छात्रबृत्ति सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रस्तुत बिषयमा २०६९ सालको एस.एल.सी परीक्षमा नियमित उत्र्तिण भई बिभिन्न उच्च मा.वि., क्याम्पस, कलेज तथा प्राविधिक शिक्षालयहरुमा अध्ययनरत सुनुवार विद्यार्थीहरुको लागि सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिद्धारा छात्रबृत्ति अक्षय कोष मार्फत छात्रबृत्ति बितरण गरिने भएकोले तपसिल बमोजिम कागजात सहित आवेदन फारम बुझाई सहभागी हुन सम्पूर्ण सुनुवार विद्यार्थीहरुको लागि यो सूचना प्रकाशित गरिएको छ । यस अन्र्तगत ः
*  सामान्य छनोट अन्र्तगत १ महिला र १ पुरुष गरी २ जना तथा बिशेष छनोट अन्र्तगत १ जनालाई गरी जम्मा ३ जना सुनुवार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने छ ।
*  छनोट प्रकृया अन्र्तगत एस.एल.सी.को प्राप्ताङ्क, लिखित तथा अन्र्तबार्ता हुनेछ ।
*  आवेदन फारम बुझ्ने काम सकेपछि छनोट परिक्षाको मिति सूचना टास गरिनेछ ।
*  छनोट परिक्षा पश्चात प्राथमिकतामा परेका नामावलीको अन्र्तवार्ता लिइनेछ ।
* सम्पुर्ण छनौट प्रक्रिया पश्चात छनौट भएका सुनुवार विद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिनेछ ।
आवेदन फारम सहित बुझाउनु पर्ने कागजात तथा अन्य विविध सामग्रीहरु तपशिल बमोजिमका छन् :
*  सुनुवार विद्यार्थी समाजको सदस्यताको प्रतिलिपी १ थान ।
*  एस एल सी को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपी १ थान ।
*  उपलब्ध भएसम्म आफ्नो र अभिभावकको नेपाली नागरिकताको प्रतिलिपी १ थान ।
*  हाल अध्ययनरत शैक्षिक संस्थाको तह र बर्ष खुलेको सिफारिस ल्याउनु पर्नेछ ।
*  बिसेष छात्रबृत्तिको (गरीब,जेहेन्दार,अपाङ्घको) लागि आफु बसोबास गरेको गा.बि.स र एस.एल.सी. उत्र्तिण गरेको स्कुलको सिफारिस अनिवार्य ल्याउनु पर्ने छ ।
*  तीन प्रति पासपोट साईजको फोटो ।

आवेदन फारम बुझाउने समय अवधि : २०७०/०४/२० देखि २०७०/०५/०५ गते बुधबार सम्म ।
आवेदन फारम लिने र बुझाउने स्थान : सु.से.स. भवन, कोटेश्वर, काठमाण्डौं ।
थप जानकारीको लागि छात्रबृत्ति वितरण समिति अन्र्तगतका निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नुहोला :
१.संयोजक :– मानविर सुनुवार (९८४१०१०९८६)
२.सदस्य :– छविलाल सुुनवार (९८४१०७२७०३)
३ सदस्य :– मुना मुखिया (९८१४९४६२३४, ०१–४१५४०५० )

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *