खिम्तीको बाढीपीडित कोइँचलाई बेलायतबाट सहयोग

किरात सुनुवार महिला समाज, (यू.के.)ले रामेछाप खिम्तीका बाढी पीडित शेरबहादुर सुनुवारको परिवारलाई रु २४,००० हजार सहयोग उपलब्ध गरेको छ । समाजका सल्लाहकार भावना परिष्कृतले सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष तथा क्युइँतबु कल्याण कोषका अध्यक्ष रणवीर सुनुवार मार्पmत उक्त रहात सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. मा खोलिएको राहत कोषमा जम्मा गर्नु भएको छ ।
सो रकम सहयोगदाताको अनुरोधमा पीडित शेरबहादुर सुनुवारलाई सिधै उपलब्ध गराउन असोज २० गते सुनुवार सेवा समाज रामेछाप जिल्लाका अध्यक्ष रमेशकुमार सुनुवारले सुनुवार सेवा समाज काठमाडौं ल्याउने हुनु भएको छ । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले असोज २० गते राहत कोषमा जम्मा भएको सो रकम पीडित शेरबहादुर सुनुवारलाई सहयोगदातासँग भिडियो कल गराइ हस्तान्तरण गरिने जानकारी गराउनु भएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *