नसुध्रिएको आदिवासी जनजाति चरित्र

-कोइँचबु काःतिच
पस्चिमा सोचाइ, तौरतरिकाको लगातर प्रयोगलाई हामीले हाम्रो बुझाइ, सोचाइबाट अलग गर्नु पर्छ । यदि हामीले हाम्रो खोज तलासमा, हामी आदिवासी जनजातिको आफ्नो विशिष्ट भिन्न छाप, चिन्ह वा पन मौजुद राख्न सकेनौ भने हाम्रो जीवन भोगाइमा बाहिरी ज्ञान एकिकृत हुनु भन्दा हाम्रो सोचाइशैली उल्टो बाहिरीया भै दिन्छ । – आदिवासी लाकोटा समुदायका विद्वान चेरिल क्रेजी बुलले भने जस्तै हिजोआज नेपालका आदिवासी जनजातिको सोचाइ शैलीको उल्टो दिशामा कुदीरकेको छ ।(जन पोर्सर्ाार) साँच्चीकै हाम्रा नेपालका आदिवासी जनजातिको सोच्ने तौरतरिका कि त हिन्दु दर्शनमा आधारित छ कि त क्रिस्चियन । खोइ त हामी आदिवासी जनजाति कोइँच, रादु, याक्थुङ, तमु, मगर, तामाङ, थारु, शर्ेपापानको सोचाइ ?
फेरि पनि आदिवासी जनजातिको नाममा खसबाहुन र उत्पीडक समुदायको पर््रवर्द्धन । भन्नेबेला आदिवासी जनजातिको सामुहिक अधिकार खोक्ने गर्ने र भन्ने बेला उही खसीकरण र वाहुनवाद । नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद्को वैठकमा त्यस्ता केही घटनाहरु देखा परे । केही संघीय परिषद सदस्यले आदिवासी जनजातिको परम्परागत वा प्रतिनिधिमूलक संस्थाको प्रतिनिधित्वलाई लात मारेर महिला र ठूलो जनसंख्या भएकाहरुलाई समानुपातिक प्रतिनिधित्वको व्यवस्था महासंघमा गर्नु पर्ने जिकिर गरे । उहाँहरुको मातृसंस्थाले आदिवासी जनजातिको मुद्दावारे नबुझाएको हो वा उहाँहरुलाई सदस्य संस्थाले नै त्यस्तो म्यानडेड दिएको हो थाहा भएन । यस्तै धेरै आदिवासी जनजातिको नाममा खोलिएका नेपालका धेरै आदिवासी जनजातिको प्रतिनिधिमूलक भनिएका संस्थाहरुले आदिवासी जनजातिको मर्म र मान्यतालाई भुलेर विभिन्न क्रियाकलाप गर्नुले अझै पनि नेपाली आदिवासी जनजातिमा आदिवासी जनजातित्व चेत होइन बाहिरीय चेतको मात्र विकास भएको देखिन्छ । जहाँ उनीहरुको बोली, व्यवाहार, र गर्राईमा आदिवासी जनजातिपनको कतै पनि दर्शन, अनुभूति, महशुस गर्न सकिएको छैन । उदाहरणार्थ सामाजिक सञ्जालहरुमा हाम्रै आदिवासी जनजाति भनौदाहरुले पोस्ट गरेका विचारहरु उनीहरुको होइन भन्ने प्रष्ट महशुस गर्न सकिन्छ ।
हिजोआज अध्ययन अनुशन्धान, कार्यशाला, अन्तरक्रिया र विचारगोष्ठीहरु प्रशस्तै भएको पाइन्छ । पहिलो आदिवासी जनजाति र मातृभाषाका शिक्षा, साहित्यमा कुनै पनि कार्यक्रम आदिवासी जनजातिबाहेक अरुले गरेको याद छैन । तर अहिले आदिवासी जनजाति इतर प्रमुख भएर काम गरेको धेरै कार्यक्रम देख्न, पढ्न र आपै+m सहभागी हुन पाइन्छ । तर आदिवासी जनजातिपनका ती कार्यक्रम मात्र आफ्ना मानिसलाई कमाइ खाने भाँडो भएको देखिन्छ । जुन कार्यक्रमले निकालेको निचोड आदिवासी जनजातिलाई काम लाग्ने हुँदैन । आदिवासी जनजाति दृष्टिकोणमा आदिवासी जनजाति विद्वानहरु भन्ने गर्दाछन् – आदिवासी जनजातिको विषयमा विविध सूचना संकलन गर्नु भनेको “चोर्नु” हो । त्यस्तो चोरिएको ज्ञान उसैको लागि प्रयोग गरिन्छ जसले त्यस्तो ज्ञान चोर्ने गरेको छ । -१९९९, एल.टि.स्मिथ) यसको ज्वालन्त उदाहरण विभिन्न आदिवासी जनजातिको भाषामा बाइबाल प्रकाशन गरेर उनीहरुको संस्कार संस्कृति निमिट्यान्न पार्दै जानुलाई लिन सकिन्छ । र, आदिवासी जनजातिहरु पनि संस्थागत प्रतिनिधित्वको कुरा भन्दा पनि व्यक्तिवादी भएका देखिन्छन् । संस्थागत भन्दा पनि व्यक्तिगत कुरा गर्छन र व्यक्ति मोटाउने गलत प्रवृतिले गर्दा आदिवासी जनजातिको सामुहिक अधिकार फितलो भएको पाइन्छ ।
अन्य समयमा त व्यक्तिगत कुरा हुने नै भयो, संस्थाको वा अन्य सामुहिक छलफलमा समेत साझा कुरा भन्दा पनि “मेरो व्यक्तिगत विचार है …” भन्दै आफ्ना कुरा राख्ने आदिवासी जनजातिहरु धेरै देखिएका छन्, भेटिएका छन् । यसको मतलब व्यक्तिगत कुरा गर्दै नगर्नु राख्दै नराख्नु भनेको होइन । कुन समय, कुन ठाउँ, कसरी, कहाँ व्यक्तिगत र सामुहिक विचार राख्ने हो भन्ने कुरा अझै पनि आदिवासी जनजातिमा चेत देखिँदैन । अरु त अरु परिचय गर्दा समेत संस्थागत प्रतिनिधित्वको कुरा कमभन्दा पनि व्यक्तिगत पदहरु प्रस्तुत् गरेर समय खर्लक्क खाइदिन्छन् ।
कथित् संविधान सभा २ सम्पन्न भए पछि हिजोआज आदिवासी जनजातिहरुको हक अधिकार मुद्दा जे जति जोडतोडले उठेको छ त्यत्तिकै उत्पीडक कथित उच्च वर्ग भनिएका खस बाहुनले हाम्रा बाहिरीय विचार -हिन्दू, क्रिस्चियन) ले ग्रस्त केही कथित् आदिवासी जनजाति विद्वान, राजनीतिक व्यक्तिहरुलाई गोरु बनाएर जोतीरहेको पनि देख्न र अनुभव गरीरहेका छौं । खस बाहुन बुद्धि बोकेर आफ्नै वंशको हत्या गर्ने संविधानसभा २ बाट प्रतिनिधित्व गरेका र अन्य केही आदिवासी जनजातिहरुको चरित्र सुधार्न सामुहिक हक अधिकारका पक्षधर आदिवासी जनजातिहरु एकजुट हुनुको विकल्प देखिँदैन । यो संगीन घडीमा खाँटी आदिवासी जनजाति विद्वान, आदिवासी जनजाति संघ-संस्था, आदिवासी जनजाति सामाजिक तथा राजनीतिक नेताहरुले र्सतर्कता अपनाउदै नसुध्रिएको आदिवासी जनजातिको चरित्र सुधार्नु आजको अपरिहार्य देखिन्छ । जसको लागि जुनसुकै विकल्प र संयन्त्र अपनाउन पछाडि हट्नु हँुदैन अब आदिवासी जनजाति ।

Share

Leave a Reply

Your email address will not be published.