहेकी थिइन् । पारुहोपोले उनको लगाब देखेर त्यस्तो शुभ कामलाई नविथोल्ने विचारले सुनको सुखुप, थाक्रि, क्योङ उनको अगाडि खसाइ दिए र फर्के घामतिरै आकासमा । पशुपंक्षीको जोडी देखेर उनले प्रेमभाव जाग्यो । र, पारुहोपोलाई सम्झिन थालिन । उनलाई आफ्नो अर्धाङ्ग पारुहोपो नै हो भन्ने शंका लागेर मुक्दुमि विद्या जापेर दिव्यदृष्टिले हेर्दा साँच्चिकै पारुहोपो आकाशमा कावा खाँदै आफ्नै तालमा स्वाच्छन्द घुमीरहेको देखिन । अनि तायारिप्चि सायारिप्चिलाई पारुहोपोको प्रेम प्रस्ताव स्वीकार गरेको बताइन् । तायारिप्चि सायारिप्चि पारुहोपोलाई आफ्नो बुबा रुमुहोपो राँकोच सूर्यलाई लिएर सुसि हावासँग सुम्निमामा माग्न जान आह्राए । पारुहोपो तायारिप्चि सायारिप्चि कोङ्पि लिएर आफ्नो बुबा रुमुहापो साथमा सुम्निमामाको बुबा सुसि बारिङहापो भएको ठाउँमा गए । तायारिप्चि सायारिप्चिको मुखबाट सुसि बारिङ होपोले पारुहोपो र सुम्निमामा वीचको प्रगाढ प्रेमका वारेमा थाहा पाए । अनि सुसि बारिङ होपोले नाम्सि फु, मायाको पूmलको प्रतिक स्वरुप वसन्तमा फुल्ने सुन्दर गुलाफी रङ्गको खालाम पूm रुमुहोपोको हातमा सुम्पिँदै भन्नुभयो, “मेरो फुलबारीको सुन्दर फुल, मेरो कुलको गहना, यो धर्तीको सुन्दर मायाको पूmल नाम्सि फु, तायारिप्चि सायारिप्चि साँक्षी राखेर तपाईँको फुलबारी सजाउन सुम्पेको छु । ओइलिएर नजाओस् । सुकेर नजाओस् । हाँगा भाँचिए पनि बोट नभाँचियोस् । पात झरे नि बोट नढालोस् ।” अनि जीवजन्तु र चराहरुको लालालस्कर लगाएर विवाह भयो । यसैले अभैm पनि कोइँचमा मायाको चिनो दिँदा काइँयो, बिनायो, ठाक्री दिने र विवाहमा बेहुलीको बाबुले बेहुलाको बाबुलाई छोरी दिँदा मायापिरतीको पूmल स्वरुप एक थुँगा पूmल नाम्सि फु दिने चलन छ । कुनै केटाकेटी वीच मायापिरती बस्न लागेको रहेछ भने अभैm पनि ए इः नाम्सि फु बोने, भनेर जिस्काउने चलन यथावत छँदै छ ।

Share

Leave a Reply

Your email address will not be published.