झण्डै पाँच बर्षपछि पंखा जडान भयो

समाचारदाता, साउन १२ काठमाडौं । गर्मीले बसी नसक्नु भएको छ । मानिसहरु उफ उफ गरिरहेका छन् । बाहिर घाम टन्टलापुर लागेको छ । तै पनि मानिसहरुले हल छाड्न सकिरहेका छैनन् । उनीहरुको लगाव छ कोइँच भाषा संस्कृति प्रति । मञ्चमा उद्घोषक कोइँच  भाषामा भनीरहेका छन् ‘एकेरे सापपा हुपशो बा । मोबाअ्तङाना यो आइँ गेरापेनमाकालि नाम पा बाअ्शो निनि । एकोन खेम इनकालि गोः कोइँचके तामिसामि एचचिङा चारचित गायिका रेसमा सुनुवारकालि ब्लेतनुङ कुमसो काः नेपाइचा ।’ यो दृश्य थियो सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको कोइँच कल्चरल सो २०१० को । अहिले यो समस्याबाट सुनुवार सेवा समाजको भवनले मुक्ति पाएको छ एक जना उदार मनको कोइँचको सहयोगबाट ।
कुनै बेला ६० रुपैयाँ बोकेर घरबाट परदेश हिँडेका सुनुवार फुच्चे अहिले चस्मा पसले भएका छन् । उनले पनि सुनुवार सेवा समाजमा एउटा कार्यक्रम राखे । त्यसपछि उनलाई पनि गर्मीले छोए छ क्यारे सुनुवार सेवा समाजका लागि पंख राखि दिए । हो, उनी थिए बुजमा जन्मेका गोपाल बहादुर मुलिच सुनुवार । उनले भने– ‘म त सानो मान्छे । सबैले जग्गा किन्न, घर बनाउन सहयोग गरेका छन् । मलाई पनि लाग्यो यो सुनुवारको घरमा एक दुई वटा पंख किन नराखौं । यसरी नै सबैले सानो सानो सहयोग गरिउँ भने हाम्रो साझा घरको सौन्दर्य अद्यावधि हुने छ ।’
सुनुवार सेवा समाजको चौथो कार्यकालका कार्यसमितिले किनेको जग्गामा २०६३ सालमा सुनुवार सेवा समाज छैटौं कार्यकालका कार्यसमितिले बनाएको सुसेस भवनमा अहिले मर्मत संभार हुँदै छ ।
‘हामीले यो घरलाई सबै कोइँच (सुनुवार) को आफ्नो घर बनाउने योजना बनाएका छौं । झेल ढोकामा पर्दा हाल्नु पर्ने छ । पुनः रंगरोगन गर्न बाँकी छ ।’ सुनुवार सेवा समाजका उपाध्यक्ष तथा भवन व्यवस्थापनका संयोजक मनप्रसाद सुनुवारले आम कोइँचहरुलाई सहयोगको लागि अनुरोध गर्दै भन्नुभयो– ’भवनको टप फ्लोवरमा ट्रष्ट राख्ने र कोइँचको शुभ कार्य गर्दा यही भवनमा गर्ने योजनामा छौं । यस अभियानमा सबै सुनुुवारले आफु सक्दो सहयोग गरिदिनु होस् । यहाँहरुको सहयोगलाई सुनुवार सेवा समाजले उच्च मुल्यांकन गर्ने छ ।’

Share

Leave a Reply

Your email address will not be published.