गायक शिव मुखिया लन्डन तताउदै !

the axe—–भावना परिष्कृत सुनुवार फानबरो बेलायत
नेपाली संगीत जगतका एक्स ब्याण्ड सुप्रसिध्द पप स्टार शिव मुखिया हाल लण्डनको विभिन्न स्थानमा कन्सर्ट दिदै व्यस्त छन् !बेलायतको स्थानिय “बी13″ नामक नेपाली सांगीतिक समूहको आयोजनामा ” द एक्स ब्याण्ड युके टूर २०१५ “को सांगीतिक यात्राको दौरानमा गत १६ मार्चका दिन गायक मुखिया लन्डन आइ पुगेका हुन् ! लन्डन टेके देखि अति व्यस्त मुखियाको २१ मार्च साँझ फान्ब्रोरो स्थित ओकफम कम्युनिटी हलमा कन्सर्ट सम्पन्न भएको छ ! एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न , तिम्रो केशमा लुक्न देउ मलाइ , हामी नेपाली हाम्रो नेपाल , हिजै राती सपनीमा तिमीलाई भेटेको ,चियाबारीमा डाडापारीमा लगायत शिवको थुप्रै चर्चित गीत संगीतले चिसो फान्ब्रोरो तात्तिएको थियो ! दर्शकहरुमा अत्त्याधिक युवा युवतीहरुको चाप थियो !” वन्स ओर वन्स मोर” भन्दै हरेक प्रस्तुति पछि दर्शकहरु आफ्नो प्रिय गायकलाई माया र अनुरोध दर्शाई रहेका थिए ! उक्त कन्सर्टमा बि १३ समुहका कलाकारहरुको पनि जोडदार प्रस्तुति रहेको थियो ! “छोटो समयको लागि आएको अति नै व्यस्त छ समय तालिका ! हंगकंग तिर जस्तै नेपालीहरुको बस्ति एकै ठाउमा होला भनेर सोचेको थिए !तर बेलायतमा त् चारै तिर टाढा टाढा छरिएर बस्नु भएको रहेछ हाम्रो नेपालीहरु ! धेरै खुशी लाग्यो , यति दूर देशमा आफ्नै घर आगनीको परिवेश देख्दा ! देश चित्रमा हैन मुटु भित्र हुदो रैछ… ” ! अन्य थुप्रै मुलुक पुगेका तर बेलायतमा भने पहिलो पटक आएका गायक मुखियाले भाबुक हुदै भने ! यहि बिचमा तुरुन्तै आयोजक बि १३ समुहाले एक्स ब्यान्डलाई लिएर स्कटल्याण्ड जाने चटारोमा रहेको, २८ मार्चमा अशफोर्ड र २९ मार्चमा लण्डनमा मुखियाले कन्सर्ट दिने बारे आयोजक प्रशान्त कर्माले बताए ! आगामी ३० मार्चमा मुखिया स्वदेश फर्कदै छन् ! अन्य देशको लागि सांगीतिक यात्राको तयारि रहेको उनले बताए ! –

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *