पटक पटक मृत्युवरण गरेका सिरहाली कोइँच : सबैका राजनीतिक गुरु ।

सिरहाली सुनुवारका प्रेरक व्यक्तित्व : म्बरबहादुर सुनुवार

सिरहाली सुनुवारका प्रेरक व्यक्तित्व : डम्बरबहादुर सुनुवार

-कोइँचबु काःतिच (उत्तम)
एक भाषा, एक संस्कृति, एक जात, एक धर्मको निरंकुश शासकीय कालरात्री । घरपरिवार सबै गहिरो निन्द्रमा छन् । अचानक ढोका ढक्ढकाएको आवाज आउँछ । मानिसहरुको हल्लीखल्ली छ । ढक्ढकाहट आवाज चर्को हुँदै जान्छ । ढोका खोल्नुको विकल्प हुँदैन । लुकेर बाँच्ने सम्भावना छँदै छैन भन्दा पनि हुन्छ । तर्राईको गर्मी । कपडाले बेरिएर सुत्ने कल्पना कमै गर्न सकिन्छ जो सुकैले । कट्टु -धोती) मात्र ।
मृत्यु बरण गरेर घर परिवारसँग विदावारी हुनुको अर्को विकल्प छैन । उ आफ्नो जीवनसंगिनी र नानीहरुलाई सम्झाउँछ-‘घर बाहिर पुलिसले घेरी सके । यिनीहरुले मलाई अब जंगलमा लगेर मार्छन् । मेरो चिन्ता नलिनु । राष्ट्रको लागि मेरो बलिदानीको ठूलो महत्व रहने छ । आम नेपाली जनताको मुक्तिको लागि कसै न कसैले मर्नु त पर्छ नै । मैले मर्नु पाउँदा म खुशी छु । तिमीहरु भोली शहिदको परिवार हुने छौ । सारा देशले चिन्ने छ । मर्न त सबैले पर्छ नै कुकुर मराइ के मर्नु ? त्यसैले मेरो चिन्ता नलिनु । मेरो साथीहरु छन् उनीहरु आउने छन् । म मरे पनि मेरो साथीले तिमीहरुलाई हर्ेर्ने छन् । म अब पुलिसहरुसँग जान्छु ।’
आफ्नो जीवनर्सगिनी र छोराछोरीसँग सल्लाह गर्दै गर्दा ढोका ढक्ढकाउने क्रम बढ्दै जान्छ । ढक्ढकाहट आवाजसँगै धम्कीको आवाज पनि गर्जिन्छ- ‘ऐ ढोका खोल । ढोका खोल्छस् कि फोरी दिउँ ।’
अन्ततः गह्रो मन लिएर ढोका खोलिन्छ । एक हुल पुलिस ढोका अगाडि नै उभिए बसेका हुन्छन् । ढोका उघ्रिनु सँग बन्दुकका मुहारी र पेस्तोलले उसैलाई ताकी रहेको हुन्छन् । नानीहरु आँत्तीएर रुन्छन् । पुलिसले समातेर लैजान्छन् । उसको जीवनसंगीनी र नानीहरु पुलिससँग नलैजाना अनुनय विनय गर्छन । खुट्टामा छाँद हालेर रुन्छन् । तर उनीहरुको केही सिप चल्दैन । कट्टु मात्र लगाएको उ नाङ्गो शरिर पुलिसको घेरामा त्यो कालरात्रीभित्र हराउँछ । गाउँका आफन्तहरु सबै जम्मा हुन्छन् । उ पुलिस घेरामा परेर कालरात्री वीच विलीन भएको हल्ला गाउँमा द्रुततर फैलिन्छ । उसको मुक्तिको लागि अनेक उपाय सोच्छन् । भागवानको प्रार्थना गर्छन् । रातभरि न उ फर्किए आउँछ कि भनेर झिनो आशा पालेर आफन्तहरु जम्म भएर बस्छन् । तर उ नफर्किएपछि सबैले उसलाई मारी सकेको ढुँगो लाउँछन् ।
यो दर्दानक कारुणिक सत्य कथाका पात्र हुन्, जीवनयात्राका अनेक यात्रामा महत्वकांक्ष बोकेको विशेष यात्रा पुरा गर्न नसक्दाको खिन्नता मनको एक छेउमा दागी बनेर बसे पनि जीवनलाई अनुभूतिको अर्काइभ ठान्ने पटक पटक मृत्युसँग साक्षत्कार गरेका बजुको मायालु रिट्ठे्, बाल्यकालको साथीहरुको भक्त बहादुर र युवावस्थामा डम्बर बहादुर सुनुवार भनेर चिनीएका हाल  सबै गाउँले दाजुभाइका महाराज जी । आफ्नो जीवनको महत्वपूण समय नेपाली जनताको मुक्तिका लागि सक्रिय राजनीतिमा खर्चिएका उनको जीवनको उत्तर्रार्ध प्रायः धर्मकर्म र सामाजसेवामा बित्ने गरेको छ । शिक्षा, राजनीति र आदिवासी जनजातिको मानवाधिकर सम्बन्धिको सामाजिक क्रियाकलापमा सिरहाली कोइँचको लागि मात्र होइन सिरहाली आदिवासी जनजातिको लागि समेत प्रेरणाका स्रोत व्यक्ति मानिन्छन् उनी ।
‘२०३६ सालमा एस.एल.सि गर्दा उनको नाम गाउँमा मात्र होइन जिल्लाभरि नै चर्चाको विषय थियो । हामी सिरहाली सुनुवारको प्रेरणाको स्रोत हुनुहुन्छ उहाँ । त्यतिबेला नै शिक्षालाई उहाँले  राम्ररी बुझनु भा’को थियो । बुबा छोरा सँगै स्कूल जानुहुन्थ्यो । सबैलाई पढ्न उक्साउनु हुन्थ्यो । उहाँकै पहलमा कोइँचहरु एक हुनु पर्छ भनेर २०३९ सालमै सिरहाली सुनुवार उत्थान समिति स्थापना गरी कोइँचको मानवाधिकारको लागि संस्थागत गराउनु भएको हो । हामीले उहाँको भावना र विचारलाई सक्दो  उपयोग गर्न सकेनौ, यो  हाम्रो दर्ुभाग्या हो ।’ समाजसेवी कमलबहादुर सुनुवारले बताउनु भयो ।
निरंकुश तानाशाही पञ्चायती व्यवस्था विरुद्ध विद्यार्थी राजनीतिबाट व्रि्रोहमा उत्रिँदा एक महिना वीस दिनको जेल जीवनको अनुभूति बटुलेका डम्बरबहादुर सुनुवारको राजनीति २०५२ मा एक्कासी रोकियो । यो राजनीतिक अन्त्यको विभिन्न कारणहरु थिए । नेकपा चौमाको चितवान सम्मेलनबाट उनी विस्तारै राजनीतिक गतिविधिमा कम देखिना थाले । उनी भन्छन्, ‘जस्तोसुकै अवस्थामा पनि विवेकशील मानिसले इमान्दारिता र नैतिकता गुमाउनु हुँदैन । आफुले भित्री आत्मले ठीक भनेको  चीज मात्र गर्नुपर्छ । मनले नखाएको कुरालाई छोड्नु पर्छ । पार्टी लिएको नीति मेरो अन्तरभावना विपरित लाग्यो । त्यसैले राजनीतिबाट सन्न्यास लिएँ । मैले उहिले नै आदिवासी जनजातिको उत्थान नभइ सिङ्गो राष्ट्रको उन्नति प्रगति हुँदैन भनेर कुरा उठाएको थिएँ । अहिले त्यही कुरा सबैले बोल्ने गरेकोमा आफुले उठाएको कुरा सबैले महसुश गर्न सकेछन् भन्ने लागेको छ ।’
हालका चुनेगिनेका नेताहरुको बास उन्कै घरमा हुन्थ्यो । उनका धेरै साथीहरु राज्यको नीति निर्माण गर्ने थलोमा पुगेका छन् । तर उनी भने घरकै खेतवारीमा कुटोकोदालोसँग मितेरी गाँस्न पुगेका छन् । यसो हुनुमा उनी माथि आइपरेको राजनीतिक विचलन सँगसँगै पारिवारिक विचलन पनि थियो ।
आफुसँगै पढ्न जाने छोराको अकास्मत असामयिक निधन हुँदा कसको मन स्थिर हुन्छ र ! हो, डम्बरबहादुर सुनुवारको जीवनमा पनि त्यस्तै भवितव्य आइपर्‍यो । मालपोत कार्यालय चहर्वामा हाजिर हुना गएका, स्वस्थ, हट्टाकट्टा र र्ससराउँदो छोरा विरामी भएर घर फर्के । उपचारको लागि धरान पुराउँदा छोराले यस सन्सारबाट सदासदाको लागि विदा लिएपछि राजनीतिक गतिविभिमा मात्र होइन सामाजिक गतिविधिमा समेत निस्त्रिmय रहे । उनको मनमा कता कता छोरालाई भने जस्तो अस्पटालमा छिटो छरितो उपचार गराउँन नसक्नुको व्यथित पीडा अझै छँदै छ । सम्भवतः हस्पिटलको चरम लापर्वाही र ढिलासुस्तीले गर्दा अनहकमा एक राष्ट्रसेवकको ज्यान गएकोमा मन नराम्ररी कुँडिएको छ ।
तै पनि भने र सोचे जस्तो यो सन्सारमा कहाँ हुन्छ र ! शायद उनले यस्तै सोचे हुन् । उनको नयाँ जीवनको शुरुआत भयो आध्यात्मिक यात्राबाट । धर्मकर्म, न्यास ध्यानमा उनको आकर्षा बढ्यो । आत्मिक शान्तिका लागि अँगालेको आध्यात्मिक यात्रा कसैलाई ढोँगीपनको बजार थाप्नु उनको उद्देश्य होइन । र त उनी कसैलाई धार्मिक प्रवचन गर्नु हुन्न । अझै पनि पुरानो धङ्धङी उनको जीवनबाट छुटेको छैन । र, साथीभाईले पनि त्यो पुरानो यात्रालाई निरन्तरता दिन नउक्साउने पनि होइनन् । तर उनी त्यो राजनीतिक धङ्धङीलाई राजनीतिक गुरु बनेर राजनीतिक युयुत्सुको इच्छा पुरा गर्ने गर्छन र कोइँच लगायत अन्य पुस्तालाई सही राजनीतिक गोरेटोमा डोर्‍याउने बाटो देखाइदिन्छन् ? राजनीति भनेको के हो ? कसरी गर्ने ? किन गर्ने ? के का लागि गर्ने ?
झण्डैले तीन कोरी आधा उमेरको भर्‍याड उक्लिँदै गरेको महाराज जी अर्थात् डम्बरबहादुर सुनुवार बुबा मानबहादुर हेताम सुनुवार र आमा तपी बाङनामि सुनुवारका जेठो छोरा हुन् । बाजे सन्दीप सुनुवारको वंश वृद्धि गरेर पित्रीऋण धनमाया गार-शि याअतासँग दाजुभाई, कुलकुटुम्बा र अग्नि साँक्षी राखेर दुइ मुटु एक भएका डम्बरबहादुर सुनुवार अहिले सिरहा जिल्ला असनपुर गा.वि.स वडा नं. ९ डोहटियामा बस्नुहुन्छ । चार सन्तानको बुबा भए पनि हाल तीन छोरी, दुइ नाति दुइ नातिनी छन् ।
आम कोइँचको उन्नति प्रगतिमा नै आफ्नो पनि भविश्य गाँसिएको बताउँदै कोइँच युवायुवतीलाई आग्रह गर्नु भयो- ‘मानिसले मानिसको मनमा चोट पुग्ने काम जानाजान कहिल्यै गर्नु हुन्न । यदि भै हाले पनि सच्चिन लाज मान्नु हुँदैन । यसको मतलब चुपचाप अन्याय सहनु भनेको भने होइन । सबैले सामाजिकीकरण हुन सिक्नु पर्छ । बैधो बन्नु हुन्न । प्रत्येक मानिसमा मानिसमा हुनु पर्ने मानवता हुनु पर्छ । नैतिकताबाट च्युत हुनु हुन्न । र, सबैले राजनीतिलाई बुझनु पर्छ । राजनीतिबाट टाढा भाग्नु हुन्न । तर आफ्नो असली आदिवासी जनजाति कोइँच पहिचानलाई राजनीतिसँग साट्नु हुन्न । व्यक्तिगत लाभको लागि कोइँच भाषा, कला, संस्कृति र परम्परालाई कहीँ कतै जाकटी राख्नु हुँदैन ।’

Share

2 Comments to पटक पटक मृत्युवरण गरेका सिरहाली कोइँच : सबैका राजनीतिक गुरु ।

  1. प्रकाश जिजिच says:

    … उहाँकै पहलमा कोइँचहरु एक हुनु पर्छ भनेर २०३९ सालमै सिरहाली सुनुवार उत्थान समिति स्थापना गरी कोइँचको मानवाधिकारको लागि संस्थागत गराउनु भएको हो । हामीले उहाँको भावना र विचारलाई सक्दो उपयोग गर्न सकेनौ, यो हाम्रो दर्ुभाग्या हो ।’ समाजसेवी कमलबहादुर सुनुवारले बताउनु भयो ।

    ////पर्दा पछाडीका शक्तीहरु निस्तेज भएको देख्दा हरेसै लागेर आउँछ////

  2. प्रकाश जिजिच says:

    … उहाँकै पहलमा कोइँचहरु एक हुनु पर्छ भनेर २०३९ सालमै सिरहाली सुनुवार उत्थान समिति स्थापना गरी कोइँचको मानवाधिकारको लागि संस्थागत गराउनु भएको हो । हामीले उहाँको भावना र विचारलाई सक्दो उपयोग गर्न सकेनौ, यो हाम्रो दर्ुभाग्या हो ।’ समाजसेवी कमलबहादुर सुनुवारले बताउनु भयो ।

    ////पर्दा पछाडीका शक्तीहरु निस्तेज भएको देख्दा हरेसै लागेर आउँछ////

Leave a Reply

Your email address will not be published.