त्रासैत्रास आडेर काठमाडौं यात्रा : भुइँचालोको राहत वितरण तथा वर्गीकरणको मुचुल्का उठानदेखि शाँदार पिदार ग्योर निर्माण समितिका कोषाध्यक्षको गद्दारीसम्म हर्ेदा देख्दै पनि चुपचाप मुकादर्शक

१२ गते वैशाखको धङ्धङी नमेटिँदै १३ गते फेरि भुइँचालोले नराम्ररी तर्सर्ााे । तर मलाई १२ गते जस्तो डर लागेना । भतिजो धनबहादुर सुनुवार -मिने सन्तेआ आप-फो) को असामयिक निधानको कारण जुठा बारी रहेको थियौं हामी गाउरोच काःतिच दाजुभाई । मस्टार सन्ते -सुनुवार सेवा समाज जिल्ला समिति ओखलढुंगाका सहसचिव) ले रेवतकुमार सुनुवारसँग फोन गर्दा हिजै थर्काएको सुनेको थिएँ । यसैले उनको घरमा हामी तिसुपका सबै दाजुभाई पुगेका थियौं । कुरीवालले विहानी खाना खाएका थिए । हामीले त्यही भात खाएका थियौं । आगाँनमा बसेर गफ गरीरहेको थियौं । अचानक भूइँ हल्लिना थाल्यो । सबै भागे । कोही भात खाँदा खाँदैको थाल बोकेर भागे । म भने घरभित्र भएका कुरिवाल र अरु मान्छेलाई बाहिर निस्क भन्दै आगाँनमा उभिरहेँ । घरको धुरी मकैको झुत्ता हल्लिरहेकै थियो । एक क्षण आएको भुइँ कम्पाले मानिसलाई होसहावस नै गुम बनायो । सबैको मनमा त्यही भुइँकम्पाले त्रसित हुने गरी डेरा जमायो । जताततै त्यही हल्ला । १२ गते अलिअलि चर्केका कतिपय घर भत्कियो ।
भुइँकम्प आए पनि हामी घेवामै व्यस्त थियौं । कोइँच मुक्दुमानुसार भएको घेवा भएको हुँदा मलाई सबैले केरकार गरिरहेका थिए । अनि म भने हिन्दू धर्ममा गरुड पुराण सुनाए जस्तै कोइँच मुक्दुमबाट घेवा गर्दा मृत व्यक्तिको आत्मले कसरी मोक्षा, निर्वाण अर्थात् बुइश-शि लाँ प्राप्त गर्दछ सुनाइरहेको थिएँ । सानोतिनो भुइँचलोको झड्का आइरहेकै थियो । घेवा सक्यौं । सँगसँगै किरात चाड शाँदार पिदार पनि आइरहेको थियो ।
खिजी काती गाउँ विकास समितिको बासिन्दा भए पनि २३ औं गाउँ परिषदमा मात्र मेरो उपस्थिति रहृयो । त्यही क्रममा मलाई बोल्ने मौका दिइयो र मैले स्थानीय राजनीतिक नेताहरु नलायक रहेको किटान गरेको थिएँ । नभन्दै त्यस्तै संकेत यो वर्षो महाविनाशकारी भूइँचालो आउँदा देखियो । म भने किरात चाड शाँदार पिदारलाई खिजी कातीका जनताका सबैको साझा चाडको रुपमा मनाउने सुरमा थिएँ र सबै जातजातिहरुसँग समन्वय गरिरहेको थिएँ । उता जिल्लाबाट राहत वितरणको लागि आर्मी पुलिसको रेस्क्यू टिमसहित सचिव र प्राविधिक पनि आइपुगे । आदिवासी जनजातिको लक्षित बजेट उपभोक्त समिति शाँदार ग्योर निर्माण समितिका अध्यक्ष धनकुमार सुनुवार र कोषाध्यक्ष चित्रबहादुर सुनुवार ओखलढुंगाबाट आइपुगीसकेका थिए ।
उता खोल्सेपुँ माइलाको छोरीको कोइँच मुक्दुमानुसार विवाह गर्ने भनेर सुपारी निम्तो नै आयो हामीलाई । धार्मिक आस्थाको हिसावले खोल्सेपु माइला -डिल्ली काःतिच) क्रिस्चियन हुन् । तर कोइँच मुक्दुम र क्रिस्चियन संस्कृति अनुसार उनले छोरीको विवाह गरे । त्यही पनि हाम्रो शाँदार पिदारको छलफल भयो । अनि लाङटाङ हिमपहिरोमा परेका वेपत्ता खिजी कातीका तामाङ परिवारसँग भेट भयो । रेडियोबाट उनीहरुको वेदना र चित्कार सुनाउने प्रण गर्दा गर्दै मलाई राहत वितरण र राहत उपलब्ध गर्नको लागि पनि सञ्चारकर्मीको हिसावले दबाब आइरहृयो । बेला बेलामा रामेछाप र ओखलढुंगाका जिल्ला प्रमुखहरुसँग जानकारी लिने र गाउँमा सूचना पस्किने काम पनि गर्दै गरेँ । साथै बेलाबेलामा गाउँका स्थानीय राजनीतिक नेताहरुको र्सवदलीय वैठकको अकर्मण्यतालाई पनि नजिकबाट नियालीरहेँ र त्यसको विरोध गरीरहेँ ।
शाँदार पिदारको दिन सुनुवार सेवा समाज केन्द्रीय समितिले सामान्य पूजाआज गर्ने र गाउँ नघुम्ने निर्ण्र्ाागरे पनि कोइँच गाउँमा ढोल झेम्टा बजाएर शाँदार पिदार गरियो । बुज, कास्तेल, बेतालि, प्लेत-ति -रामेछाप) र सेबे -सोलुखुम्बु) मा सदा झैं शाँदार पिदार भो । विश्व शान्तिको कामना गरियो । मैले रेडियोको स्टुडियोबाट बेताली र काठमाडौंको प्रत्यक्ष प्रसारण गरेँ सहकर्मी मोहन, शोभा र रमेशकुमार सुनुवारको साथमा । विहान ५ बजे खाना खाएर हिडेको म बेलुकी ९.३० मा भोकले लखतरन्न भएर घर पुगेँ खाना खान । शाँदार पिदारकै दिन पनि ओखलढुंगा जिल्लाका पर्ूव सभापति महेश कोर्मोचसँग कुराकानी गरेँ । तर भुइँचालोको कारण धेरै मानिसले परम्परा धान्न मात्र शाँदार पिदारमा सहभागी भए पनि त्यति मन खुशी हुन नसकेको सबैले महशूस गरेको शाँदारमा उपस्थित जनसमुदायको उपस्थितिले देखाउँथ्यो ।
बेला बेलामा केन्द्रबाट पनि भुइँचालोबाट पीडित तथा प्रभावित कोइँचको डेटा संकलनको लागि निर्देश भए अनुसार गाउँ गाउँका सुनुवार सेवा समाजका अग्रणी व्यक्तिहरुलाई अनुरोधसहित निर्देश गरिरहेको थिएँ । तै पनि खिजी काती गाउँ विकास समितिले आदिवासी जनजातिको नाममा छुटाइएको लक्षित बजेटबाट स्थापना हुन लागेको शाँदार ग्योर -किरात मन्दिर) मा वैशाख २६ गते शाँदार पिदार गर्नु पर्ने भएको हुँदा बढो चटारो थियो । कोइँच गाउँमा विना काटमार वा विना बली गरिने भनिएको शाँदार पिदार कतिपय परिवर्तनकामी कोइँच लगायतका जनताहरु खुशि थिए भने कतिपय स्थानीय जनता लगायत कोइँचहरु कोरा शाँदार पिदार प्रति मन खुशी थिएनन् । यस्तो बेला मलाई शाँदार ग्योर निर्माण समितिका अध्यक्ष धनकुमार र शाँदार ग्योर व्यवस्थापन समितिका अध्यक्ष रेवतकुमार सुनुवारले छाड्दै छाडेनन् ।
मेरी जीवनसंगिनी गंगा काठमाडौंमा उपचारको लागि आएर अड्केर बसेकी थिइन । गाउँमा टि.भी हेरेर अत्तालीरहेको थिएँ महामारी फैलिने डरले । सबै मानिसहरु काठमाडौं छाडीरहेका थिए । र, उनलाई पनि काठमाडौं छिटो छाड्न दबाब दिइरहेको थिएँ । ससुराल सिरहाबाट पनि छिटो काठमाडौं छाड्न निर्देश भइरहेको थियो । हुन पनि दिनदिनै उनलाई रुघाखोकी र आलश्यले छोएको फोनबाटै महशूस गरिरहेको थिएँ । फोनमै उनी रोएकी थिइन । शायद अत्तिलिएको हुनर्ुपर्छ । अखिर साली पुनम र गंगाले काठमाडौं छाडे ।
तत् पस्चात काठमाडौंका अन्य परिवारमा खासै त्यस्तो समस्या केही नदेखिएको हुँदा काती दिवार्कुको चुलीडाँडामा २६ गते शाँदार पिदार गरियो । एकदमै नौलो तरिकाले । मलाई धनकुमार मामा र रेवत दाईले काःतिचको किपट भएको हुँदा मुइलि नाअसो काःतिचकै हुनुपर्ने जिम्मा दिएका थिए । उनीहरु नाअÞसोको सर्न्दर्भमा अति नै बेचैन देखिन्थे । मैले कातको शाँदार पिदार गरेका र केन्द्रमा पनि शाँदार पिदार गरेका चित्रबहादुर सुनुवार -चन्द्रे) ले नाअसो गर्छन् भनेको थिएँ । तर गाउँका सबैले उसलाई विश्वास गरेका थिएनन् । उसलाई मनाउने जिम्मा मेरो थियो । तर उ त थाहै नदिई काठमाडौं आए छ । फेरि उ शाँदार ग्योर निर्माण समितिको कोषाध्यक्ष पनि थियो । तर उसले आफ्नो जिम्मेवारी वहन गरेन । मैले राम्ररी सम्झाएको थिएँ । रु. १० हजारदेखि २० हजार वाषिर्करुपमा दिनुपर्ने व्यवस्थापन समितिलाई अनुरोध गर्दा सबैले सहमति पनि जनाएका थिए तर उसले आफ्नो जिम्मेवारी वहन नगरेको हुँदा काती पाँच पगरी मुखियाको थलो भएको हुँदा शाँदार पिदारको दिन पाँच पगरी मुखिया -मुलिच)हरुको शिर उठाएर गाउँको सबै थारिकुतिलाई शिर उठाइ शाँदार पिदार भव्यतापर्ूवक सम्पन्न गरियो वैशाख २६ गते । सोलु, रामेछाप जिल्ला र ओखलढुंगाका विभिन्न जातजातिको उपस्थितिमा निस्चित नाअसो बेगर शाँदार पिदार सम्पन्न गरियो । अन्ततः सबै कोइँच दाजुभाईले स्वीकार गरे भुइँचालोको मार वीच स्थापित शाँदार पिदारलाई ।
जब शाँदार पिदार सम्पन्न भयो अनि मात्र शाँदार ग्योर निर्माण समितिका अध्यक्ष धनकुमार सुनुवार र व्यवस्थापन समितिका अध्यक्ष रेवतकुमार सुनुवारको मुख मात्र उज्यालो भएन तीन ड्रम जाँड खुवाउने घोषणा नै गरे रमाइलो गर्न । तर मैले त्यस्तो कार्य नगर्न अनुरोध गरेँ । र, चाँडो शाँदार पिदार सक्न अनुरोध गर्दागर्दै पनि राती १२ बजेसम्म पनि लिखुकोशी वरीपरिका युवायुवति ढोलझेम्टा बजाएर नाचीरहेका थिए ।
उता सोही शाँदार पिदारको दिन कातिको रेस्क्यू टिमसँग स्थानीय राजनीतिकर्मी तथा काःतिच किपटको जीवित मुखियाहरु मध्येका एक मुखिया रत्नबहादुर सुनुवारको झडप नै भयो । खिजी काती वडा नं. ६ का केही घरहरुको वर्गीकरणका सम्बन्धमा सो वादविवाद भएको थियो । घरघर क्षति विवरण संकलन गर्न गएका रेस्क्यू टिममा पनि राजनीति भएको शंका सबै जनताले गरिरहेका थिए । हुन पनि कसै घरको क्षति टिपीएको थिएन भने कसैको पर्ूण्ा क्षति भएको घरको पनि वर्गीकरणमा आंशिक क्षति उल्लेख गरिएको थियो । शुरुमै मैले रेस्क्यू टिमका इञ्चार्ज जम्दारसँग वर्गीकरणको चेकिङ लिस्ट मागेको थेँ । उता नाअसो बन्ने चित्रबहादुर सुनुवारको प्रतिवद्धतासहितको सहमति पनि लिएको थिएँ । यति हुँदा हुँदै पनि भुइँचालोको राहत वितरण तथा वर्गीकरणको मुचुल्का उठानदेखि शाँदार पिदार ग्योर निर्माण समितिका कोषाध्यक्षको गद्दारीसम्म हर्ेदा देख्दै पनि चुपचाप मुकादर्शक बन्नु पर्‍यो । शायद राष्ट्रिय र स्थानीय समाचारमा यही भिन्नता रहेछ क्यार ।
क्रमशः

Share

Leave a Reply

Your email address will not be published.