ठिन्केपुलाई विर्सन नसक्ने कारण : समाजलाई अपुरनीय क्षति

atiram–कोइँचबु काःतिच ।
त्यो दिन मेरो लागि अविस्मरणीय दिन भयो । म सिरहा गोलबजारबाट बर्दिबास हुँदै सन्धुली, मन्थली, रस्नालु, ताँबेडाँडा भित्रीखानी, डिलखर्कहुँदै २०७२ साल १ गते बढो मुस्किलले म ठिन्केपु पिपलडाँडा पुगेको थेँ । त्यो सम्झिनुमा दुई कारण थिए । कार्तिक मसान्तको बेलुकी सिरहा गोलबजारबाट मधेश बन्दमा राति २ बजे लुकी लुकी बर्दिबाससम्म हिडेको रातिको निन्द्राले झ्याप्प निदाएछु । बर्दिबासभन्दा ३० किलोमिटर पस्चिम लालबन्दी आइपुग्दा ब्युँझे छु र ३०० तिरेर मोटरसाइकलमा ५ बजे फेरि बर्दिबास फर्केँ । अनि बर्दिबासबाट मन्थलीको बस समातेँ र १०.३० मा मन्थली पुगेँ । त्यहाँ काठमाडौंबाट अध्यक्ष मनप्रसाद सुनुवार सुमोमा र मोटरसाइकलमा सुनुवार सेवा समाज रामेछापका अध्यक्ष रमेश सुनुवार आउनुभएको थियो । मैले खुर्कोटसम्मको टिकट काटेको थेँ । तर मोटरसाइकलमा साथी चढेको हुँदा म मन्थलीसम्म बसमै पुगेँ । त्यसपछि म र रामेछाप सुसेस अध्यक्ष मोटरसाइकलमा भुजी हुइकियौं मन्थलीमै खाना खाएर । रस्नालुको विरौट कटेर झोरेनी पुग्नेबेला अचानक गियार लिभर भाँचियो । एक नं. गियारमा थियो मोटरसाइकल । अपात प¥यो । के गर्ने के । अनेक उपायपछि रस्नालु उच्चा माविका प्रधानाध्यापक छत्रबहादुर सुनुवारलाई फोन गरेपछि खिम्तीखोलका मोटरसाइकल मिस्त्रीलाई मोलाएर गियार लिभर फेरियो र भुजी लाग्यौं । शोभले फोन गरेको ग¥यै । कहाँ आइपुग्नु भयो । कतिबेला आइपुग्नु हुन्छ ? मोटरसाइकल बन्यो बनेन । आदि इत्यादि । अध्याक्ष भुजी कोलडाँडा हाट पुगेर बस्नुभएको रहेछ । बल्ला आठ बजे कोलडाँडा पुगेर मोटरसाइकल थन्काइ कोलडाँडा नवराज सुनुवारको घर पुग्यौं । कोलडाँडामा भाई सरोज पिक अप गर्न आएका रहेछन् ।
राति हामीले खाना खाए पछि नवराजको ममीको ४५ शुरु भयो । मैले नाअÞसो पोइँबोले के के भने किन भने भन्ने धेरै कुराको व्याख्या गर्दै गएँ । नवराजले गम्भिर भएर सुने । अनि आफ्नो परम्परागत् संस्कार र मुक्दुमप्रति केही गर्ने प्रतिवद्धता जनाए । भोलि विहान उठेर ठिन्केपु नि मा वि घुम्यौं । घरसँगैको स्कूलमा अनलाइन शिक्षा सञ्चालन गर्ने सपना सुनाए । तर … गाउँका युवाहरु वीच मिलानसार र राम्रो मोटरसाइकल चलाउन जान्ने चालकको रुपमा कहलिएका नवराज अन्ततः मोटरसाइकल चलाउँदा चलाउँदै अकल्पनीय दुर्घटनामा ज्यान गयो । यो दुःखद घटनामा मेरो आवाजको प्रशंसक तथा कोइँच भाषाको कार्यक्रम सञ्चालनमा हौसला प्रदान गर्ने एक होनाहर युवा मात्र गुमाएनौं, हाम्रो समाजले कोइँच तथा लिखुकोशीको विकासप्रेमी समाजसेवीलाई गुमाउन पुग्यो । के गर्नु अखिर मन न हो । यस्तो अवस्थामा कसको मन खुशी हुन सक्छ र ? जे जस्तो भए पनि जन्मपछि मृत्यु शाश्वत सत्यलाई सबैले मन नलागी नलागी पनि स्वीकार्नै पर्छ । छोटो उमेरमै असामायिक मृत्युवरण गर्न पुगेका नवराज सुनुवारको आत्मको चीर शान्तिको कामनासहित शोकमा डुबेका सम्पूर्ण आफन्तजनहरुसँग महासुश भएको रिक्ततालाई सिर्जनाको सहाराले पुरा गरीरहन सकुन भनि इँगिसोरि पार्मोसिरिसँग प्रार्थना गर्दै हार्दिक समावेदना प्रकट गर्दछु । ठिन्केपुलाई सम्झीरहनु पर्ने तेस्रो कारण नवराजको असमायिक निधन पनि थपियो, जसले कोइँच मुक्दुमलाई पुनरुत्थानको लागि कम्मर कसेका थिए । वचनवद्धता जाहेर गरेका थिए । भुजीका युवाहरुले नवराजको स्मृतिमा फुटबल टुर्नमेन्ट आयोजना गर्न सूचना पढ्न पाएँ खुशी लाग्यो । उहाँको आत्मको शान्तिको लागि अब भूजीको युवाहरुले कोइँच मुक्दुम अभिलेखीकरण र त्यसको कार्यान्वयनमा पनि हात हाल्नुहुने छ । जुन नवराजको सपना थियो ।
#ForPeacefulNepal

Share

Leave a Reply

Your email address will not be published.