दास मनोवृत्ति र संकुचित मपाइँवादी सोँच : कोइँचको लागि घातक सावित

कोइँचबु काःतिच (उत्तम)
३७ सिं र ७२ सिं कोइँच बन्न नसकेका सुनुवार साथीहरुलाई लाग्न सक्छ आदिवासी जनजाति कोइँच (सुनुवार) पछाडि पर्नुमा उनीहरुकै आफ्नो बानीव्यहोराको ठूलो हात रहेको छ । ३७ सिं मित्रले त कोइँचलाई अपव्याख्य नै गरे । ७२ सिं मित्रले सार्वजानिक थलोमा बोलेकै हुन् ‘कोइँचको पहिचान भन्दै हिड्यौं भने कोइँच पछि परिन्छ खास–बाहुनसँग मिलेर जानु पर्छ । कोइँचवान, वल्लो किरात प्रदेश होइन, लिख–खिम्ती कि सुनकोशी प्रदेश हुनु पर्छ ।’ र, यो भाषा बल्खु दरबारको हो भन्ने पनि सबैलाई ज्ञात भएको कुरा हो ।
यस बर्ष (२०६८ को जनगणना भए पनि २०६९ मा सार्वजानिक भएको हुँदा) कोइँचको जनसंख्या लगभग ४३ प्रतिशतले घट्यो । यसरी जनसंख्या घट्नुमा विभिन्न कारणहरु छन् । तर ३७ सिं र ७२ सिंगे साथीहरुले यसलाई पनि नकारात्मक व्याख्या गरे । कतै यो देशको राज्य हाँक्ने ठेकेदार उनीहरु नै भए जस्तो । सरकार र राज्यको बचाउ गर्दै कोइँचहरुको आफ्नै कारणले यो संख्या घट्यो । बिल्कुल गलत भ्रम र प्रचार ।
यी सबै कुराको चुरा केलाउन वास्तवमा हाम्रो देशको नीति के कस्तो छ भन्ने कुरा बुझ्नु जरुरी छ । किरात सुनुवार सेवा समाज युके का सल्लाकार तथा नेपाल आदिवासी जनजाति महासंघ युकेका कोषाध्यक्ष होम सुनुवारले एक सन्दर्भमा भने “कोटेश्वर कस्तो छ ? भनेर जान्न बुझ्ने यहाँ बसेर होइन पारी बालकुमारी तरेर हेर्दा मात्र छर्लङ्ग हुँदोरहेछ । हामीले पनि नेपाल कस्तो छ ? र यहाँको नीति कस्तो रहेछ भन्ने कुरा नेपाल बाहिर गए पछि प्रष्ट भएको छ । हामी कोइँच लगायत आदिवासी जनजाति किन उपल्लो ओहदामा पुग्न सकेनौं भन्ने कुरा यहाँको विभेदीत एकल जाति, भाषा, धर्म, संस्कृति र भेषभूषाको कारण हो । नेपाली राजदूत मार्पmत राष्ट्रिय जनगणना २०६८ को विरोधमा बेलायतबाट सरकारलाई हामीले ज्ञापन पत्र बुझायौं ।”
हो, होम सुनुवारले भने जस्तै कोइँचको बानीव्यहोरा, संस्कार–संस्कृति, सामाजिक चालचलन र बौद्धिकता बुझ्नको लागि खासबाहुनको धोति स्याहार्ने मनु चिन्तन दास मनोवृत्तिबाट मुक्त भएर विशुद्ध आदिवासी जनजाति कोइँच चस्मा लगाएर हेरे पछि मात्र कोइँचको किन राज्यको विभिन्न तह तथा नीति निर्माणमा सहभागिता, समावेशी र पहुँच पुग्न सकेन भन्ने कुराको ज्ञान हुन्छ ।
३७ र ७२ वर्गमा नपर्ने एक दुई जना बुझक्कड कोइँच मित्र पनि हुनुहुन्छ दुई डुँगामा खुट्टा राखेर कोइँचको निश्छल र निश्कपट पवित्र मनमा बलात्कार गर्ने । त्यस्ता कोइँच झन कोइँचको लागि महाघातक हुन् भनेर सबैले बुझ्नु अहिलेको आवश्यकता भएको छ । ‘जता मल्खु उता ढल्कु’ भन्ने नेपाली उखानका पात्रहरुले झनै कोइँचलाई महाजञ्जालमा फसाइरहेका छन् । खासबामनको अगाडि खासबामन बन्ने कोइँचका अगाडि विशुद्ध कोइँच बन्ने छेपारे कोइँचलाई चिन्न साह्रै गाह्रो कुरा हो । त्यस्ता कोइँचले आम कोइँचको लागि काम गर्ने त होइन कोइँचको असली पहिचान नै नष्ट गरीरहेका छन् । धर्म, राजनीतिक पार्टीको छनौट, विचार, सिद्धान्त, विभिन्न संघसंस्था र पेशामा आवद्ध हुनु सबै मानवको मानवाधिकार हो । तर, आफ्नो नितान्त वैयाक्तिक चाखलाई आम कोइँचको पहिचान नष्ट हुने गरी प्रस्तुत गर्नु र प्रभाव पार्नुलाई मानवाधिकार मान्न सकिँदैन ।
वास्तवमा यी यस्ता संकुचित मपाइवादी सोँच र मनु चिन्तन दासमानोवृत्तिको गर्भशाय उपनिवेशवादी राष्ट्रिय नीति र व्यवहार हो । उदाहरणको रुपमा अण्डामन टापुका ओङ्गे जातिको स्थितिलाई बुझ्यौं भने सबै कुरा प्रष्ट हुने छ :– धेरै आदिवासी जनजातिहरु उपनिवेशका कारण उनीहरुको सामान्य जनसांख्यिक अबस्थादेखि स्वास्थ्यमा अति नकारात्मक प्रभावबाट गुज्रिँदै आएका छन् । उदाहरणको लागि जब सानो अण्डामन टापुका आदिवासी जनजाति ओङ्गेहरुलाई, जो शिकार थिए, माछा मर्थे र एक ठाउँमा सामुहिकरुपमा बस्थे, भारत सरकारले १९७६ मा पुर्नबास व्यवस्था ग¥यो तिनीहरुको जनसंख्यामा अकल्पनीय रुपमा घट्यो । सात वर्षको अन्तराल (१९७८–१९८५) मा बाल मृत्युदर दोब्बर बढेर गयो भने ओङ्गे महिलाहरुमो गर्भधारण क्षमता अप्रत्याशित रुपमा घट्यो । कुपोषण आङ्ग नै श्रृङ्गा हुने गरी बढ्यो भने खाना स्रोतको अभाव अत्याधिक बढ्न पुग्यो । सन् १९९१ को भारतको जनगणनामा ९९ ओङ्गे मात्र बाँकी रहे, जब कि १९८५ मा ६७२ ओङ्गे दर्ता भएका थिए । (A guide of ILo conventiion 169)
यो सत्य घटनासँग कोइँचको जनसंख्याको घटबढलाई दाँजेर हेर्ने हो भने कोइँचको जनसंख्या घट्नुमा कोइँचको दोष छैन भन्ने कुरा प्रष्ट हुन्छ । अमेरिकन आदिवासीहरुको दृष्टिमा परिवार नियोजन आदिवासी जनजाति निमिट्न्न पार्नु हो । किनभने परिवार नियोजनका साधन प्रयोग गर्नु मात्र परिवार नियोजनको पूर्णता होइन । परिवार नियोजनले पार्ने असरको रोकथाम पनि सँगसँगै लिएर अगाडि बढ्नु पर्ने थियो । कोइँच जनसमुदायमा पनि पछिल्लो समय जन्म दर अत्याधिक रुपमा घटेको अनुमान गर्न सकिन्छ । साथ साथै असुरक्षित परिवार नियोजनको साधन प्रयोग गर्दा त्यसको नकरात्मक असरका कारण बाँजोपनको पनि वृद्धि भएको गुनासो यत्रतत्र सुन्नमा आएको छन् ।
बसाइसराइको कारण जीवन निर्वाह र व्यवहारमा एक्कासी आएको परिवर्तनले पनि कोइँचको जनसंख्यामा ठूलो असर पारेको देखिन्छ । जसको कारण कोइँचको समग्र जनजीवन, धर्म, कला–संस्कृतिमै प्रभाव पारी रहेको छ । आदिवासी जनजाति कोइँचलाई नजीकबाट नियाली रहेका स्वीस नृतत्वशास्त्री प्रा. डा. वार्नर एग्लीका अनुसार पनि बसाइसराइका कारण कोइँचको जनजीवनमा परिवर्तन आएको छ र उनीहरुको पहिचानको सन्दर्भ स्रोतहरु तीव्ररुपमा नाश हुँदै गएको छ । (नयाँ नेपाल, गोरखापत्र कोइँच भाषा पृष्ठ)
यसरी एकहोरो कोइँचकै दोष मात्र देख्ने आँखामा बाहिरी वातावरणले कोइँचको आन्तरिक वातावरण र जीवन निर्वाहमा के असर पारेको छ । र, यसको रोकथाम कसरी गर्ने भन्नेतिर नसोच्ने हो भने आउँदा दिन कोइँचका लागि भयवह हुने सुनिस्चित छ । यसैले ३७ सिं, ७२ सिं र छेपारे कोइँचहरु बेलैमा सच्चिएर बाहिरी देखावटीमा खोके जस्तै व्यवहारमा परिवर्तन पो ल्याउने हो कि । होइन भने वल्लो किरात वा कोइँचवान प्रदेश हुनु हुँदैन भन्ने तर कोइँचको ढाँडमा टेकेर राजनीति गर्ने कपटी खेल नखेल्दा हुन्छ । प्रमाण सुरक्षित छ इतिहास पर्खिनु पर्दैन हिन्दी फिलिम “खेलाडी ७८६” को ७३ सिं ।

Share

2 Comments to दास मनोवृत्ति र संकुचित मपाइँवादी सोँच : कोइँचको लागि घातक सावित

  1. Thari kyaba says:

    लेखमा लेखक जिउले अाफुलार्इ अब्बल दर्जाकेा कोइँचकेा रूपमा प्रस्तुत गएनु भएकेा रहेछ बधार्इ उहाँलार्इ सर्बप्रथम,भन्नै पर्दा उकुसु जि अब चाहिँ बस्तबमै अति केाँइच बादी हुनु भएछ अझ फेरि पनि हार्दिक बधार्इ ।
    कुरेा के भने कोइँचकेा बारेमा लेखि ,बेालि रहँदा अरू जातजाति बिषेसलार्इ गालि गर्ने अर्केा उनकेा जबर्जस्त काम हुन गएछ, मलार्इ कता कता लाज लागेर अउछ उनकेा येा बहुरपि छबि संग , सर पर्दा र खाँचेा टार्न खस बाहुनका पछि मात्र हैन तल्वार्इ चाटुला झैँ गर्ने अनि लेख लेख्दा चाँहि यस्तारे उपस्तारे … के हेा येा ।जाति, भाषा, धर्म, संस्कृति र भेषभूषा, पहिचान र २०६९ मा सार्वजानिक भएको जनगणनामा कोइँचको जनसंख्या लगभग ४३ प्रतिशतले घट्यो भन्ने कुरेा छ, एका तिर पहिचानकेा गर्ने अनि मेरेा संख्या कम भयेा भन्नु कतिकेा न्याय संगत छ ? जस अनुसार कतिलेत हाफुलार्इ स्वेछाले स्वमान्य हिसाबले प्रस्तुत हुने अधिकार छ सेाहि अनुसार हुनु कुनै दुर्धटना त हुदै हेारइन । काठमण्रडैमा बसेर स्याल हुर्इया माच्चाकेा भरमा जनगणनामा सुनुवारकेा संख्या बढछ र ? सबैलार्इ पहिचान चाहिन्छ के छुट्टै राज्य हुदैमा मात्र जाति, भाषा, धर्म, संस्कृति र भेषभूषाकेा संरक्षण हुने हेा ? लेखक महेादय झर्केा नमानिकन प्रष्टार्इ दिनु हेा नमसेवल…

  2. Thari kyaba says:

    लेखमा लेखक जिउले अाफुलार्इ अब्बल दर्जाकेा कोइँचकेा रूपमा प्रस्तुत गएनु भएकेा रहेछ बधार्इ उहाँलार्इ सर्बप्रथम,भन्नै पर्दा उकुसु जि अब चाहिँ बस्तबमै अति केाँइच बादी हुनु भएछ अझ फेरि पनि हार्दिक बधार्इ ।
    कुरेा के भने कोइँचकेा बारेमा लेखि ,बेालि रहँदा अरू जातजाति बिषेसलार्इ गालि गर्ने अर्केा उनकेा जबर्जस्त काम हुन गएछ, मलार्इ कता कता लाज लागेर अउछ उनकेा येा बहुरपि छबि संग , सर पर्दा र खाँचेा टार्न खस बाहुनका पछि मात्र हैन तल्वार्इ चाटुला झैँ गर्ने अनि लेख लेख्दा चाँहि यस्तारे उपस्तारे … के हेा येा ।जाति, भाषा, धर्म, संस्कृति र भेषभूषा, पहिचान र २०६९ मा सार्वजानिक भएको जनगणनामा कोइँचको जनसंख्या लगभग ४३ प्रतिशतले घट्यो भन्ने कुरेा छ, एका तिर पहिचानकेा गर्ने अनि मेरेा संख्या कम भयेा भन्नु कतिकेा न्याय संगत छ ? जस अनुसार कतिलेत हाफुलार्इ स्वेछाले स्वमान्य हिसाबले प्रस्तुत हुने अधिकार छ सेाहि अनुसार हुनु कुनै दुर्धटना त हुदै हेारइन । काठमण्रडैमा बसेर स्याल हुर्इया माच्चाकेा भरमा जनगणनामा सुनुवारकेा संख्या बढछ र ? सबैलार्इ पहिचान चाहिन्छ के छुट्टै राज्य हुदैमा मात्र जाति, भाषा, धर्म, संस्कृति र भेषभूषाकेा संरक्षण हुने हेा ? लेखक महेादय झर्केा नमानिकन प्रष्टार्इ दिनु हेा नमसेवल…

Leave a Reply

Your email address will not be published.