दाऊ दाऊ दाऊ

-कोइँचबु काःतिच (उत्तम)
दाऊ दाऊ दाऊ
कलो कलो कलो
च्व् च्व् च्व्…!
तर्सिएका आस्थाका पर्खालहरू
लगलग कामेर आँत्तिदाखेरी
बारम्बार सातो डाकेर खुवाउँदाको हैरानी,
का˜तीच पोइँबो सानेलाई ।
दाऊ दाऊ दाऊ
कलो कलो कलो
च्व् च्व् च्व्…!
चिर्मे गुःष्या१ काःतिच पोइँबोले
पटक-पटक फूर्बले ड्रि्री लाएर आयु नाप्दा
खोई !
कति अम्मल –
कति ऐँचि –
कति मुठी –
कति कुरेत –
कति बित्ता –
कति मुठेत –
कति हात –
कच्ची पक्की के हो –
कति गज –
खोई ! कति हो कति –
जोखना नखुटेर
नांगो हातको औंलाले
ब्लडप्रेसर नापेर नाडीमा
मुटुको स्पन्दन गन्छन्…।
दाऊ दाऊ दाऊ
कलो कलो कलो
च्व् च्व् च्व्…!
निव्अ्वाकसँगै सातो खुवाउँदै
फिनीनी…!
दुइ हातले खेमेर घुमाएर
मझेरीमा भुरुङ् खेलाउँदा
खोई कुन्नि के आँखा देख्छन्
र, चिंगा हर्ेछन्
खोई कुन तुलामा भविश्य जोख्छन् सानेले !
तर, म भने मेरो बाल्यकालको चक्चक सम्भिmन्छु-
कटुसको गेडाको भुरुङ् घुमाएको,
खुब मज्जा आउँथ्यो
र, त्यो मज्जाकै अर्थमा भन्नुपर्दा
हो, यसरी नै आस्थाका पर्खालहरू
पटक-पटक थला परुन् भन्छु
किनकि आस्थाहरू लुखुरे भएर
खिइँदै गइसकेका छन्
जसले मलाई विगतमा झैं
कुनै आनन्दको अनुभुति नै दिँदैनन्
बरु, थला पर्दा आनन्द अनुभुत गर्दै छुँ
हो, यसरी नै आस्थाका पर्खालहरू
पटक-पटक थला परुन् भन्छु
किनकि रमाइलो हुन्छ-
दाऊ दाऊ दाऊ कलो कलो कलो च्व् च्व् च्व् … !
का˜तीच पोञबि् साने
अरुको भलाई गरेर के पायो
मात्र निःसन्तान वंश नास भएर
अपुताली भयो
उसको माटोमा अरुले नै रजाई गरिरहेका छन्
उसको किरिया गरेको बहनमा
उसलाई वैतरणी तारेको दसी प्रमाणले
दस दिन कुरी बसेर
निस्चिन्ता घिऊ भात हसुरेर
अहा…क्या मज्जा
दाऊ दाऊ दाऊ
च्व् च्व् च्व् … !

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *