पहिचान गुमाउनु परेकालाई साथसहयोग गर्न अव जुट्ने पो हो कि –

DSC_0023
कोइँचबु काःतिच
अझै पनि सुनुवार चिनाइरहनु पर्छ र पहिचान त आफैंले पो बनाउने हो त भन्नेसँग के यी घटनाहरुको जवाफ छ होला ? डोहटिया, असनपुर ९, सिरहामा बसोबास गर्दै आएका शिवकुमार लारामको नागरिकता हेरिउँ भने उनी बकाइदा सुनार भनेर चिनिन्छन् । राज्यले दिएको उनको चिनारी दलितको छ तर उनी कोइँच (सुनुवार) हुन् । तीन दशक उमेर नाघेका शिवकुमार निरक्षर छन् । उनले धनुषा जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएका छन् । उनी आफुलाई सुनार भएको कुनै पनि अत्तोपत्तो छैन । हामीले तिरेको करले तलब भत्ता खाएर बसेको कर्मचारीले हाम्रै पहिचान निमिट्यान्न पारेका छन् । अन्जान आदिवासी जनजाति कोइँचहरुको यसरी नै पहिचान हराउँदै गएको छ ।
पुर्ख्यौली थलोका कोइँचहरुलाई सुनुवार हुनुमा कुनै पस्चाताप र आत्मग्लानी नहुन सक्छ तर आफ्नो मुलभूमि छाडेर वाध्येतावस पराइभूमिमा बसोबास गर्नु परेको सुनुवारहरुको समान पीडाबोध छ । झापाका इन्द्रबहादुर रुपाच मुखियाले भने म एक अंग्रेजी शिक्षक, मुखिया भएर कोइँच सुनुवार बन्न कति गह्रो भएको छ भन्ने कुरा मलाई मात्र थाहा छ । उनी मात्र होइन मकावनपुरका अर्का शिक्षक रामकुमार शिकारीलाई पनि शिकारी भएर सुनुवार बन्न साह्रो गाह्रो भएको छ । उनको गाउँमा एक परिवारले त लिम्बु बनेर नागरिकता लिएको छ । अब कसरी सुनुवार बनाउने ? उसका छोराछोरी सबै लिम्बु हुने भए भन्ने उनको चिन्ता छ । उनले भने मलाई मेरो नागरिकताको नाम थर बताए पछि सबैले सोध्छन् शिकारी त बेसरी गरिन्छ होला हगि – के के को शिकार गर्नु भएको छ ?
वास्तावमा उनलाई कसरी शिकारी थर रहृयो थाहा छैन । राणकालिन समयमा भैरव नामक एक शिकारी पल्टन थियो । त्यस समयमा धेरै कोइँच शिकारी बनेर मुलुकका धेरै ठाउँमा बसोबास गरेका छन् । ललितपुरको ठूलो दुर्लुङ, काठमाडौंको बजेनी, मकवानपुरको हेल्टुँडा भैरवथान, टिस्टुङ पालुङ, चितवान, बारा, र्सलाही, सिन्धुली, रामेछापको भीरपानी, गोरखाको थलाजुङ, उदयपुर, सिरहामा तत्कालीन सरकारले नै बाघ, भालु नियन्त्रणको लागि कोइँच परिवारलाई राखेको थियो । यसरी बाघभालुको शिकार गर्ने भएको हुँदा शिकारी थर नै रहन गएको हो ।
सुनसरीको कतिपय कोइँचहरु अझै राइ नै बनेर बसेका छन् भने सिरहाका डम्बरबहादुर सुनुवारका अनुसार सप्तरीको कञ्चनपुरमा २०, २५ घर सुनुवारहरु राइ बनेर बसेका छन् । धनुषाको तुल्सीपुरमा सुनारी मगर बनेर मगरहरुको माझमा सुनुवार बसेका छन् । अझै पनि कोइँचहरुले आफुले कोइँच सुनुवार हुँ भनेर छाती फुकाएर हिड्न सकेका छैनन् । भरतमा बसोबास गरेका धेरै सुनुवारहरु कोही मगर, कोही राइ भएका पाइएको छ । विशेषगरी भारतीय सेनामा भर्ती हुँदा कोइँचहरुले तामाङ, गुरुङ, मगर, राइ लेखाएको हुँदा यसरी नाम परिवर्तन भएको पाइएको छ । काठमाडौंको कलंकीमा एक जना कोइँचको असामयिक निधन हुँदा दहासंस्कार गर्न र काजक्रिया गर्न नै अप्ठेरो परेको थियो । उनले गुरुङ आदिवासी जनजातिय नाम लेखाएको थिए । त्यस्तै मोरङका एक सुनुवार परिवारको सम्पूर्ण कागजपत्र नै काम नलग्ने भएको हुँदा नयाँ फेर्नु परेको थियो । उनी भारतीय सेनामा भर्ती हुँदा मगर भएका थिए भने नेपालको असली जनजातिय नाम सुनुवार भएको हुँदा नागरिकता बनाउन मात्र होइन नाता प्रमाणित गर्न र बालबालिकाहरुको शैक्षिक प्रमाणपत्रमै फरक आएको थियो ।
एक दर्ुइ जना कोइँच बन्न नसकेका सुनुवारहरु धक्कु लडाउँछन् । खोइ मलाइ कसैले सुनुवार त कामी हो तँ सुनार भनेर कसैले बाहिर राखेको छैन । बोल्न सक्नु परेउ नि । हो एक दर्ुइ जनाको लागि सुनुवार जातीय नामबाट कुनै असर नपरेको हुन सक्छ । त्यसो एक दर्ुइ जना दलितहरु मानबहादुर विश्वकर्मा, डा. मदन परियार, रामशरण दर्नाल, प्रकाश दर्नाल, तुलसी धिमिरे, श्रवण घिमिरे, रन्जीत गजमेर, हिरालाल विश्वकर्मा, खड्कावहादुर विश्वकर्मालाई दलित भएर पनि कुनै असर परेको छैन । त्यति दर्ुइ तीन जना दलितलाई सबैले मान्छन् भन्दैमा सबै दलितको मुक्ति भयो भन्न मिल्छ । वास्तवमै दलितहरुको मुक्ति भएको छैन ।
त्यस्तै हाम्रा एक दर्ुइ जना पढन्ता लेखन्ता र राजनीतिकर्मीहरु खसबाहुनको झोले धोति स्याहार्नेहरुका लागि यसरी गरिब, निमुख कोइँचहरुले चाहँदा चाहँदा पनि आफ्नो पहिचान गुमाउनु परेकोमा कुनै असर नपरेको हुन सक्छ । त्यस्ता बाहुन गिदीका सुनुवारलाई न त कोइँच भूमिको माया छ न त कोइँच धर्म, कला, संस्कृति र भाषाको । तर त्यस्ता अवसरवादी सुनुवारले कोइँचहरुको प्रतिनिधिमूलक संस्था एनजिओ भनेर अबहेलना गर्ने समेत पाइएको छ तर कोइँच संस्था चाहिन्छ भनेर लाजै नमानी सुनुवारको लागि यसो गर्छु उसो गर्छु भनेर उप|mेको पनि देख्छौं ।
सिन्धुली जिल्लामा इँगी होपो शाँदार पिदार संरक्षण समिति दर्ता गर्न सिडिओ कार्यालय लैजाँदा सिडिओ संस्था दर्ता नै नगरेको हुँदा एक दिन बसेर विधानको हेरफेर गर्नु परेको थियो । पहिचान किन चाहियो ? भन्नेहरु वाहुनवादी विचारका व्यक्तिवादी सोँच बोके कोइँच बन्न नसकेका सुनुवारलाई चिनेर सामाजिक वहिस्कार गर्नु पर्ने भएको छ ।
आफु कोइँच हुँदा हुँदै पनि अन्य जातिको उधारो परिचय बोकेर बाँच्नु पर्दाको पीडा खपी नसक्नुको छ । यस्तै ऐन कानुन, राज्यको उत्पीडनमा परेका, समाजमा खुलेर बोल्न नसक्ने र प्रष्टसँग खस भाषा बोल्न नसक्ने पहिचान प्रेमी सुनुवारहरुको लागि सबै सुनुवार संगठित हुँदै ऐक्यवद्ध हुनुको अरको विकल्प छैन । सबै कुरा ठिकठाक हुँदा कसैको सहयोग नचाहिएला । र, यसरी नै कसैको लागि सम्पन्नता र शक्ति कहिल्यै सदावहर रहँदैन भन्ने कुरालाई मनन् गर्दै पाइला पाइलामा अहिले नै साथसहयोगको भावनालाई जगाउँदै ती पहिचान गुमाउन वाध्ये परेका र पारिएकाका वारेमा आजै केही सोच्ने हो कि ? हामीले दरो पाइला चाल्यौं भने हाम्रो पहिचान स्थापित गर्न सकिन्छ । आदिवासी जनजातिको हक अधिकार भनेको स्व-पहिचानको पनि अधिकार हो । हाम्रो नाम कसरी राख्ने र हाम्रो आदिवासी जनजातिय नाम के राख्ने वा लेख्ने भन्ने हाम्रो अधिकार हो । यसैले कुनै पनि खसबाहुन कोइँच र खसबाहुन कर्मचारीको लहलहैमा नलागी हाम्रो आफ्नो असली पहिचानको लागि ऐक्यवद्धाता जनाऔं । अबका कोइँच पुस्तालाइ यस्ता घटनाहरु सुनाएर कोइँच पहिचान प्रति सचेत गराऔं । कसैको नागरिकता नै फेर्ना परे पनि नागरिकता परिवर्तन गर्न सकिन्छ । र भइरहेको छ । पटक पटक यस्ता घटना दोहराउन नदिऔं ।

Share

2 Comments to पहिचान गुमाउनु परेकालाई साथसहयोग गर्न अव जुट्ने पो हो कि –

  1. Chandra Pks Sunuwar says:

    धेरै राम्रो लेख छ तर सुनुवार्हरुले कहिले बुझ्ने? मोइले नेपालमा हजुरलाई भेट्न सकिन मन प्रसाद जी संग मोइले केहि हिस्टोरिकल किताब छोडेको छु हजुरले फुर्सद भएको खण्डमा पढेर लाव लिनु होला किनकि यो हाम्रो किराँती इतिहास को बारेमा लेखिएको छ | आजको जटिल अवस्था जुन नेपालमा छ तेश विसयालाई एस बुकले रामरी सम्बोधन गरेको छ र समस्यालाई चिरफार गरि उपचार गर्ने कम गरेको छ कृपया सम्पूर्ण सुनुवारबंदु हरुले एस हिस्टोरिकल बुक पढी लाव लिनु होला | साथै कृपया यो एउटा बुक अतित मुखिया ज्युलाई दिनुहोला किनकि उहालाई एस मेरो हिस्टोरिकल बुकले इतिहास खोजीमा पूर्ण सहायता मिल्नेछ |

  2. Chandra Pks Sunuwar says:

    धेरै राम्रो लेख छ तर सुनुवार्हरुले कहिले बुझ्ने? मोइले नेपालमा हजुरलाई भेट्न सकिन मन प्रसाद जी संग मोइले केहि हिस्टोरिकल किताब छोडेको छु हजुरले फुर्सद भएको खण्डमा पढेर लाव लिनु होला किनकि यो हाम्रो किराँती इतिहास को बारेमा लेखिएको छ | आजको जटिल अवस्था जुन नेपालमा छ तेश विसयालाई एस बुकले रामरी सम्बोधन गरेको छ र समस्यालाई चिरफार गरि उपचार गर्ने कम गरेको छ कृपया सम्पूर्ण सुनुवारबंदु हरुले एस हिस्टोरिकल बुक पढी लाव लिनु होला | साथै कृपया यो एउटा बुक अतित मुखिया ज्युलाई दिनुहोला किनकि उहालाई एस मेरो हिस्टोरिकल बुकले इतिहास खोजीमा पूर्ण सहायता मिल्नेछ |

Leave a Reply

Your email address will not be published.