नवराजको स्वास्थ्यमा सुधार तर अझै सहयोगको आपेक्ष

चुप्लु दामलोच-
२५, मङ्सिर । दुई तले घरको ढलनबाट लडेर टाउकोमा गम्भिर चोट लागेका नवराजको स्वास्थ्यमा केही सुधार आएको छ । उनी अहिले बोल्न, हिड्न र मान्छे चिन्न नसक्ने भए ता पनि पहिलाको भन्दा स्वास्थ्यमा धेरै सुधार आएको उनका दाई इन्द्रले जानकारी दिएका छन् । उनी भन्छन्- ‘केही गर्न सकेको छुइन । कोइँच (सुनुवार) ले अझै साथ सहयोग गर्न सक्थे होला । तर म बिरामी छाडेर उनीहरु माझ पुग्न सकिन । जो जो स-हृदयी सुनुवारहरु छन् उनीहरु स्वयम यहीँ आएर सहयोग पुर्‍याउनु भएको छ । उनीहरु सबैलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु । अस्पतालले केही दिन अगावै विरामी घर लैजान भने पनि आर्थिक अभावका कारण डिस्चार्ज गर्न सकिएको छैन । सिन्धुलीबाटै एम्बुलेन्स पठाउन सकिन्छ कि भनेर भाई नविनलाई खबर गरी पठाएको छु ।’
भोलि वीर अस्पतलको बेडबाट उनी घर जाने सम्भावना भए पनि उनको स्वास्थ्यमा सुधार आउन अझै एक देखि दुई वर्षलाग्ने जानकारी उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अझै पनि उनको स्वास्थ्यमा सुधार गर्नको लागि पुन चुप्लु समाज, क्युइँतबु कल्याण कोष, सुनुवार डट ओआरजि, दुरदा डट कम, सुनुवार सेवा समाज आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *