छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आजबाट समाप्त

सुनुवार डट ओआरजी
असार २८ बाट शुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आज असार ३१ मा टुङगीएको छ । कोइँच (सुनुवार) द्वुरा निर्देशित क्योङ , भूमे , अ वल्र्ड लस्ट इन अ हेज अफ स्मोक र चुडामणी सुनुवार द्वुरा अभिनित सुम्निमा आज असार ३१ गते महोत्सवमा देखाइएको थियो भने सवि शिवानी सेकुवा कर्नरले कोइँच (सुनुवार)का खाना प्रदर्शन गरेको थियो।
मलिङ्गोबाट क्योङ बनाइन्छ र बिषेश व्यक्तिलाई उपहार दिइन्छ भनेर निर्देशक आशिश सुनुवारले क्योङ फिल्ममा देखाउनु भएको थियो भने हायु जातिले आफ्नै प्रयासमा संस्कृति जोगाइराख्न गरेको चेतनामूक कार्यक्रम निर्देशन गरेर अमृत सुनुवारले भूमेमा देखाउनु भएको थियो । नेपालमा कुम्भ मेलाका लागि साधुहरुको तयारी निर्देशन गरेर शबनम मुखियाले अ वल्र्ड लस्ट इन अ हेज अफ स्मोकमा देखाउनु भएको थियो । बिदेश भर्तीले निम्ताएको सांस्कृतिक विचलनको कथा निर्देशन गरेर चन्द्र वाम्बुलेले सुम्निमामा देखाउनु भएको थियो जसका मुख्य पात्र चुडामणी सुनुवार हुनुहुन्थ्यो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *