तेन्जे रेउको शक्ति

कोइँचबु काःतिच
जेउ, हिजो अस्तिको थार-शिमा आज विहान नितान्त भिन्न अनुभुत भइरहेको छ । हो, वास्तावमै हिजो अस्तिको भन्दा आज विहान फरक देखिन्छ नेपाल खाल्डोको वातावरण ।
धुलो धुँवा । घाइँघाइँ घुइँघुइँ । काठमाडौंको कोलाहाल प्रदुषित वातावरण । उराठलाग्दो भयवह यो खाल्डोले पानीको अनुहार कस्तो हुन्छ मनैदेखि छामेर लाक दुशो महशुस गर्न सकेको थिएन । नासोरदेखि फट्टाफुट्टा परेको आज विहानको तेन्जे झरीले सम्भबता शितलताको महशूस गराइरहेको छ । पक्कै पनि यो मुसलधारे वर्ष होइन ।
आकाशबाट पानी वरषिनुलार्इ हाम्रा परम्परागत कोइँच दिव्यचक्षुले विभिन्न स्वरुपमा देख्ने गरेका छन् – तेन्जे रेउ, गाङ्गिर रेउ, नेङ रेउ, गाराने आदि इत्यादि । मलार्इ थाहा भएको रेउहरुको नाम मात्र हुन् यि । अझै अन्य नाम पनि हुनसक्छन् र छन् नै कोइँच किराँतीहरुमा ।
जेउ, आजको दिन एकदम मन्दगतिमा शुभारम्भ भएको छ धुम्मा ढाकेको हुस्सुबाट वर्षिएको पानीले । सडक चिल्लो देखिएको छ । धुलोको पखेटामा केल टाँसिएको छ । मानिसहरुको चहलपहल न्यून छ । वर्षपछि कुँजिएको थोरै छाताहरुले मात्र फट्फटाउने मौका पाएका छन् सडक पेटीमा ।
साँच्चै आज न जाडो न गर्मी । फरक अनुभूति भएको छ । लाग्छ, आज सबै कुरा शान्त, स्निग्ध, मनोरम छ । सधैं सडकमा गुडेका गाडीहरुको आवाज, कर्कश लाग्ने काठमाडौंको यो कोलाहाल वातावरणमा कता कता मनैदेखि शान्तिको अनूभूति भएको छ । अवश्य पनि वारचिबु, यही रेउको शक्तिलाई व्यवहारको प्रयोगशालामा परिक्षण गर्दा गर्दा हाम्रा पुर्खा जिखिपुर-गिले पानीको वरषलाइ तेन्जे, नेङ, गङ्गिर, गाराने नाम दिएको हुनुपर्छ । तर कोइँच बन्न नसकेका “धक भन्दा धक्कु ठूलो हिँड्ने बेला खुट्टा लुलो” अरुको सुतुलपुइस-सु गर्नुमा गर्व गर्ने सुनुवारलाई यो अनुभूति नहुन पनि सक्छ ।

Share

2 Comments to तेन्जे रेउको शक्ति

  1. Lekh bahadur sunuwar says:

    हौ …. रेउ के कथा द बेसहा ब्रोशो ब्रेसे पचा दुम्मात हि हि हि….!!!

  2. Lekh bahadur sunuwar says:

    हौ …. रेउ के कथा द बेसहा ब्रोशो ब्रेसे पचा दुम्मात हि हि हि….!!!

Leave a Reply

Your email address will not be published.