दालमान पुरस्कार गायिका रेस्मा सुनुवारलाई

dalmanसुनुवार डट ओआरजि समाचारदाता
काठमाडौं । नेपाल पर्यटन बोर्ड भिकुटी मण्डपको अडिटोरियम हलमा परम्परगत बाद्यवादन सहित माननीय वाणिज्य तथा आपर्ूर्ति मन्त्री सुनिल बहादुर थापाले गायिक रेस्मा सुनुवारलाई प्रमाण पत्रसहित रु. २० हजार नगद पुरस्कार प्रदान गर्नु भयो । विगत सात वर्षेखि सुनुवार भाषा, कला संंस्कृति, साहित्यको विकासको लागि प्रोत्साहन स्वरुप वर्षा एक पटक दाल मान अक्षय कोषले दालमान पुरस्कार दिइँदै आएको छ । विगतका दिनमा साहित्य तथा अनुसन्धानमूलक पुस्तकलाई प्रदान गरिँदै आएको पुरस्कार यस पटक संगीत क्षेत्रका श्रष्टालाई दिइएको हो । गायिक रेस्मा सुनुवारले अहिलेसम्म सात वटा कोइँच गित गाउनु भएको छ । भूपु माननीय सभासद दालकुमारी सुनुवार र व्रिटिश गोर्खा लेप्टिनेन्ट मानबहादुर सुनुवारले आफ्नै नाममा रु. २ लाखबाट शुरु गरिएको यस कोषको कोष रासी अहिले ५ लाख पुगेको कोसको सल्लाहकार कर्र्णोल राजेन्द्र प्रसाद सुनुवारले जानकारी गराउनु भयो ।
पुरस्कार समरोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि थापाले यस कार्यक्रमले कोइँचको पहिचानलाई बढोत्तरी गरेको र कोइँचको पहिचानको बारेमा अहिलेसम्म आफु पनि अनभिज्ञ भएको हुँदा पुरस्कार वितरण कार्यक्रम उहाँ आपै+mलाई पनि शिक्षाप्रद भएको बतााउनु भयो । कार्यत्रमको सभाध्यक्ष सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले गर्नुभएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *