त्रासैत्रास ओडेर काठमाडौं यात्रा

डर के हो ? यसपाली (२०७२ वैशाख १२ र २९) अनुभव भो । काठमाडौं छाडेको एक महिना नाघेको छ । अहिले काठमाडौंमा छु । भुइँचालो जाँदाको क्षण सम्झिँदा मृत्युको रापलाई नजिकबाट अनुभाव गरे जस्तै लाग्यो ।
होसमै बेहोसीपन
हामी (म, रेडियोकर्मी मोहन सुनुवार र ओखलढुंगा खिजी फलाटेका रेडियो प्रतिनिधि बुद्धि मुलिचा) रेडियोको विहानी सेवाको प्रसारण सकेर गुप्तेश्वर नुनथलामा खाना खाँदै थियौं । रेडियोकर्मी कविताले पस्केर दिएको खाना मैले खाइसकेको थिएँ । बुद्धि मुलिचाले खाँदै हुनुहुन्थ्यो । पहिलो पटकको झड्का मैले महसूश गर्दा मलाई के भयो ? भनेर छामे र अन्य साथीहरुलाई हेरेँ कसैले प्रतिक्रिया दिएनन् । त्यसैले चुपचाप रहेँ । दोश्रो पटकको झड्कामा सबैलाई हेरेँ । यो भुकम्प आएको हो भन्ने थाहा भो तर केही बोलिना । अरुलाई हेरेँ सबै सजग भएको देखेँ । तेस्रो पटकको झड्कामा भने मुख खोलेँ भुकम्प आयो क्या हो ? बुद्धि मुलिचाले खाना खाँदा खाँदै आँ भन्नु भो । हाइट् भित्र बस्नु हुँदैन, बाहिर निस्किनु पर्छ भनेर उठेँ । उठ्दा उठ्दै भुइचलोको चाल बढ्दै गयो । ढोकामा पुगेर एउटा खुट्टा बाहिरा (देब्रे) र एउटा ढोका भित्रै राखेर जुत्ता लगाउँदै थेँ । मलाई हुत्ताइरहेको महसूश भएको थियो । को को बाहिर निस्के कुनै वास्ता भएन । जुत्ता लगाउने धुनमा मात्र थिएँ । अचानाक गडेम्मा आवाज आयो । ढोका म माथि नै बज्रे जस्तो अनुभूति गरेँ । तत्पस्चात कुनै कुरा यादै भएन । एकैचोटि घरको आँगान कटेर मथिल्लो कान्ला चढ्न लाग्दा मात्र मेरो अगाडि रेडियोकर्मी कविता उक्लिँदै गरेको याद भयो र म त्यो कान्ला चढ्न खोज्दा कविताले छेके पछि मात्र फर्केर घर हेर्न होस आए छ । घर ठिङ्गा ठडिएको ठडियाइ थियो । तर छानाका सबै ढुंगा सरेका थिए । मेरा दुवै हातमा जुत्ता थिए । त्यस पछि मात्र मेरो होस खुल्यो । थुइय्या, आपत भनेको यही रहेछ । होसमै बेहोसीपन सवार भएको अनुभूति भयो । ल्यापटाप, रेकर्डर र अन्य सरसामानसहितको झोला भने घरभित्रै थियो । यसो अरुलाई हेर्छु । बुद्धि मुलिचा झोला बोकेर निस्किनु भए छ । नानीहरु सानु नानी बोकेर रोड, गराहरुमा उभिएका रहेछन् । मकैबारीभरि मानिसहरु कोदालो छाडेर दौडेका रहेछन् । कसैले सुसेली पारेर चिच्याइरहेका थिए भने घरको छानो ह्वाङ्ह्वाङ्ती थिए । घरको धुरी प्रायः ढलेका थिए । हावा हुरी अचम्मले चलेको थियो । रुखहरु हल्लीरहेकै थिए । पारी भिर (भुस्र्वा, झिँगामाली) गोरोरोङ आवाजसहित भत्कीरहेको थियो । उता रगनीको पोलथलीमा घर भत्केको हुनुपर्छ माटोको धुलो बुसुसु उडिरहेको थियो ।
त्यसपछि मात्र फोन गर्ने होस् आयो । र, मनमा त्रास् उमारेर घर (खिजी काती, ओखलढुंगा) दिदीलाई फोन गरेँ । फोन लाग्यो । तर उठेन । गंगा (जो नियामित स्वास्थ्य चेक अपको लागि सिरहाबाट काठमाडौंमा शुक्रवार विहान मात्र आएकी थिइन) लाई फोन गरेँ फोन उठेन । काठमाडौं, दिदीलाई फोन गरेँ गुह्यश्वरी चौरमा रहेको जानकारी पाएँ । उता पुनमलाई फोन गरेँ । फोन उठ्यो, खोइ यो के भएको हो यो … चिच्च्याएको आवाज आउँदा आउँदै सम्पर्क विच्छेद भयो । माइली (चुनचुन आम) लाई फोन लाग्यो । उठेन । अरु सबै घरका परिवारलाई फोन गरेँ । कसैको फोन लागेन । फोनले काम गर्न छाड्यो । भुइँचालोको झड्का आइ नै रहेको थियो । मनमा एक तमासले डरले डेरा जमायो ।
बुद्धि मुलिचा मात्र होइन भएभरका सबै मोबाइल समातेर आफन्तहरुलाई फोन लगाउन व्यस्त देखिन्थे । मेरो चाहिँ घर पक्का भत्क्यो, बुद्धि अनुमान लाउँदै थिए । कसैलाई फोन नलागे पछि म थकित भएर फोन गर्न छाडिसकेको थेँ । बुद्धिले मेरो सिडिएमए फोन मागेर गाउँमा फोन लगाए गंगारामलाई । उनले यहाँ त सबै सखाप भो । मान्छे चाहिँ बाँचियो । घर त केही पनि छैन भन्ने उतरा हामीले पनि सुन्यौ ।
फोनले काम गर्न छाड्यो । हामी (म र बुद्धि) पारी ओखलढुंगा हुइँकियौं बुज हुँदै । बुजमा घर भत्केरा मान्छे पुरिएर मरेको खबर पायौं । तर आफ्नै घरको खबर नपाएर छट्पटिएका हामी घरतिरको बाटो मात्र नापीरह्यौं । अरुको घर भत्केको देखेर आफ्नो घर कस्तो अवस्थामा छ भन्ने कुनै अनुमान लगाउन सकिरहेका थिएनौं । बुजको पुच्छारमा पुगेपछि हामी छुट्टियौं । जंगलै जंगल । एक्ला एक्लै । बुद्धि बेँबेर हुँदै सेनिबाट फलाटे लाग्यो । म भने बिल्ला हुँदै तोश्पाबाट खिजीकाति लागेँ । बाटो सबै फुटेका थिए । भिरबाट ढुंगा खसीरहेको थियो । त्रासैत्रासले घर लम्कीँदै जाँदा क्लुअपामा घरबाट दाजु साइलाको फोन आयो, कहाँ छस् ? म त क्लुअपामा छु घरमा कस्तो छ ? एकै सासमा प्रतिप्रश्न गरेँ । सबै परिवार ठिकै भएकोमा त ढुक्क भएँ तर गंगा अभैm सम्पर्क विहीन रहेकोमा चिन्तीत हुँदै एकहोरो हिडीरहेँ । बल्ल क्लुअपा बरुडाँडा कटेपछि माइलिलाई फोन लाग्यो । कहाँ हो ? के कस्तो छ ? सोधेँ । हामी सबै ठिक छौं रोडमा जम्मा भएर बसेका छौं दिदी पनि सँगै हुनुहुन्छ भन्ने जानकारी पाए पछि ढुक्का भएँ ।
डर, त्रासले गाँजेपछि होसमै बहोसीपनको भूत सवार हुनेरहेछ । भुइँचालोले भुइँ हल्लाएर ढुंगामाटो थिल्थिलो बनाउदा बनाउँदै पनि भीरको यात्रा बेहोसीमै कटिएछ । घर पुगेपछि मात्र होसको सास फेरियो । रेडियोमा बुद्ध पूर्णिमा, शाँदार पिदारको नौ दशवटा विज्ञापन थियो त्यो पनि बनाउने आँट आएन ।
== क्रमस:—

Share

Leave a Reply

Your email address will not be published.