जोतिने क्रम यथावत : यत्ति हो भूमिका मात्र बद्लियो ता पनि मनखुश

soo-कोइँचबु काःतिच
२०५८ सालमा । औंलामा गन्न सकिन्थ्यो, नेपाल सरकारले फोल, शाँदारलाई राष्ट्रिय चाड घोषणा गर्दा शाँदार पिदार गर्ने र शाँदार सिल नाच्ने कोइँचहरु । पटक पटक लेखियो, दिनको दर्ुइ सय ज्याला दिएर शाँदार नाच्न कोइँच बन्न नसकेका सुनुवार जुटाउनु पथ्र्यो । त्यो पनि मै हुँ भन्ने हुने खाने र कोइँच बन्न नसकेका जागिरे सुनुवारहरु आउँदैनन् थे । तत्कालीन अवस्थामा गलैँचा मजदुर र निर्माण कार्यमा संलग्न कोइँचहरुलाई बटुल्नु पर्दा उनीहरुको दैनिक ज्यालाको मोल तिर्नु पथ्र्यो । कोइँच भेषभूषा त कसैले लगाउँदैन थे । यसो भनौं कोइँच भेषभूषा लगाउन लाज मान्थे पाखे, गवाँर र पिछडिएको मान्छेको दर्जा पाइने डर थियो ।
२०६६, ६७ सम्म नखीपोट, टुँडिखेलमा उभिनु वाध्येता नै थियो म लगायत, लोकप्रिय, अतीत मुखिया र अन्य साथीहरुलाई । कसैले ढोल बजाउन जान्दैन थिए त कसैले ढोल ताल जाने पनि देशवाली पारा निकाल्थे । अरुले कसरी मनोरञ्जन लिन्छ भन्दा पनि यसरी बजाउनु पर्छ भनेर देखाउने घमण्ड हुन्थ्यो र एकलकाँटे बन्ने चलन थियो । हुन त अझै पनि त्यो चलन यदाकदा छ । यसैले सबैले जान्ने सरल ताल र नाच्न मिल्ने ताल सामान्यीकरण गर्न जरुरी थियो । जो रहोसे र रमाइलो गर्न मन गर्थे उनीहरुलाई शाँदार गीत आउँदैन थ्यो । यसैले उनीहरुलाई शाँदारको कोइँच गीत गाउँन पनि आफु युवा पुस्ताहरुको वीचमा उप|mीनु पथ्र्यो । केटीहरु नाच्नु हुँदैन भन्ने हिन्दू धर्मको प्रभाव र चलन गाउँको शाँदारमा छ । यसैले संस्कृति विस्तारको लागि ढोल नबजाइ केटीहरुले कसरी नाच्ने भनेर नाचको चाल सिकाउन पनि आपै+m नाच्नु पथ्र्यो हौसाउन ।
दिखासिखी गर्न र मुलाधारमा छिर्न अनेक उपय रचियो । धेरै पत्रकार साथीहरुलाई शाँदार पिदारमा बोलाएर लेख्न अनुरोध गरियो । कतिपय मिडिया हाउसमा चिनेको नाताले कोइँच बु र शाँदार सम्बन्धि आर्टिकल लिएर धाइयो । शाँदार पिदार आवोस्, आदिवासी दिवास आवोस्, कुनै पनि राष्ट्रिय महोत्सव आवोस् आज सञ्चार माध्यममा कभर वा त एयरपेनल फोटो कोइँचको आउनुका पछाडि चिने जानेका कतिपय आदिवासी जनजाति पत्रकार साथीहरुका भूमिकालाई हामीले बिर्सनु हुँदैन ।
आज परिस्थिति बद्लिएको छ । सबैले प्रश्न गर्छन् – खोइ डे्रस ? कहिल्यै देख्दिन त तपाईँले ड्रेस लगाएको मैले। कहिले कुटनीतिक गाली पनि खानु पर्छ, जो अगुवा उही बाटो हगुवा ?
तर यी गाली, यी प्रश्नले केही हदसम्म खुशी तुल्याउँछ । रिस उठ्दैन । यसो भनौं अब कसैको गाली, व्याङ्ग्याले रिस नउठ्ने भइए छ ।
अनि मन मनै गम्छु र अन्य आदिवासी जनजाति साथीहरुसँग पनि भन्ने गर्छर्ुुात्र हाम्रो भूमिका फेरिएको छ जोतिने क्रम जारी नै छ । मज्जाले टुँडिखेलमा आएर नाच्न जति सजिलो छ र खोक्न जति सजिलो छ गर्न त्यो भन्दा गाह्रो छ । एक दिन कोइँच पोशक लगाएर हाँ हाँ हाँसाल हाँसाल भन्न जति सजिलो छ शाँदार पिदारको निरन्तरता, शाँदार पिदारको महत्व, शाँदार पिदारको आवश्यकता र औचित्य माथि आफ्नै र बाहिरी समाजलाई बुझाउन अति गाह्रो विषय बनेको छ ।
म विहानै उठेँ । अघिल्लो बेलुकी आठ बजेसम्ममा हतार हतार १२ फुटे आठ वटा ९६ फिटको शुभकामना व्यानार प्रिन्ट गरेर कोठामा ल्याएको थेँ । परिवारमा भतिजो लगायत जीवनसाथीको विसञ्चो । सुनुवार सेवा समाज काठमाडौं जिल्ला अध्यक्ष गोपाल सुनुवारलाई फोन गरेँ, अँ ते बायेँ ? शाँदार थेम बुकिङ पायि ? उताबाट जवाफ आयो, अँ एके तुँदिखेलमिन नुङ । आँ मोबिलमि केत रिचार्ज मादुम् । सुइकालि फोन पाचा माताङ । देवराजकालि फोन पातेन दे ।
अनि सुसेस काठमाडौं उपाध्यक्ष राज रापचालाई फोन गरेर डाकेँ र विहानै ६.०० बजे मुखमा एक मुठी पानी पनि नखाई जाडोमा कठिङ्ग्रीँदै टुँडिखेल पुगियो । अगाडि नै पुजा सामाग्री तथा ठाउँ बुकिङ गोपाल तथा राज रापचा, झाँकी, कलाकार, बाद्यवादन व्यवस्थापन आशिष सुनुवार, सूचना सञ्चार तथा गायन नृत्य म र देवराज, स्वयम्सेवक सागर सुनुवार, खाजा व्यवस्थापन शोभा सुनुवारको जिम्मेवारी बाँडिएको थियो । कोटेश्वरबाट विवेक सुनुवारले टेक्सीमा नाच्न बार बार्ने फलामको खम्बा ल्याए । अध्यक्ष र उपाध्यक्ष गोपाल तथा राज रापचा पुजा सामाग्री सोली, कलश, धुप, बार बेर गर्ने डोरी, लिङ्गा, स्याउली लिन हिँडे । म, देवराज बस्यौं शाँदार स्थल रुँघेरा । एक क्षणमा अशोक केर लिनोच आइपुगे । आशिष आइपुग्यो । अनि बारबेर गर्ने काम भयो । सविसिवानी सेकुवमा कर्नर स्टल पाल टाङ्ना आइपुग्यो । विस्तारै भक्तपुरबाट लेख बहादुर, लाल बहादुर आई पुगे । अनि शाँदार चहलपहल बढ्दै गयो । टुँडीखेलमा हर्ेदाहर्ेर्दै पाल आतंक बढ्दै गयो । हाम्रो सूचना केन्द्र निर्माण भयो । मानिसहरु जम्मा भए । आयोजक र्राईहरुले शाँदार पिदारको शुरु नगरी कोइँचको केन्द्रीय अध्यक्षको उपस्थिति भए पछि शाँदार पिदार शुरु भयो । एक क्षण क्यामरामेनको भूमिकामा रहे पछि कोइँचको पहिलो महिला चित्रकार -पेशा) ले पनि सारा तुनिचको दिदी भाई दिपक तुनिचले फेस पेन्ट गर्ने जोश बोकेर सुचना डेस्कमा तयार भएको हुँदा साथी लाग्न थालेँ । भ्याइ नभ्याइ पो भो त । प्रमिला सुनुवारको फेसमा महिलाको प्रतिक पादाम तुली बुट्टा हानेर शुरु गरेको फेस पेन्टीङले दिनको भोकै टरेउ । म त पुरै चित्रकारको रुपमा अनुहारमा आइ लभ कोइँच लेख्दा लेख्दा हैरान ।
एकै पटक घरबाट ल्याएको खाजा शोप-ले दिउँसो ३.०० खाइयो । साथ साथै उल्टो सुसेस काठमाडौं कोषाध्यक्ष शोभा सुनुवारको गाली खाइयो – हाइत दायु गोइ दा दोदेशो बाअनि ? तँ लाम-जि जाचा मामाल्बा ? पिन लो जाने । मेरे बुइश-शि मिअचिआन कालि यो गेतामि । शाँबु दा पुइँशा पुइँशा तुतेमे ।
कुनै जमनामा कोइँच भनेको के हो ? भन्थे कतिपयले । अहिले गो कोइँच नाकी । सुनुवार मामे । हामी कोइँच भन्ने भावना नयाँ पुस्तामा तीव्ररुपमा बढेको छ । सबैको गाला कोइँचमय भएको थियो । खुशी साथ रु. १० देखि ३० तिरेर आफुले मन पर्ने चित्र कोर्न पाइने फेस पेन्टीङ क्याम्पमा प्रायः कोइँच युवायुवतीले आइ लभ नेपाल र कोइँच लेखाइरहेका थिए । एक हिसाबले कोइँच युवायुवतीको आन्तरिक भावना बुझने प्रयास भयो । अब विश्वव्यापी बन्दै गरेको शाँदार पिदारलाई सैद्धान्तिक कार्यविधीमा एकरुपता ल्याउँदै कोइँच पहिचानलाई केन्द्राविन्दू मानेर अगाडि बढ्न मिसन प्रोग्रामको आवश्यकता भएको छ । पहिचानप्रति अव कोइँच युवायुवतिमा चेतनाको लहर बढीरहेको यो माहौलमा युवायुवतीको जोशजाँगरलाई कसरी अक्षुण्ण राख्ने – सबैले सोच्ने पो हो कि !
…………….
-काःत, चुप्लु खिँचि

Share

Leave a Reply

Your email address will not be published.